Friday, June 3, 2016

रिले अनशनको तयारी गर्दै संघिय गठवन्धन ।


आउदो मंगलवार देखि काठमाडौको खुल्लामन्चमा हुने आन्दोलनरत संघिय गठवन्धनको रिले अनशनको तयारीमा आन्दोलनरत पक्ष जुटेको बताएको छ । तयारीको जिम्मेवारी पाएको गठवन्धनको सचिवालयले त्यस वारेमा हिजो र आज बैठक गरेर तयारी सम्बन्धी सम्पुर्ण कामहरु गर्ने कार्ययोजना बनाएको छ । विहिवार र शुक्रवार सचिवालयको बसेको बैठकले अनशन स्थलको व्यस्थापन देखि अनशनमा बस्ने कार्यतालिका सहित त्याहा हुने सांस्कृतिक कार्यक्रम देखि अन्य भौतिक व्यवस्थापन समबन्धी कार्ययोजना बनेको सचिवालय सम्बद्ध नेताहरुले बताएका छन ।


१ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन थालेको आन्दोलनकारीहरु आउदो २५ गते देखि असार मसान्त सम्म अनशन गर्ने विरोध कार्यक्रम सार्वजनिक गरेका छन । काठमाडौको विच भागमा पर्ने खुल्लामन्चमा विशेष अनशन कार्यक्रम आयोजना गर्ने जनाएको आन्दोलनरत पक्षले स्थानिय स्तरमा समेत आन्दोलन समितीहरुले निर्णय गरेर अनशनहरु गर्न सक्ने जनाएको थियो । हिजो मात्रै बसेको मधेशी मोर्चाको बैठकले मधेशका जिल्ला सदरमुकामहरुमा मधेशी मोर्चाको व्यानरमा अनशन गर्ने वारेमा छलफल गरेको नेताहरुले बताएका थिए ।
 
सचिवालयले बनाएको कार्ययोजना अनुसार हरेक अनुसार एउटा पार्टीको शिर्षस्त नेताहरुको अगुवाइमा रिले अनशन गर्ने र त्यसमा सवै पक्षका आन्दोलनकारी सहभागी हुने छन । त्यसैगरी हरेक दिन हुने सांस्कृति कार्यक्रममा विभिन्न पक्षलाई समेटिने गरी गित, संगीत, कविता वाचन लगायतका कार्यक्रम हुने छ । त्यसैगरी अनशन कार्यक्रममा आन्द्योलन प्रति समर्थन र साहनुभुति जनाउने अन्य पक्षहरुलाई समेत विभिन्न चरणमा सहभागी हुने योजना आन्द्योलनरत पक्षले गरेको छ ।

No comments:

Post a Comment