Wednesday, June 8, 2016

सदभावना पार्टीले डाक्यो विशेष पदाधिकारी बैठक ।


गएको शुक्रवार थाइलैण्ड गएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यही वाट पार्टीले विशेष पदाधिकारी बैठक गर्ने निर्देशन दिएको छ । शुक्रवार थाइलैण्ड उडेका महतोले सोमवार पार्टीको केहि पदाधिकारीलाई फोन गरेर आउदो ४ असार देखि एक हप्ता लामो बैठक गर्ने सुचना सवै पदाधिकारीहरुलाई गर्न भनेका थिए । असार ४ देखि गते सुरु हुन सदभावनाको पदाधिकारी बैठक एक हप्ता चल्यो भन्ने ११ गते समाप्त हुनेछ । त्यही विचमा अर्का प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन समेत छ । तमलोपाको पहिलो महाधिवेशन ६ असार देखि ८ सम्म नवलपरासीमा हुदै छ । सदभावना र तमलोपा संघिय गठवन्धन भित्र असन्तुष्ट भनेर चिनिएको बेला कतिपय भित्रियाहरुले यसलाई महत्वका साथ हेरको छ ।


सदभावना पार्टीका अध्यक्ष महतोले विशेष रुपमा डाकेको एक हप्ता लामो पदाधिकारी बैठकको एजेन्डा के हो त्यो अहिले प्रष्ट देखिएको छैन । यद्यपी सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, मुख्यगरी पार्टीको स्थिती, अगामी रणनिती र आन्दोलनको अगामी कार्य दिशा नै मुख्य एजेन्डा हुन सक्छ । यद्यपी कर्णले पनि पार्टी अध्यक्ष महतो आए पछि त्यसको वारेमा छलफल गरेर मात्रै टुगो लाग्ने वताए ।
 
मुख्यगरी संघिय गठवन्धनको संयोजकमा फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव छानिए पछि तमलोपा र सदभावना पार्टीले त्यसलाई सार्वजनिक रुपमै अस्विकार गर्ने जनाएको थियो । १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन सुरु हुने पुर्व सन्धयामा गठवन्धनको बैठकले यादवलाई संयोजक तोकेको थियो । जुन बैठकलाई तमलोपा र सदभावना पार्टीले वहिष्कार गरेका थिए ।
 
उक्त बैठक हुदा तमलोपा अध्यक्ष महन्थ ठाकुर उपचारका लागी दिल्लीमा थिए भने महतो काठमाडौ मै । त्यस पश्चात ठाकुर दिल्ली वाट फर्किए पछि महतो संग यसवारेमा केहि चरण एक्ला एक्लै बैठकहरु गरेका थिए । तमलोपाको आसन्न महाधिवेशनलाइ लिएर ठाकुर अली व्यस्त समेत भए पनि महतो संगै छुटै कयौ चरण बैठक भएको तमलोपा स्रोतको दावी छ ।
 
गएको शुक्रवार थाइलैण्ड गएका सदभावना अध्यक्ष महतो अर्को हप्ताको सुरुमा काठमाडौ फर्कने वताइएको छ ।

No comments:

Post a Comment