Thursday, May 26, 2016

बजेटको विरुद्धमा उत्रने आन्दोलनरत पक्षको तयारी ।


पछिल्लो समयमा सदनको जारी सत्रलाई सुरु देखि नै वहिष्कार गर्दै आइरहेको आन्दोलनरत मधेशी पार्टीहरुले १५ जेठमा सरकारद्धारा प्रस्तुत गरिने वजेटको विरुद्धमा उभिने बताएको छ । नयां संविद्यानको विरुद्धमा आन्दोलन गर्दै आइरहेका मधेशी पार्टीहरुले सरकार आन्दोलनरत पक्षको कुरा सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै सदन बैठकहरु वहिष्कार गर्दै आइरहेका छन । वुधवार सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणलाई समेत आन्दोलनरत मधेशी पार्टीहरुका संसादहरुले वहिष्कार गरेका थिए । पर्सी १५ जेठमा सरकारले अगामी वर्षको वजेट प्रस्तुत गर्ने कार्यक्रम छ, सदभावना पार्टीका सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णका अनुसार मधेशी पार्टीहरुले त्यसको विरुद्धमा उभिने छ । कर्ण भन्छन, हामीले आज जस्तै बैठक नै वहिष्कार गर्ने छौ वा संसद घेराउ जस्ता विरोध पनि गर्न सक्छौ । पर्सी वजेट प्रस्तुत गर्ने कार्यक्रम भएकाले भोली यसवारेमा सवै आन्दोलनरत पक्षहरु संग समन्वय हुने कर्णको भनाई छ ।

पछिल्लो समयमा आन्दोलतरत घटकहरु काठमाडौ केन्द्रित विरोध प्रर्दशनहरु गर्दै आइरहेका छन । आज मात्रै आन्दोलतरत घटकहरुले काठमाडौको कलंकिमा विरोध प्रर्दशन सहित सभा गरेका थिए । फोरम नेपालका सांसद अभिषेक प्रसाद शाहका अनुसार आन्दोलनरत पक्षहरुले सरकारद्धारा प्रस्तुत गर्ने वजेट सत्रलाई पनि जारी आन्दोलनकै स्वरुप अनुसार विरुद्धमा उभ्याउने छ । हाल सम्म आन्दोलनरत पार्टीहरुले पछिल्लो सदन सत्रलाई वहिष्कार गर्दै आइरहेका छन, शाह भन्छन, यो त जारी नै रहने छ, तर वजेट सत्रलाई विशेष गरी विरोध गर्ने वारेमा अहिले कुनै निष्कर्षमा पुगेको छैन । शाहले पनि भोली यस वारेमा आन्दोलनरत पार्टीहरु विच कुराकानी हुन सक्ने सम्भावना रहेको बताए ।

नयां संविद्यान जारी हुने प्रक्रिया सुरु भए सगै आन्दोलनरत पक्षहरु यसको विरुद्धमा उभिदै आन्दोलन गर्दै आइरहेका छन । प्रमुख दलहरुले संविद्यानसभामा नयां संविद्यानको मस्यौदा प्रस्तुत गरे पछि आन्दोलनरत मधेशी पार्टीहरुले त्यसलाई सदनमै च्यातेका थिए । नयां संविद्यानलाई मधेशी पार्टीहरुले सडकमा जलाएका थिए ।
 
आन्दोलनरत मधेशी पार्टीहरुले प्रमुख दलहरुले मधेशी पार्टीहरु संग विगतमा भएको सम्झौता कार्यन्वयन नगरेर एक्लौटि रुपमा अघि वढेका कारण विरोध स्वरुप त्यसतो गरेको बताउछन । प्रमुख दलहरुले मधेशी पार्टीहरुको विरोधको वावजुद नयां संविद्यान जारी गरे यता मधेशी पार्टीहरु रुपान्तरित भएको सदनको कामकाजहरुलाई वहिष्कार गर्दै आइरहेका छन ।

No comments:

Post a Comment