Wednesday, June 22, 2016

तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित ।

गएको सोमवार देखि नवलपरासीमा भएको पहिलो महाधिवेशनले तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपाको अध्यक्षमा महन्थ ठाकुरलाई निर्वाचित गरेको छ । ठाकुर तमलोपाको अध्यक्षमा निर्वेरोध निर्वाचित भएका हुन । त्यसैगरी तमलोपाको वरिष्ठ उपाध्यक्षमा नेता हृदेश त्रापाठी र उपाध्यक्षमा वृषेशचन्द्र लाल पनि निर्वोरोध निर्वाचत भएका छन । अध्यक्ष ठाकुर सहित त्रिपाठी र लालको विरुद्धमा उम्ेदवारी घोषणा गरेकाहरु अन्तिम समयमा यी नेताहरु लाई नै समर्थन गरे पछि तमलोपाका प्रमुख तीन पदमा निर्वोरोध भएका छन ।

Monday, June 20, 2016

तमलोपाको प्रथम राष्टिय महाधिवेशन नवलपरासीमा सुरु ।

आन्दोलनरत मधेशी पार्टीहरु मध्येका एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो राष्टिय महाधिवेशन आज देखि नवलपरासीमा सुरु भएको छ । नवलपरासीको रामग्राममा सोमवार भएको उद्धघाटन सत्र संगै तमलोपाको पहिलो महाधिवेशन सुरु भएको छ । आज देखि सुरु भएको महाधिवेशन वुधवार  सकिने छ । महाधिवेशनको उदघाटन सत्रमा प्रमुख दलहरुका शिर्ष नेताहरु संगै मधेशी पार्टीहरुका पनि प्रमुख नेताहरु सहभागी भएका थिए । त्यस अवसरमा भारतका झण्डै आधा दर्जन अतिथीका संगै अन्य विदेशी पाहुनाहरुको समेत उपस्थिती थिए ।

Sunday, June 19, 2016

सदभावना पदाधिकारी बैठकमा राजेन्द्र महतोद्धारा तमलोपासंग एकिकरणको प्रस्ताव ।

शनिवार देखि काठमाडौमा सुरु भएको सदभावनाको पदाधिकारी बैठक
तराई मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनको पुर्वसन्ध्यामा सुरु भएको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको विशेष पदाधिकारी बैठकमा अध्यक्ष महतो तमलोपा संग एकिकरणको प्रस्ताव गरेको छ । सदभावना पार्टीको पदाधिकारी बैठक हिजो शनिवार देखि काठमाडौमा सुरु भएको छ भने तमलोपाको प्रथम महाधिवेशन भोली सोमवार देखि नवलपरासीमा हुदै छ । शनिवार सुरु भएको सदभावना पार्टीको पदाधिकारी बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष महतोले तमलोपा संग एकिकरणको लागी कुराकानी अघि वढीसकेको जानकारी दिदै त्यसको वारेमा पदाधिकारीहरुको राय मागेका थिए । सदभावना स्रोतका अनुसार महतोले तराई मधेशमा एउटा सशक्क्त पार्टी हुनु पर्ने मधेशी जनताको आकाक्षा अनुसार यो कदम चाल्न लागेको भन्दै यो चाडै मुर्त रुप समेत लिने बताएका थिए ।

Friday, June 17, 2016

उपेन्द्र यादव अष्ट्रेलिया तिर ।

आन्दोलनरत दलहरु मध्येका एक प्रमुख घटक संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रवार अष्ट्रेलिया गएका छन । भातृ संगठनको एउटा कार्यक्रममा भाग लिन भन्दै यादव उता तर्फ शुक्रवार दिउसो उडेका थिए । यस अघि यही हप्ता अर्का आन्दोलनरत पार्टी सदभावना अध्यक्ष राजेन्द्र महतो थाइलैण्ड पुगेर फर्केका थिए । महतो थाइलैण्ड जानु भन्दा अघि तमलोपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली गएका थिए । पार्टीको महाधिवेशनको निम्तो र स्वास्थय उपचारको नियमित कामको लागी चार दिनका लागी दिल्ली गएका ठाकुर झण्डै १० दिन त्याहा बसेका थिए । जाहा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगै एउटा महत्वपुर्ण कार्यक्रममा प्रमुख अतिथी समेत भएका थिए ।
 
