Wednesday, June 1, 2016

सिमामा एसएसबिको भुमिका वारेमा मधेशी नेता शाह र भारतीय गृहमन्त्री राजनाथ सिह विच छलफल ।

नया दिल्लीमा मधेशी नेता शाह र भारतीय गृहमन्त्री सिह विच मंगलवार भेटवार्ता भएको छ ।
नेपालको तराई मधेश र भारतीय सिमा क्षेत्रमा उपस्थित रहने भारतीय सुरक्षा अधिकारी एसएसविको भुमिका वारेमा फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह र भारतका गृहमन्त्री राजनाथ सिंह विच मंगलवार छलफल भएको छ । छलफलको क्रममा भारतीय गृहमन्त्री सिंह र मधेशी नेता शाहविच मधेशी समुदाय र पारीको भारतीय समुदाय विच रहेको सांस्कृतिक सम्बन्धमा सरक्षा अधिकारीहरुको भुमिकालाई लिएर छलफल भएको थियो । केहि समय पहिला पश्चिम तराईका बर्दीया जिल्लाको गुलरीया र सिमावर्ती भारतीय क्षेत्र मुर्तियामा भएको भारतीय सुरक्षा अधिकारीहरुको गतिविधी वारेमा विभिन्न खालका समाचारहरु आएका थिए । दलानलाई प्राप्त शाह र भारतीय गृहमन्त्री सिंह विचको कुराकानी अघिको पत्रमा वर्दीया घटना  वारेमा विशेष उल्लेख गरिएको छ ।


तराई मधेशको समाज र भारतीय सिमावासी समाज विच विहेवारी देखि अन्य कयौन कुराहरुमा आहोरदाहोरको सम्बन्ध छ, पत्रमा भनिएको छ, तर हालै वर्दीयाको गुलरीया र सिमावर्ती मुर्तियामा एसएसवीको भुमिकाले केहि असहजता उत्पन्न गरि दिएको देखियो । पत्रमा सरोकार राख्ने भारतीय सुरक्षा अधिकारी एसएसबिको निकाय संग यस वारेमा छलफल गरेर छिटो भन्दा छिटो सहज वातावरणको निर्माण गर्न समेत भनिएको छ ।

मंगलवार मधेशी नेता शाह र भारतीय गृहमन्त्री सिंह विच भएको कुराकनीको क्रममा वर्दीया सहित सिमावर्ती क्षेत्रको सम्रग परिस्थिती वारेमा छलफल भएको शाहले बताए । भारतीय भुमिका कसरी साकारात्म्क बनाउन सकिन्छ भन्ने वारेमा दुवै पक्षहरु विच विभिन्न उपायहरुको वारेमा समेत कुराकानी भएको शाहले बताए । भारतीय पक्ष सिमावर्ती क्षेत्रमा सुरक्षाको नाममा देखिएको असहजता हटाउने वारेमा कामहरु अघि वढाइसकेको र केहि दिन भित्रै त्यो देखिने भारतीय गृहमन्त्री सिंहको भनाई छ । वेलावखत सिमाक्षेत्रमा एसएसवीलाई लिएर विभिन्न घटनाहरु सार्वजनिक हुदै आएका छन ।

No comments:

Post a Comment