Thursday, June 9, 2016

संघिय गठवन्धनको अनसन प्रति बाबुराम भटराईको समर्थन ।

विहिवार अनसन स्थलमा गठवन्धनका संयोजक उपेन्द्र यादव संग भटराई
गएको तीन दिन देखि काठमाडौको टुडिखेलमा रिले अनसन गर्दै आइरहेको आन्दोलनरत संघिय गठवन्धन प्रति नयां शक्ति अभियानका संयोजक बाबुराम भटराईले समर्थन जनाएका छन । विहिवार अनसन स्थल टुडिखेल पुगेर भटराई गठवन्धनले आन्दोलनको कार्यक्रम स्वरुप थालेको अनसन प्रति आफनो नयां शक्ति अभियानको पुर्ण समर्थन रहेको जनाएका थिए । यस अघि पनि गठवन्धनले सिंहदरवार र वालुवाटार घेराउ गर्दा भटराईले विज्ञिप्त निकालेर गठवन्धनको उक्त आन्दोलन प्रति समर्थन  व्यक्त गरेका थिए ।


नयां संविद्यान जारी भए लगतै एमआवादी पार्टी परित्याग गरेर नयां शक्तिको अभियानमा जुटेका भटराईले तराई मधेशमा भएको ६ महिना लामो आन्दोलनमा समेत समर्थन जनाएका थिए । नयां सविद्यान जारी हुदा त्यसमा हस्ताक्षर गरेको भन्दै तराई मधेशका कयौन ठाउमा भटराइको विरोध समेत भएको थियो । तर भटराई नयां संविद्यान प्रति मधेशी समुदायले देखाएको असन्तुष्टी जायज भएको भन्दै संविद्यान संशोधन गर्नु पर्ने पक्षमा आफु रहेको बताउदै आएका छन ।
 
मधेश आन्दोलन उत्कर्षमा रहेको वेलामा भटराई आन्दोलनको एउटा प्रमुख केन्द्र जनकपुर पुगेर आफनो नयां शक्ति अभियानको घोषणा गरेका थिए ।
 
संघिय गठवन्धनले काठमाडौ केन्द्रित आन्दोलन सुरु गर्दा भटराई नेतृत्वको नयां शक्ति समेत त्यसमा सामेल हुने चर्चा थियो तर त्यसो भएन । यद्यपी भटराईले आन्दोलनको पहिलो दिन नै विज्ञिप्त निकालेर आन्दोलन प्रति समर्थन व्यक्त गरेका थिए ।
 
१ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको संघिय गठवन्धनले गएको २५ गते देखि असार मसान्त सम्म काठमाडौको टुडिखेलमा रिले अनसन जारी राख्ने बताएका छन । अनसन अन्र्तगत हरेक दिन ३० जना विहान ७ वजे देखि वेलुकि ७ वजे सम्म अनसनमा बस्दै आइरहेका छन । अनसन स्थलमा दिउसो ३ वजे पछि हरेक दिन विभिन्न भाषीक तथा सामुदायीक पहिचान झल्कने गरी सांस्कृतिक तथा विभिन्न सृजनात्मक कार्यक्रमहरु भइरहेको गठवन्धनले जनाएको छ ।

No comments:

Post a Comment