Friday, June 10, 2016

मधेशी मोर्चाको बैठक बोलाउने तयारी ।

लामो कसरत पश्चात १९ जेठमा बसेका मधेशी मोर्चाको बैठक जारी नै रहेको भन्दै उठेका नेताहरु पुन बस्न नसक्दा वाहिर विभिन्न अडकलवाजीहरु भइरहेको सन्दर्भमा पुर्न बैठक गर्ने कसरतहरु थालिएको नेताहरुले जनाएको छ । मोर्चा सम्बद्ध नेताहरु सार्वजनिक रुपमा टिका टिप्पणी नगरे पनि सम्बद्ध घटकहरु विच अन्तरद्धन्वहरु प्रष्ट देखिएका छन । जानकारहरु त्यही कारणले १९ जेठमा बसेको मोर्चाको बैठक विना कारण जारी हुन नसकेको बताउछन । वरु त्यसको सटा  दुई दिन पश्चात संघिय गठवन्धनको बैठक बसेको थियो ।

मधेशी मोर्चा सम्बद्ध केहि शिर्ष नेताहरुका अनुसार आउदो असार ६ गते देखि हुने तमलोपाको महाधिवेशन र ४ गते देखि सदभावना पार्टीको हुने पदाधिकारी बैठक पुर्व नै एकचोटी मधेशी मोर्चाको बैठक बोलाउने प्रयास भइरहेको छ । यद्यपी अहिले सम्म निश्चित भइसकेको छैन । सदभावना पार्टीका अध्यक्ष सम्भवतह आउदो सोमवार फर्किए लगतै मोर्चाको बैठक गरेर तमलोपा अध्यक्ष ठाकुर महाधिवेशनका लागी नवलपरासी जाने सुरसारमा छन । महाधिवेशन लाई देखाएर तमलोपाका शिर्ष नेताहरु संघिय गठवन्धनले सुरु गरेर रिले अनसनमा सहभागीता देखाएका छैन ।

मुख्यगरी नेतृत्वहरु विचमा देखिएको टकरावले विस्तारै गठवन्धन र मोर्चाका शिर्ष नेताहरु विचमा मतभेद पैदा गरिदिएको बताइन्छ । सदभावना अध्यक्ष महतो काठमाडौ फर्किए लगतै मोर्चाको बैठक यदी असम्भव भए तमलोपाको महाधिवेशन र सदभावनाको बैठक पश्चात मात्रै मोर्चाको बैठक हुने नेताहरुको आकंलन छ ।
 
तमलोपाका कतिपय शिर्ष नेताहरुले आफुहरु महाधिवेशन पश्चात छुटै रणनितीका साथ अघि वढने भन्दै गठवन्धनको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन । यद्यपी तमलोपाले कस्तो रणनिती अख्तियार गर्ने वारेमा अहिले केहि खुलाइएको छैन ।  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संग सुरु देखि नै प्रतिस्पर्धामा देखिएका सदभावना पार्टीका अध्यक्ष महतोले तमलोपालाई धाप दिने सकेंतहरु प्रष्ट पारिसकेका छन ।

No comments:

Post a Comment