Friday, May 27, 2016

संघिय गठवन्धनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने ।


पछिल्लो केहि समय यता काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको मधेशी जनजातीहरुको संयुक्त गठवन्धन संघिय गठबन्धनले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।  आउदो १७ गते सम्मका लागी यस अघि नै गठवन्धनले विरोध कार्यक्रम घोषणा गरेका थिए । १७ गते पोखरामा हुने विरोधसभावाट त्यस पछिको कार्यक्रमहरु घोषणा गर्ने निर्णय गठवन्धनले शुक्रवार गरेको गठवन्धनका प्रवक्ता परशुराम तमाडले बताए ।


गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहरदरवार, वालुवाटार घेराउ गरेको गठवन्धनले अहिले उपत्यकाको विभिन्न ठाउमा प्रर्दशन र सभाहरु गरीरहेको छ । शुक्रवार बसेको गठवन्धन बैठकले जारी आन्दोलनको समिकक्षा गर्दै भविष्यमा थप कडा आन्दोलन गनुृ पर्ने निष्कर्ष निकालेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । यादवका अनुसार सरकारी पक्ष वार्ताको नाममा विदेशी शक्तिहरुलाइ झुक्याउने मात्रै खोजेको निष्कर्ष निकाल्दै सार्थक वातावरण नबने सम्म वार्तामा बस्ने कुनै सम्भावना छैन ।
 
१७ जेठ पछि गठवन्धनले हालका लागी केहि समय प्रचारात्मक शैलीको कार्यक्रमहरु गर्ने रामसपाका प्रवक्ता केशव झाको भनाई छ । मौसमलाई समेत ख्यालमा राखेर अहिले तत्कालका लागी हामीले केन्द्र देखि जिल्ला तह सम्म रिले अनसन, अन्द्योलनरत गठवन्धनको मुद्धाहरुको वारेमा सार्वजनिक अन्तक्रिया लगायतका कार्यक्रमहरु हुने झाको भनाई छ । गठवन्धनको अगामी आन्दोलनको स्वरुपको अन्तिम टुगो लगाउने जिम्मा सचिवालयलाई दिइएको छ । गठवन्धनको सचिवालय बैठक भोली बस्ने छ ।

No comments:

Post a Comment