Wednesday, May 25, 2016

पहिला मोर्चा कि गठवन्धन बैठक ?


पछिल्लो समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बोलाउने तयारी भईरहदा पर्सी शुक्रवार संघिय गठवनधनको बैठक बोलाउने तयारी भएको छ । गठवन्धन भित्र असन्तुष्ट देखिएका केहि प्रमुख मधेशी पार्टीहरुले पुन मधेशी मोर्चालाई सक्रिय पारे अघि वढने तयारीमा रहिरहदा प्रधानमन्त्री ओलीले समेत वार्ताका लागी मोर्चाको नाउमा गएको सोमवार पत्राचार गरेका थिए । त्यस पछि त्यही निहूमा मोर्चाको बैठक बोलाउने तयारीमा भइरहदा पर्सी गठवन्धनको बैठब समेत डाक्न लागीएको नेताहरुले बताएका छन । हाम्रो पहिला देखि नै १४ गते गठवन्धनको बैठक गर्ने निर्णय थियो, गठवन्धनका प्रवक्ता परशुराम तमाडले भने, त्यही अनुरुप पर्सी बैठक बोलाउने वारेमा तयारी भईरहेको छ । यस अघि गएको सोमवार गठवन्धनको सचिवालय बैठक बसेको थियो । पर्सी १४ गते बस्ने गठवन्धनको बैठकले १७ जेठ पछिको आन्द्योलनको थप कार्यक्रम वारेमा छलफल गरेर निर्णय गर्ने पुर्व योजना नै भएको गठवन्धनका प्रवक्ताको भनाई छ ।


खास गरी काठमाडौ केन्द्रित आन्दोलनको पुर्व सन्धयामा गठवन्धनको बैठकले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संयोजक बनाए पछि त्याहा विवाद देखिएको छ । तमलोपा र सदभावना अनुपस्थित रहेको बैठकवाट यादवलाई गठवन्धनको संयोजक बनाए पछि यी दुई पार्टी त्यो नमान्ने बताउदै आइरहेका छन । ३१ जेठमा काठमाडौ केन्द्रित आन्दोलन घोषणा गर्नु पुर्व बसेको गठवन्धन बैठकमै तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी गठवन्धनको उत्तल निर्णय सवैलाई मान्य नभएको भन्दै यसमा पुर्नविचार हुनु पर्ने बताएका थिए ।
सदभावना र तमलोपाका नेताहरुले उपेन्द्र यादव रणनिती रुपमा मोर्चालाई समाप्त पार्न त्यस्तो कदम चालेको भन्दै तत्काल मोर्चालाई व्युताउनु पर्ने पक्षमा छन ।

यता गएको सोमवार प्रधानमन्त्री ओलीले मोर्चाको नाउमा वार्ताका लागी पत्राचार गरे पछि त्यही आन्तरिक मनमुटावका कारण दुईथरी प्रतिक्रिया आन्द्योलनरत पक्षहरुवाट देखिएका छन । वार्ताका लागी प्रधानमन्त्री ओलीले मोर्चालाई सम्बोधन गरे पछि उपेन्द्र यादवले आफुलाई वार्ता पत्र वारेमा कुनै जानकारी नै नभएको प्रतिक्रया दिदै आएका छन । यता तमलोपा र सदभावना भन्ने मोर्चाको बैठक गरेर त्यस वारेमा निर्णयमा पुग्ने बताइरहेका छन । प्रधानमन्त्रीको वार्ता पत्र पश्चात स्वयंम तमलोपा अध्यक्ष ठाकुर आफै मोर्चाको बैठक डाक्ने तयारीमा जुटेका छन । सम्बद्ध स्रोतका अनुसार ठाकुरले मोर्चा सम्बद्ध सवै मधेशी पार्टीहरुका अध्यक्षहरु संग त्यसवारेमा सल्लाह गरेका छन । ठाकुर निकटतम स्रोतका अनुसार उपेन्द्र यादव काठमाडौ वाहिर आफु भएकाले र भोली विहिवार मात्रै काठमाडौ फर्कने वताएका थिए । त्यस पछि ठाकुर पर्सी मोर्चाको बैठक गरौ भन्नेर अन्य अध्यक्षहरु संग सल्लाह मागेका थिए ।

तर पुर्व घोषीत मिती भएको भन्दै गठवन्धन सचिवालयले पर्सी गठवन्धनको बैठक गर्ने तयारीमा जुटेका छन । आन्तरिक मनमुटावको सामना गरीरहेको आन्दोलनकारी नेतृत्वहरु पर्सी पहिला कुन बैठक गर्छन त्यो अहिले सम्म निश्चित छैन । यद्यपी दुवै बैठक एकै दिनमा हुन नसक्ने गठवन्धन पक्षधर एक नेताको दावी छ ।

यता मधेशी मोर्चाको बैठक गर्नु पर्ने र मोर्चालाई सक्रिय गर्नु पर्ने पक्षमा रहेको तमलोपा र सदभावनाले यस प्रति अहिले प्रतिक्रिया जनाउन उपयुक्त नहुने तर्क गरे । वरु तमलोपा अध्यक्ष ठाकुर निकटस्त स्रोतका अनुसार पछिल्लो समयमा आन्दोलनकारीहरु विचमा उत्पन्न मतभेद कसरी अन्तय गर्न सकिन्छ भन्ने वारेमा ठाकुर अनौपचारिक तहमा छलफलहरु गरीरहेको छ ।

No comments:

Post a Comment