Sunday, May 29, 2016

२५ जेठ देखि काठमाडौको खुल्लामन्चमा रिले अनशन बस्दै आन्दोलनरत गठवन्धन ।


पछिल्लो समयमा काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आउदो २५ जेठ देखि काठमाडौको विचमा पर्ने खुल्लामन्चमा रिले अनशन बस्ने भएको छ । गठवन्धनको सचिवालयले शनिवार अन्तिम टुगो लगाएको अर्को चरणको विरोध कार्यक्रम अन्र्तगत आउदो २५ जेठ देखि खुल्ला मन्चमा रिले अनशन सुरु हुने गठवन्धनले जनाएको छ । यो चरणको अन्तिम विरोध कार्यक्रम भोली पोखरामा हुदै छ । आज विरगंजमा प्रर्दशन गरेको आन्दोलतरत गठवन्धनले भोली पोखरामा हुने विरोधसभा वाटै उक्त कार्यक्रम सार्वजनिक गर्ने छन ।


पहिलो चरणमा २५ जेठमा सुरु हुने रिले अनसन असार मसान्त सम्मका लागी गर्ने निर्णय भएको गठवन्धनको सचिवालय सदस्य तथा रामसपाका प्रवक्ता केशव झाले बताए । गएको शुक्रवार मात्रै बसेको गठवन्धन बैठकले आन्दोलनको थप कार्यक्रमको अन्तिम टुगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । गठवन्धन सम्बद्ध स्रोतका अनुसार बर्षातको समयभरी गठवन्धनले काठमाडौको खुल्लामन्च सहित जिल्लाहरुको सदरमुकामहरुमा समेत रिले अनसन नै गर्ने योजना बनाएको छ । बर्षातको मौसमलाई ख्यालमा राखेर यस्तो आन्तरिक निष्कर्ष निकालिएको गठवन्धनका नेताहरुले बताएका छन ।
 
विहान ७ वजे देखि वेलुकि ७ वजे सम्म १२ घण्टे रिले अनसनमा काठमाडौको खुल्ला मन्च सहित जिल्लाहरुको सदरमुकामहरु हुदा त्याहा आन्दोलनरत मधेशी जनजाती सवै पक्षहरुले सहभागी हुने छन ।
 
गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहरदरवार, वालवुटार घेराउ सहित उपत्यका विभिन्न १० ओटा ठाउहरुमा प्रर्दशन र विरोध सभाहरु गरिएको थियो । हिजो उपत्यकाको विरोध कार्यक्रम सकाएको गठवन्धनले आज मधेशी मोर्चाको संयोजनमा विरगंजमा वृहत प्रर्दशन गर्नुको साथै सभा गरेका थिए । सभालाई उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव सहितका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
 
भोली पोखरामा हुने विरोध प्रर्दशन र सभाको संयोजन आदीवासी जनजातीहरुले गरेका छन । त्यही सभावाट २५ जेठ देखि गठवन्धनले गर्ने रिले अनसनको कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।
 
नयां संविद्यानमा मधेशी, जनजाती सहितको सिमान्तकृत समुदायको अधिकारलाई कटौति गरेको भन्दै आन्दोलनकारीहरु विगत ११ महिना देखि आन्दोलन गर्दै आइरहेका छन । मधेशी मोर्चाको ६ महिना लामो बन्द र नाका केन्द्रित आन्दोलन पश्चात जनजाती र आदीवासी सहितको संयुक्त संघिय गठवन्धनले पछिल्लो महिना देखि काठमाडौ सहित पहाडका जिल्लहरुमा समेत आन्दोलन गर्दै आइरहेका छन ।

No comments:

Post a Comment