आन्दोलनरत मधेशी पार्टीहरु गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेका छन । १ जेठमा काठमाडौ केन्द्रित आन्दोलन सुरु हुदा तमलोपाका अध्यक्ष ठाकुर दिल्ली मै थिए । उनी फर्केको दुई हप्ता पश्चात सदभावना पार्टीका अध्यक्ष महतो विना कुनै कारण देखाउदै समान्य रुपमा स्वास्थय उपचार गराउनु छ भन्दै थाइलैण्ड गएका थिए । उनी त्याहा झण्डै १० दिन बसेर यही हप्ताको सुरुमा फर्केका छन ।

Thursday, June 16, 2016

मधेशी मोर्चाद्धारा प्रधानमन्त्रीलाई वार्ता पत्रको जवाफ ।

वार्ताको वातावरण बनाउ र संघिय गठवन्धनलाई पनि वार्तामा बोलाउ । 

वार्ताका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पत्रको जवाफ दिदै मधेशी मोर्चाले विगतमा मधेश आन्दोलनको क्रममा भएको ८ बुदे र २२ बुदे सम्झौता कार्यन्वयनको प्रतिवद्धता माग्दै वार्ताको बतावरण बनाउन भनेको छ । मोर्चाको विहिवार बसेको बैठकले पछिल्लो समयमा भएको आन्दोलनको क्रममा धाइेहरुको उपचार खर्च, नेताहरु माथी लगाइएको मुद्धा फिर्ता लगायतका कामहरु पहिला हुनु पर्ने सर्त समेत अघि सारेका छन । विहिवार दिउसो बसेको मोर्चाको बैठक यसको साथै पछिल्लो समयमा मधेशी मोर्चामा आबद्ध दलहरुको सम्मलीतमा गठन भएको संघिय गठवन्धनलाई समेत वार्ता पत्र लेख्न सरकारलाई भनेको छ ।

Wednesday, June 15, 2016

राष्टिय सुरक्षा नितीको 'निशाना' मा तराई मधेश ।


सरकारले गएको बैशाख अन्तिम हप्ता पारित गरेको राष्टिय सुरक्षा निती ०७३ को केन्द्रमा तराई मधेश देखिएको छ । हाल सम्म गोप्य राखेको सरकारको उक्त सुरक्षा निती हालै खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको थियो । २५ पेज लामो नेपाल सरकारको सुरक्षा नितीमा तराई वा मधेश भनेर कतै उल्लेख त गरिएको छैन । तर सुरक्षा नितीले औल्याएको कुराहरुले सरकारको सुरक्षा निती तराई मधेशलाई केन्द्रमा राखेर बनाइएको प्रष्ट हुन्छ । गत बर्ष नयां संविद्यान जारी भए सगै तराई मधेशमा उठेको आन्दोलन, नाका केन्द्रित अवरुद्धताले पुर्ण प्रभावित रहेको देशको सुरक्षा नितीको मुख्य उदेश्य चाही संविद्यान कार्यन्यन भएको उल्लेख गरिएको छ । मुख्यगरी तराइ मधेशलाई राजनितीक आधार क्षेत्र बनाएर राजनिती गर्दै आइरहेका मधेशी पार्टीहरुले नयां संविद्यानमा उल्लेख संशो्धन हुनु पर्ने माग गर्दै आइरहेका छन । उनीहरुले आफुहरुको माग सम्बोधन नभए संविद्यान कार्यन्वयन हुन नदिने अर्थात आन्दोलन जारी राख्ने बताउदै आइरहेका छन । आन्दोलनरत मधेशी पाटीहरुको आन्दोलन निरन्तर जारी नै छ । यस्तो पृष्टभुमिमा सरकार बनाएको सुरक्षा नितीको निष्कर्ष छ, संविद्यान कार्यन्वयन नभए थप अस्थितरा उत्पन्न हुन सक्ने र त्यसले समाजिक सद्धभाव, राष्टिय एकता र मुलुकको सार्वभौमिकतामा गम्भिर असर पार्ने छ ।

