Tuesday, June 7, 2016

संघिय गठवन्धनको रिले अनशन सुरु । तमलोपाका शिर्ष नेताहरु अनुपस्थित ।

मधेशी पार्टीहरु सहितको आदीवासी जनजातीहरुको संघिय गठवन्धनले आज देखि काठमाडौको खुल्लामन्चमा रिले अनशन सुरु गरेको छ ।  गएको १ जेठ यता काठमाडौ केन्द्रित आन्दोलन सुरु गरेको गठवन्धनले यस अघि सिंहदरवार र वालुवाटार घेराउ सहित उपत्यकाको विभिन्न स्थानहरुमा प्रर्दशनहरु गरेका थिए । त्यस पछि काठमाडौ सहित देशै भरी अनशन गर्ने घोषणा गरेको गठवन्धनले आन्तरिक मतभेदका कारण काठमाडौ वाहिर खासगरी तराई मधेशमा अनशन सुरु गर्न सकेका छैन । गएको शनिवार बसेको गठवन्धन बैठकले आज पहिलो दिन सुरु हुने अनशनमा सवै शिर्ष नेताहरु सहभागी हुने निर्णय गरेको थियो । तर गठवन्धनको आज विहान ७ वजे देखि खुल्लामन्चमा सुरु भएको रिले अनशनमा अन्य सवै शिर्ष नेताहरु सहभागी भए पनि आन्दोलनका एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीका कुनै पनि शिर्ष नेताहरु सहभागीता जनाएनन । गठवन्धनले अनशनको सुचना दिने अभिप्रायले निकालेको विज्ञिप्तमा समेत तमलोपाका कुनै पनि नेताहरुको नाम छैन ।


तमलोपाका नेताहरुले भने पार्टीको आसन्न महाधिवेशनमा आफुहरु व्यस्त रहेको कारण देखाउदै तमलोपाका केहि केन्द्रिय सदस्यहरु सहभागी भएको दावी गरेको छ । पार्टीका अध्यक्ष देखि पदाधिकारीहरु सम्म सवै अली वढी नै व्यस्त छन, तमलोपा नेताहरु भन्छन, त्यही भएर हामीले अनशनमा सहभागी जनाएनौ । तमलोपाको पहिलो महाधिवेशन आउदो असार ६ गते देखि ८ गते सम्म नवलपरासीमा हुदै छ । 

यद्यपी केहि तमलोपा सम्बद्ध स्रोतका अनुसार मधेशका जिल्लामा समेत आजै देखि मधेशी मोर्चाको व्यानरमा अनशन सुरु गर्ने प्रस्ताव अघिल्लो हप्ता मधेशी मोर्चाको बैठकमा प्रस्तुत भएको थियो तर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनिच्छा कारण त्यो हुन नसके पछि तमलोपा आन्दोलनको विरोध नगर्ने तर महाधिवेशन पछि छुटै ढंगले अघि वढने रणनिती बनाइरहेको छ । तमलोपाका एक शिर्ष नेता भन्छन, हामी महाधिवेशन पश्चात मधेशी मोर्चाको व्यानरमा मधेशका सदरमुकामहरुमा अनशन सुरु गर्ने योजना बनाइरहेका छौ । यद्यपी तमलोपाका नेताहरु भन्छन, हामी काठमाडौ केन्द्रित आन्दोलनको विरोध गरेका छैनौ ।

No comments:

Post a Comment