Sunday, June 19, 2016

सदभावना पदाधिकारी बैठकमा राजेन्द्र महतोद्धारा तमलोपासंग एकिकरणको प्रस्ताव ।

शनिवार देखि काठमाडौमा सुरु भएको सदभावनाको पदाधिकारी बैठक
तराई मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनको पुर्वसन्ध्यामा सुरु भएको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको विशेष पदाधिकारी बैठकमा अध्यक्ष महतो तमलोपा संग एकिकरणको प्रस्ताव गरेको छ । सदभावना पार्टीको पदाधिकारी बैठक हिजो शनिवार देखि काठमाडौमा सुरु भएको छ भने तमलोपाको प्रथम महाधिवेशन भोली सोमवार देखि नवलपरासीमा हुदै छ । शनिवार सुरु भएको सदभावना पार्टीको पदाधिकारी बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष महतोले तमलोपा संग एकिकरणको लागी कुराकानी अघि वढीसकेको जानकारी दिदै त्यसको वारेमा पदाधिकारीहरुको राय मागेका थिए । सदभावना स्रोतका अनुसार महतोले तराई मधेशमा एउटा सशक्क्त पार्टी हुनु पर्ने मधेशी जनताको आकाक्षा अनुसार यो कदम चाल्न लागेको भन्दै यो चाडै मुर्त रुप समेत लिने बताएका थिए ।


खासगरी बैशाखको अन्तिह हप्ता काठमाडौ केन्द्रित आन्दोलन सुरु हुनु भन्दा पुर्व संघिय गठवन्धनमा तमलोपा र सदभावनालाई माइनस गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयोजक भए पछि यी दुइ पार्टी चिडिएका थिए । गठवन्धनले उक्त निर्णय लिदा तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीमा थिए । उनी दिल्लीवाट फर्किए लगतै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसंग एक्ला एक्लै दर्जनौ बैठकहरु गरे पछि तमलोपा वृतमा समेत यस्तो चर्चा छाएको थियो । तर तमलोपाको आसन्न महाधिवेशनले उक्त चर्चालाई पुन ओझेलमा पारेको थियो । यद्यपी तमलोपाले भोली देखि हुन गईरहेको पहिलो महाधिवेशनवाट पारित गर्ने अगामी कार्यदिशामा समेत यो कुरा प्राथमिकताका साथ उल्लेख गरिएको कतिपय नेताहरुको भनाई छ ।
 
पछिल्लो समयमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैली प्रति सार्वजनिक रुपमा टिप्पणी नगरे पनि तमलोपा र सदभावना पार्टीका शिर्ष नेताहरुले कडा आपति जनाइरहेका छन ।
 
शनिवार सुरु भएको सदभावना पदाधिकारी बैठकमा अध्यक्ष महतोले उक्त कुरा समेत बताएका थिए । सदभावना पदाधिकारी बैठक स्रोतका अनुसार अध्यक्ष महतोले तमलोपा र सदभावना संग एकिकरण गरेर मधेशी एउटा सश्क्क्त पार्टी बनाउने वारेमा उच्च तहमा गृहकार्य सुरु भइसकेको बताएका थिए ।
 
खासगरी पहिलो संविद्यानसभा विद्यटन पछि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सदभावना सहित अन्य सबै मधेशी पार्टीहरु संगको एकिकरणको प्रयास थालेका थिए । तर उनको त्यो प्रयास त्यती वेला खासै सफल हुन सकेका थिए । पछि दोस्रो संविद्यानसभाको चुनावमा मधेशी पार्टीहरु पराजय भए पछि पुन त्यो प्रयासको स्वरुप महिनौ सम्म दर्जानौ बैठकहरु भएको थियो । तर अन्तोगत्वा त्याहा पनि सफल भएको देखिएनन । पछि मधेशी पार्टीहरुले मोर्चालाई पुन व्युताएका थिए । जुन मोर्चाकै तहत नयां संविद्यानको विरुद्धमा गत बर्ष देखि उनीहरु आन्दोलनमा छन ।
 
आन्दोलन चर्किरहदा मोर्चामै आबद्ध घटकहरुका विचमा देखिएको आन्तरिक प्रतिस्पर्धा र व्यक्तित्व टकरावका कारण आन्दोलनमा गम्भिर धक्का लागेका भन्दै मधेशी वुद्धजिवीहरुले मधेशी पार्टीहरुको नेतृत्वको कडा आलोचना गर्दै आइरहेका छन । पछिल्लो समयमा संघिय गठवन्धनको व्यानरमा काठमाडौ केन्द्रित आन्दोलन थाल्दा त झनै विकराल रुपमा अघि आयो ।
 
कतिपय भित्रियाका अनुसार तमलोपाको पुर्व घोषीत महाधिवेशनलाई लक्षित गरेर राजेन्द्र महतोले विशेष पदाधिकारी बैठक डाक्नुको अर्थ पनि यही भएर विशेष थियो । महतोले तमलोपा अध्यक्ष महन्थ ठाकुर संगको तारम्तार एक्ला बैठक गरेर थाइलैण्ड यात्रामा हिडेका थिए । उनी थाइलैण्ड वाटै पार्टीको विशेष पदाधिकारी बैठक गर्न निर्देशन गरेका थिए । 

3 comments:

  1. Weldon congratulations I like it aauta party banau mahato je agrim badhai aaich

    ReplyDelete
  2. बहुत बढिया | आशा गरौ मधेशमा एउटा शशक्त राजनीतिक पार्टी को निर्माण हुनेछ |

    ReplyDelete
  3. श्रदेय महतो जि त सधै एकीकरणको पक्षंमा हुनुहुन्छ, त्यसको निम्ति आवश्यक त्याग गर्न पनि त्यार हुनुहुन्छ, तर एकीकरण गर्न अर्को पक्ष पनि उतिकै त्यार हुनुपर्ने हो, गम्भीर हुनुपर्ने हो जुन बिल्कुल महशुस भैरहेको छैन !! के उनीहरु पनि जनताको यो उत्तकन्ठ अाकाक्षा पूरा गर्न गम्भीरता प्रस्तुत गर्ने हिम्मत राख्छन् । हेरुम!!!

    ReplyDelete