Tuesday, June 14, 2016

गठवन्धनको अनसन प्रति काग्रेस नेताहरुको समर्थन ।

अनसन स्थलमा सम्बोधन गर्दै काग्रेस नेता अमरेश सिंह
आन्दोलनरत मधेशी पार्टीहरु सहितको संघिय गठवन्धनले काठमाडौको खुल्लामन्चमा गरीरहेको रिले अनसन प्रति नेपाली काग्रेसका महामन्त्री सहितको नेताहरुले समर्थन जनाएका छन । गएको २५ जेठ देखि खुल्लामन्चमा गठवन्धनले अनसन गरिरहेका छन । मंगलवार अनसन स्थल पुगेर काग्रेस महामन्त्री शेखर कोइरालाको नेतृत्वको टोलीले जारी आन्दोलन प्रति एक्यवद्धा जनाएका थिए । कोइराला नेतृत्वको टोलीमा काग्रेस नेताहरु आनन्द प्रसाद ढुगांना, अमरेश नारायण सिंह सहितका आधा दर्जन नेताहरु थिए ।

Monday, June 13, 2016

प्रधानमन्त्रीको वार्ता-पत्र वारेमा मधेशी मोर्चाको बैठकले निर्णय लिने ।

प्रधानमन्त्रीले वार्ताका लागी पुन मधेशी मोर्चालाई लेखेको वार्तापत्रको वारेमा ठोस निर्णय मधेशी मोर्चाको बैठकले मात्रै गर्ने नेताहरुले बताएका छन । हिजो आइतवार प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई लेखेको वार्ता पत्र मोर्चाका घटकहरुले सोमवार प्राप्त गरेका छन । पछिल्लो समयमा मोर्चामा आबद्ध मधेशी पार्टीहरु सहितको संघिय गठवन्धन समेत आन्दोलनरत छन । यद्यपी यही महिना भित्र प्रधानमन्त्री ओली मधेशी मोर्चाको नाममा दुई पटक वार्तापत्र पठाएका छन । यस १० जेठमा पठाएको पत्रलाई मोर्चाको बैठकले प्रतिउत्तर फर्काउन सकेका थिएन । मोर्चामा आबद्ध केहि पार्टीहरु संघिय गठवन्धनको नाममा पत्र आए मात्रै वार्तामा जाने बताए पछि आन्दोलनरत पक्षहरु विचमा विभाजित मत देखिएको थियो ।

Sunday, June 12, 2016

प्रधानमन्त्रीद्धारा मधेशी मोर्चालाई पुन वार्ताका लागी पत्राचार ।

संघिय गठवन्धनको व्यानरमा आन्दोलनरत पक्षहरु धर्नामा बसीरहदा प्रधानमन्त्री केपी ओलीले वार्ताका लागी भन्दै संयुक्र लोकतान्त्रिक मधेशी मोर्चालाइ पत्राचार गरेको छ । यस अघि पनि गएको १० जेठमा प्रधानमन्त्री ओलीले मधेशी मोर्चाको नाममा पत्राचार गरे पछि आन्दोलनरत पक्षहरु विचमा मतविभाजन देखिएको थियो । र आन्दोलनकारीहरुको संयुक्त गठवन्धन संघिय गठवन्धनको बैठकले मोर्चाको नाममा नभई गठवन्धनको नाममा पत्र आए मात्रै वार्ताको लागी कुराकानी हुन सक्ने निर्णय गरेको थियो । पछि छुटै बसेको मधेशी मोर्चाको बैठकले समेत प्रधानमन्त्री ओलीको उक्त पत्रको कुनै प्रतिउत्तर गरेनन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालका अनुसार प्रधानमन्त्री ओलीले आइतवार संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा र राष्टिय मुस्लिम संघर्ष गठवन्धनलाई वार्ताका लागी पत्र लेखेका छन । दहाल भन्छन, मधेशी मोर्चा र मुस्लिम गठवन्धनले हाथमा भोली पत्र पर्ने छन ।

