
पार्टी संस्थापनाको ९ बर्ष पछि तमलोपाले प्रथम महाधिवेशन गरेका हुन । ०६४ सालमा संस्थापना भएको तमलोपा पहिलो र दोस्रो संविद्यानसभाको निर्वाचनमा भाग लिदै मधेशी पार्टीहरु मध्येमा दोस्रो र सवै राजनितीक शक्तिहरुको विचमा पाचौ र छैटौ शक्तिको रुपमा आफुलाई उभ्याएका छन । निर्वाचन आयोगको अन्तिम चेतावनी पछि यो पार्टीले महाधिवेशनमा गएका हुन ।
आज देखि सुरु भएका तमलोपाका प्रथम महाधिवेशनमा देशभरीवाट १ हजार भन्दा वढी तमलोपाका प्रतिनिधीहरु सहभागी भएका छन भन्ने ४ सय भन्दा वढी पर्यवेक्षकहरु सहभागी भएको सो पार्टीले जनाएको छ ।
सोमवार दिउसो उदघाटन सत्र भएको तमलोपाको महाधिवेशनको भोली देखि बन्द सत्र सुरु हुने छ । विभिन्न समितीहरुले तयार पारेको प्रतिवेदनहरु माथी छलफल गर्दै बन्द सत्र सकिने छन । त्यस पछि वुधवार नयां नेतृत्वका लागी पुन प्रकिया सुरु हुने सो पार्टीले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिकामा उल्लेख गरिएको छ । बुधवार नै नयां नेतृत्व समबन्धीको प्रक्रिया पुरा गर्दै तमलोपाको प्रथम राष्टिय महाधिवेशन सकिने छ ।
No comments:
Post a Comment