Thursday, June 2, 2016

प्रधानमन्त्रीको वार्ता पत्रको जवाफ नफर्काउने मधेशी मोर्चाको निष्कर्ष ।

लामो रस्साकस्सी पश्चात मधेशी मोर्चाको बैठक । 

आन्तरिक अन्तरद्धन्वका कारण लामो अन्तराल पश्चात बसेको सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले प्रधानमन्त्रीले वार्ताका लागी लेखेको पत्रको जवाफ नर्फाउने निष्कर्ष निकालेको छ । विहिवार तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीको वार्ता पत्र वार्ता आब्हान भन्दा पनि निर्देशात्मक ढंगले आएको भन्दै त्यसैलाई वेवास्ता गर्दै आन्दोलनकै लागी मधेशी मोर्चालाई पुन सशक्क्त बनाउने समेत निष्कर्ष निकालेको बैठकमा सहभागी नेताहरुले बताए । बैठक जारी नै छ, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने औपचारिक रुपमा निर्णय नभए पनि वार्ता पत्रको जवाफ नर्फाउने निष्कर्ष बैठकले निकालेको छ । पछिल्लो समयमा मधेशी मोर्चामा सम्मलीत पार्टीहरु सहितको संघिय गठवन्धनको व्यानरमा काठमाडौ केन्द्रित आन्दोलन हुन थाले पछि मोर्चा सम्बद्ध पार्टीहरुमा असन्तुष्टि देखिएको थियो । खासगरी संघिय गठवन्धनको अध्यक्षमा उपेन्द्र यादवको चयनलाई लिएर तमलोपा र सदभावना पार्टीले आपति जनाउदै आएका छन ।


गएको चैत अन्तिम हप्ता बसेको मोर्चाको बैठक पश्चात मधेशी मोर्चाको बैठक बस्न सकेको थिएन । प्रधानमन्त्रीले वार्ताका लागी पत्र पठाए पश्चात उपेन्द्र यादवले असन्तुष्टी पोखे पछि तमलोपा अध्यक्ष महन्थ ठाकुरको मोर्चा बैठक बोलाउने प्रयास असफल भएको थियो । यादव संघिय गठवन्धनको नाममा वार्ता पत्र नआए सम्म वातामा नजाने बताएका थिए । त्यस लगतै गठवन्धनको बैठकले समेत त्यही निर्णय गरेको थियो ।
 
लामो आन्तरिक रस्साकस्सी पछि विहिवार देखि सुरु भएको मोर्चा बैठक केहि दिन सम्म चल्ने र मोर्चालाई थप सश्क्क्त बनाउने वारेमा काम गर्ने नेताहरुले बताएका छन । आउदो २५ गते देखि मधेशी मोर्चाकै व्यानरमै मधेशका जिल्लाहरुमा खुल्लामन्च जस्तै रिले अनसन गर्ने छलफल भएको छ, रामसपाका प्रवक्ता केशव झा भन्छन, पुन समन्वय गरे भोली वा पर्सी बस्ने मोर्चाको बैठकले औपचारिक रुपमा निर्णय गर्ने छ । विहिवारको बैठकमा मोर्चा सम्बद्ध सात ओटै अध्यक्षहरु सहित दोस्रा तहका नेताहरु सहभागी थिए ।
 
बैठकमा सहभागी नेताहरुका अनुसार मोर्चालाई पुन सक्रिय पार्ने वारेमा सबै सहमत भएका छन र त्यसलाई व्यवस्थीत गर्ने वारेमा आज देखि छलफलहरु सुरु भएको छ । यस अघि पनि मधेशी मोर्चा व्यवस्थीत पार्न लागी मोर्चाको आचारसंहिता सहितका कामहरु भएको थियो । तर त्यो खासै कार्यन्वयनमा आएको देखिएनन ।

No comments:

Post a Comment