Saturday, June 11, 2016

मधेशमा भेदभाव विरुद्ध क्षमायाचना अभियान ।

सप्तरीको एउटा डोम परिवार काहा पुगेर क्षमायाचना गर्दै तुला नारायण साह । फोटो/फेसबुक
जातीय रुपमा अत्यद्यिक छुवाछुत र भेदभाव रहेको भन्दै आएको मधेशी समाजमा त्यो अन्तय होस भन्ने उदेश्यका साथ समाजका अगुवाहरुले क्षमायाचना अभियान सुरु गरेका छन । मधेशी समाजवाट प्रतिनिधित्व गर्ने पत्रकार, नागरिक अगुवा, अधिवक्ता, चिकित्सक सहितका विभिन्न पेशाहरुमा संग्लनहरु यो अभियानमा साथ दिदै तराई मधेशको समाजमा रहेको भेदभाव प्रथालाइ अन्तय गर्ने अभियान थालेका छन । पछिल्लो समयमा जती, जती वेला मधेशमा राजनितीक अधिकारका लागी आन्दोलनहरु चर्कन थालथ्यो त्यती त्यती वेला काठमाडौ केन्द्रित प्रमुख संचारमाध्यमहरुले मधेशको आन्दोलन भन्दा पनि त्याहा समाजिक समस्या वढी रहेको समाचारहरु सम्प्रेषण गर्ने गरेको देखिन्थ्यो । नयां संविद्यान जारी भए संगै तराइ मधेश लामो आन्दोलनवाट ग्रजीरहेको छ । पछिल्लो केहि महिना यता आन्दोलन साकेतिक रुपमा मात्रै अघि वढी रहदा मधेशी समाजका विभिन्न प्रतिनिधिमुलुक व्यक्तिहरुले यो अभियान थालेका हुन ।

Friday, June 10, 2016

मधेशी मोर्चाको बैठक बोलाउने तयारी ।

लामो कसरत पश्चात १९ जेठमा बसेका मधेशी मोर्चाको बैठक जारी नै रहेको भन्दै उठेका नेताहरु पुन बस्न नसक्दा वाहिर विभिन्न अडकलवाजीहरु भइरहेको सन्दर्भमा पुर्न बैठक गर्ने कसरतहरु थालिएको नेताहरुले जनाएको छ । मोर्चा सम्बद्ध नेताहरु सार्वजनिक रुपमा टिका टिप्पणी नगरे पनि सम्बद्ध घटकहरु विच अन्तरद्धन्वहरु प्रष्ट देखिएका छन । जानकारहरु त्यही कारणले १९ जेठमा बसेको मोर्चाको बैठक विना कारण जारी हुन नसकेको बताउछन । वरु त्यसको सटा  दुई दिन पश्चात संघिय गठवन्धनको बैठक बसेको थियो ।

Thursday, June 9, 2016

संघिय गठवन्धनको अनसन प्रति बाबुराम भटराईको समर्थन ।

विहिवार अनसन स्थलमा गठवन्धनका संयोजक उपेन्द्र यादव संग भटराई
गएको तीन दिन देखि काठमाडौको टुडिखेलमा रिले अनसन गर्दै आइरहेको आन्दोलनरत संघिय गठवन्धन प्रति नयां शक्ति अभियानका संयोजक बाबुराम भटराईले समर्थन जनाएका छन । विहिवार अनसन स्थल टुडिखेल पुगेर भटराई गठवन्धनले आन्दोलनको कार्यक्रम स्वरुप थालेको अनसन प्रति आफनो नयां शक्ति अभियानको पुर्ण समर्थन रहेको जनाएका थिए । यस अघि पनि गठवन्धनले सिंहदरवार र वालुवाटार घेराउ गर्दा भटराईले विज्ञिप्त निकालेर गठवन्धनको उक्त आन्दोलन प्रति समर्थन  व्यक्त गरेका थिए ।

