Saturday, June 11, 2016

मधेशमा भेदभाव विरुद्ध क्षमायाचना अभियान ।

सप्तरीको एउटा डोम परिवार काहा पुगेर क्षमायाचना गर्दै तुला नारायण साह । फोटो/फेसबुक
जातीय रुपमा अत्यद्यिक छुवाछुत र भेदभाव रहेको भन्दै आएको मधेशी समाजमा त्यो अन्तय होस भन्ने उदेश्यका साथ समाजका अगुवाहरुले क्षमायाचना अभियान सुरु गरेका छन । मधेशी समाजवाट प्रतिनिधित्व गर्ने पत्रकार, नागरिक अगुवा, अधिवक्ता, चिकित्सक सहितका विभिन्न पेशाहरुमा संग्लनहरु यो अभियानमा साथ दिदै तराई मधेशको समाजमा रहेको भेदभाव प्रथालाइ अन्तय गर्ने अभियान थालेका छन । पछिल्लो समयमा जती, जती वेला मधेशमा राजनितीक अधिकारका लागी आन्दोलनहरु चर्कन थालथ्यो त्यती त्यती वेला काठमाडौ केन्द्रित प्रमुख संचारमाध्यमहरुले मधेशको आन्दोलन भन्दा पनि त्याहा समाजिक समस्या वढी रहेको समाचारहरु सम्प्रेषण गर्ने गरेको देखिन्थ्यो । नयां संविद्यान जारी भए संगै तराइ मधेश लामो आन्दोलनवाट ग्रजीरहेको छ । पछिल्लो केहि महिना यता आन्दोलन साकेतिक रुपमा मात्रै अघि वढी रहदा मधेशी समाजका विभिन्न प्रतिनिधिमुलुक व्यक्तिहरुले यो अभियान थालेका हुन ।

तराइ मधेश देखि काठमाडौ सम्म तरंगित भइरहेको यो अभियानको सुरुवाती चाही पत्रकार प्रशान्त झा ले गरेका हुन । पत्रकार झा पछिल्लो केहि बर्ष यता दिल्लीमा बस्दै आइरहेका छन । हाल उनी हिन्दूस्तानटाइम्स पत्रिकामा एसोसियट एडिटरको रुपमा कार्यरत छन । उनले यो अभियान सुरु गर्नु भन्दा पहिलो समाजिक संजाल फेसबुकमा यो अभियानको वारेमा आम राय लिएका थिए । फेसबुकमा यसको साकारात्मक प्रतिक्रिया आए पछि उनी यो अभियानको सुरुवात पनि समाजिक संजाल वाटै गर्दै यसमा सवैलाई सहभागी हुन अपिल गरेका थिए ।

पत्रकार प्रशान्त झा 
झाले अपिल गरेकै दिन अधिवक्ता दिपेन्द्र झा रुपन्देहीको एउटा दलित सहिद परिवारमा पुगेर यसमा सामेल भएका थिए भने त्यसको भोली पल्ट नागरिक अगुवा तुलानारायण साह सप्तरीको एउटा गाउको डोम परिवारमा पुगेर क्षमायाचना अभियानलाइ वढाएका थिए ।
 
समाजिक संजालहरुमा उच्च जातको रुपमा आफुहरु र आफनो परिवारिक वंशजवाट तल्लो भनिएका जातजातीहरु माथी गरिएको भेदभाव, शोषण र अन्य अमानविय व्यहवार प्रति क्षमायाचना माग्दै भविष्यमा अव त्यस्तो हुन नदिने प्रतिवद्धताहरु व्यक्त गरिएको छ ।
 
अभिायानका सामेल अगुवाहरुले यो समाजिक अभियानलाई वृहत बनाउनका लागी तराई मधेशमा आन्दोलनरत पार्टीहरुलाइ यसमा सामेल भएर यसलाई थप उचाइमा पुर्याउन सार्वजनिक अपिलहरु गरेका छन ।

No comments:

Post a Comment