मधेशी मोर्चाको व्यानरमा मधेशमा आन्दोलन गर्न उपेन्द्र यादवद्धारा अस्विकार

अघिल्लो हप्ता ठाकुरको लामो कसरत पश्चात बसेको मधेशी मोर्चाको बैठक पुन गर्ने भन्दै सकिएको थियो । तर त्यस पछि मोर्चाको बैठक हुन सकेन । सम्बद्ध स्रोतका अनुसार मधेशी मोर्चाको बैठकमा तराई मधेशका जिल्लाहरुमा मधेशी मोर्चाको व्यानरमा रिले अनशन गर्ने प्रस्ताव माथी यादवले असन्तुष्टि राखेका थिए । उक्त बैठक स्रोतका अनुसार यादवले आन्दोलनको सवै काय्रक्रम एउटै व्यानर हुनु पर्ने धारणा राखेका थिए । मधेशी मोर्चामा आबद्ध पार्टी मोर्चाको अस्तिव बचाउनका लागी पनि मोर्चाको व्यानरमा मधेशमा आन्दोलन हुनु पर्ने आवाज राख्दै आइरहेका छन । तर फोरम नेपालका अध्यक्ष यादवले आन्दोलन फरक फरक व्यानरमा हुन थाल्यो भने त्यसले गलत सन्देश जाने भन्दै त्यसको आलोचना गरेका थिए ।
यादवको असन्तुष्टीका बावजुद पनि मधेशी मोर्चाको अर्को बैठकले तराई मधेशका जिल्लाहरुमा मोर्चाको व्यानरमा आन्दोलन गर्ने निर्णय लिने लगभग निश्चित थियो, स्रोत भन्छन, त्यही भएर होला मोर्चाको पुन बैठक नै हुन सकेनन । गएको शुक्रवार सदभावना अध्यक्ष राजेन्द्र महतो थाइलेण्ड गए पछि यादवलाई अर्को वाहाना मिलेको तमलोपा र सदभावनाका नेताहरु बताउछन । यद्यपी सदभावनाकै अन्य शिर्ष नेताहरु काठमाडौ मै छन ।
मधेशी मोर्चाले आफनो व्यानरमा तराई मधेशमा अनशन गर्ने निर्णय गर्न नसक्दा वा आन्तरिक कलहमा त्यसो हुन नसकिरहेको वेला काठमाडौ वाहिर खासगरी मधेशमा जिल्लाहरुमा हुने कनै टुगो छैन । यद्यपी फोरम नेपालका कतिपय जिल्ला तहका नेताहरुले संघिय गठवन्धनको व्यानर मै मधेशमा समेत अनशन सुरु गर्ने तयारी गरिरहेको देखिन्छ । यो कुरावाट मोर्चाका अन्य घटकहरु अनभिज्ञ छैन । एक शिर्ष नेता भन्छन, यसले तमलोपा अध्यक्ष ठाकुर थप चिडिएका छन । संघिय गठवन्धनको संयोजकमा फोरम नेपालका अध्यक्ष यादव तमलोपा र सदभावनाको असहमतीका वावजुद भए पछि आन्दोलनकारीहरु विच फोटो देखिन थालिएका थिए । त्यस लगतै तमलोपा र सदभावना पार्टी मोर्चाको बैठक गरेर मोर्चा पुन सक्रिय पार्नु पर्ने बताउन थालेका थिए । तर त्यो पनि सम्भव देखिएनन ।
त्यही मेसोमा गएको १० जेठमा प्रधानमन्त्रीले मोर्चाको नाउमा वार्ता पत्र लेखे पछि ठाकुरले त्यही दिन तत्काल मोर्चाको बैठक डाक्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर यादवको असन्तुष्टिका कारण ठाकुरको त्यो प्रयास झण्डै दुई हप्ता पश्चात अघिल्लो हप्ता सफल भएको थियो । तर गठवन्धनको मामलामा असन्तुष्ट देखिएका तमलोपा र सदभावनाले मोर्चाको व्यानरमा मधेशमा आन्दोलन गर्ने प्रस्तावलाई यादवले अस्विकार गरेको उक्त बैठकमा सहभागी नेताहरुको भनाई छ । त्यस पछि भोली वा त्यसको अर्को दिन पुन बस्ने भनेर उठेका मोर्चाका शिर्ष नेताहरु पुन बैठक गर्न सकेन ।
वरु यादवले सचिवालयलाई पुर्ण तयारीको जिम्मेवारी सुम्पिसकेको रिले अनशनको कार्यक्रमका लागी गठवन्धनको शिर्ष नेताहरुको नै बैठक गएको शनिवार डाके । जसमा तमलोपा र सदभावनाका शिर्ष नेताहरु सहभागीता मात्रै अस्विकार गरेनन । वरु तमलोपा अध्यक्ष ठाकुरले यालवलाई फोन नै गरेर असन्तुष्ट जनाए ।
भोली देखि अनशन सुरु हुदै ।
काठमाडौ केन्द्रित आन्दोलन सुरु गरे पछि २५ जेठ अर्थात भोली देखि काठमाडौको खुल्लामन्चमा गर्ने भनिएको रिले अनशनको तयारी पुरा भएको गठवन्धनले जनाएको छ । गएको शनिवार बसेको गठवन्धन बैठक भोली पहिलो दिन सवै शिर्ष नेताहरु अनशनमा बस्ने निर्णय गरेको थियो । त्यस संगै हरेक दिन ३० जना अनशनमा बस्ने समेत निर्णय गठवन्धनले गरेको थियो । भोली देखि सुरु हुने अनशन असार मसान्त सम्म हुने भएकाले गठवन्धनमा आबद्ध सवै घटकहरुलाई कुन पार्टी वाट कुन दिन को को सहभागी हुने भन्ने वारेमा नामावली गठवन्धनको सचिवालयलाई बुझाउन निर्देशन दिइएको थियो । ढिलो भोली सम्म सवै घटकहरुले त्यो नामावलीको विवरण सचिवालयलाई बुझाउने निर्देशन छ । खुल्लामन्चनमा हुने गठवन्धनको रिले अनशन हरेक दिन विहान ७ वजे देखि वेलुकि ७ वजे सम्म चल्ने छ ।
No comments:
Post a Comment