Wednesday, June 8, 2016

सदभावना पार्टीले डाक्यो विशेष पदाधिकारी बैठक ।


गएको शुक्रवार थाइलैण्ड गएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यही वाट पार्टीले विशेष पदाधिकारी बैठक गर्ने निर्देशन दिएको छ । शुक्रवार थाइलैण्ड उडेका महतोले सोमवार पार्टीको केहि पदाधिकारीलाई फोन गरेर आउदो ४ असार देखि एक हप्ता लामो बैठक गर्ने सुचना सवै पदाधिकारीहरुलाई गर्न भनेका थिए । असार ४ देखि गते सुरु हुन सदभावनाको पदाधिकारी बैठक एक हप्ता चल्यो भन्ने ११ गते समाप्त हुनेछ । त्यही विचमा अर्का प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन समेत छ । तमलोपाको पहिलो महाधिवेशन ६ असार देखि ८ सम्म नवलपरासीमा हुदै छ । सदभावना र तमलोपा संघिय गठवन्धन भित्र असन्तुष्ट भनेर चिनिएको बेला कतिपय भित्रियाहरुले यसलाई महत्वका साथ हेरको छ ।

Tuesday, June 7, 2016

संघिय गठवन्धनको रिले अनशन सुरु । तमलोपाका शिर्ष नेताहरु अनुपस्थित ।

मधेशी पार्टीहरु सहितको आदीवासी जनजातीहरुको संघिय गठवन्धनले आज देखि काठमाडौको खुल्लामन्चमा रिले अनशन सुरु गरेको छ ।  गएको १ जेठ यता काठमाडौ केन्द्रित आन्दोलन सुरु गरेको गठवन्धनले यस अघि सिंहदरवार र वालुवाटार घेराउ सहित उपत्यकाको विभिन्न स्थानहरुमा प्रर्दशनहरु गरेका थिए । त्यस पछि काठमाडौ सहित देशै भरी अनशन गर्ने घोषणा गरेको गठवन्धनले आन्तरिक मतभेदका कारण काठमाडौ वाहिर खासगरी तराई मधेशमा अनशन सुरु गर्न सकेका छैन । गएको शनिवार बसेको गठवन्धन बैठकले आज पहिलो दिन सुरु हुने अनशनमा सवै शिर्ष नेताहरु सहभागी हुने निर्णय गरेको थियो । तर गठवन्धनको आज विहान ७ वजे देखि खुल्लामन्चमा सुरु भएको रिले अनशनमा अन्य सवै शिर्ष नेताहरु सहभागी भए पनि आन्दोलनका एक प्रमुख घटक तराई मधेश लोकतान्त्रिक पार्टीका कुनै पनि शिर्ष नेताहरु सहभागीता जनाएनन । गठवन्धनले अनशनको सुचना दिने अभिप्रायले निकालेको विज्ञिप्तमा समेत तमलोपाका कुनै पनि नेताहरुको नाम छैन ।

Monday, June 6, 2016

थप आन्तरिक कलहमा आन्दोलनकारीहरु ।

मधेशी मोर्चाको व्यानरमा मधेशमा आन्दोलन गर्न उपेन्द्र यादवद्धारा अस्विकार 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गएको शनिवार संघिय गठवन्धनको बैठक डाके पछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले उनलाई फोन गरे ।  लामो कसरत पश्चात अघिल्लो हप्ता मात्रै मधेशी मोर्चाको बैठक डाक्न सफल भएका ठाकुर पुन त्यसको भोली वा अर्को दिन बैठक गर्ने भनेका थिए । तर मधेशी मोर्चाको उक्त बैठक नहुदै संघिय गठवन्धनको संयोजकको हैसियतमा यादवले शनिवार बैठक डाके । ठाकुरले गठवन्धनको बैठकको सुचना पाए लगत्तै यादवलाई फोन गरेर भने, पहिला मोर्चाको बैठक गरौ त्यस पछि गठवन्धनको बैठक गर्नु होला । यादवले २५ जेठ देखि खुल्लामन्चमा हुने रिले अनशनका लागी गठवन्धनको बैठक आवश्यक भएको भन्दै ठाकुरलाई मोर्चाको बैठक पछि गर्न वा तपाईहरुले गर्ने नै भए समय निश्चित गरेर आफुलाई सुचना दिन आग्रह गरे । यादवले आफु मोर्चाको बैठकमा आउने बताए । तर ठाकुरको चाहना थियो पहिलो सुरु भएको मधेशी मोर्चाको बैठक एउटा टुगोमा पुगोस त्यस पछि संघिय गठवन्धनको काम अगाडी वढाउदा राम्रो हुन्छ ।

Friday, June 3, 2016

रिले अनशनको तयारी गर्दै संघिय गठवन्धन ।


आउदो मंगलवार देखि काठमाडौको खुल्लामन्चमा हुने आन्दोलनरत संघिय गठवन्धनको रिले अनशनको तयारीमा आन्दोलनरत पक्ष जुटेको बताएको छ । तयारीको जिम्मेवारी पाएको गठवन्धनको सचिवालयले त्यस वारेमा हिजो र आज बैठक गरेर तयारी सम्बन्धी सम्पुर्ण कामहरु गर्ने कार्ययोजना बनाएको छ । विहिवार र शुक्रवार सचिवालयको बसेको बैठकले अनशन स्थलको व्यस्थापन देखि अनशनमा बस्ने कार्यतालिका सहित त्याहा हुने सांस्कृतिक कार्यक्रम देखि अन्य भौतिक व्यवस्थापन समबन्धी कार्ययोजना बनेको सचिवालय सम्बद्ध नेताहरुले बताएका छन ।

Thursday, June 2, 2016

प्रधानमन्त्रीको वार्ता पत्रको जवाफ नफर्काउने मधेशी मोर्चाको निष्कर्ष ।

लामो रस्साकस्सी पश्चात मधेशी मोर्चाको बैठक । 

आन्तरिक अन्तरद्धन्वका कारण लामो अन्तराल पश्चात बसेको सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले प्रधानमन्त्रीले वार्ताका लागी लेखेको पत्रको जवाफ नर्फाउने निष्कर्ष निकालेको छ । विहिवार तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीको वार्ता पत्र वार्ता आब्हान भन्दा पनि निर्देशात्मक ढंगले आएको भन्दै त्यसैलाई वेवास्ता गर्दै आन्दोलनकै लागी मधेशी मोर्चालाई पुन सशक्क्त बनाउने समेत निष्कर्ष निकालेको बैठकमा सहभागी नेताहरुले बताए । बैठक जारी नै छ, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने औपचारिक रुपमा निर्णय नभए पनि वार्ता पत्रको जवाफ नर्फाउने निष्कर्ष बैठकले निकालेको छ । पछिल्लो समयमा मधेशी मोर्चामा सम्मलीत पार्टीहरु सहितको संघिय गठवन्धनको व्यानरमा काठमाडौ केन्द्रित आन्दोलन हुन थाले पछि मोर्चा सम्बद्ध पार्टीहरुमा असन्तुष्टि देखिएको थियो । खासगरी संघिय गठवन्धनको अध्यक्षमा उपेन्द्र यादवको चयनलाई लिएर तमलोपा र सदभावना पार्टीले आपति जनाउदै आएका छन ।

Wednesday, June 1, 2016

सिमामा एसएसबिको भुमिका वारेमा मधेशी नेता शाह र भारतीय गृहमन्त्री राजनाथ सिह विच छलफल ।

नया दिल्लीमा मधेशी नेता शाह र भारतीय गृहमन्त्री सिह विच मंगलवार भेटवार्ता भएको छ ।
नेपालको तराई मधेश र भारतीय सिमा क्षेत्रमा उपस्थित रहने भारतीय सुरक्षा अधिकारी एसएसविको भुमिका वारेमा फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह र भारतका गृहमन्त्री राजनाथ सिंह विच मंगलवार छलफल भएको छ । छलफलको क्रममा भारतीय गृहमन्त्री सिंह र मधेशी नेता शाहविच मधेशी समुदाय र पारीको भारतीय समुदाय विच रहेको सांस्कृतिक सम्बन्धमा सरक्षा अधिकारीहरुको भुमिकालाई लिएर छलफल भएको थियो । केहि समय पहिला पश्चिम तराईका बर्दीया जिल्लाको गुलरीया र सिमावर्ती भारतीय क्षेत्र मुर्तियामा भएको भारतीय सुरक्षा अधिकारीहरुको गतिविधी वारेमा विभिन्न खालका समाचारहरु आएका थिए । दलानलाई प्राप्त शाह र भारतीय गृहमन्त्री सिंह विचको कुराकानी अघिको पत्रमा वर्दीया घटना  वारेमा विशेष उल्लेख गरिएको छ ।