Tuesday, May 24, 2016

प्रधानमन्त्रीको वार्ता पत्र प्रति मोर्चाको औपचारिक बैठक बोलाउने तयारी ।


प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मधेशी मोर्चालाई वार्ताको सन्दर्भमा पठाएको पत्र वारेमा मोर्चाको औपचारिक बैठक बोलाउने तयारी भईरहेको नेताहरुले बताएका छन । सोमवार प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई वार्ताको सन्दर्भमा प्रतिउत्तर पत्र लेख्दै वार्तामा आउन आग्रह गरेका थिए । यस अघि नेपाल सरकारको तर्फवाट वार्ता टोली सदस्य पराराष्टमन्त्री कमल थापाले मोर्चालाई वार्ताका लागी पत्र पठाएका थिए । त्यस पत्रको जवाफ मोर्चाले प्रधानमन्त्रीलाई पठाउदै विगतमा भएको वार्ताहरुको सन्दर्भको कुराकानी सहित मोर्चाको मुद्धाहरुको वारेमा आफनो धारणा सार्वजनिक गर्न भनेका थिए । मोर्चाको उक्त प्रतिक्रियाको जवाफमा प्रधानमन्त्रीले जवाफ दिदै लेखेको पत्र प्रति मोर्चा भित्र ठोस प्रतिक्रिया बनिसकेको छैन । यता मोर्चा सम्बद्ध स्रोतका अनुसार केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुर संग गरेको कुराकानीको विपरित आश्यको पत्र लेखे पछि मंगलवारको बैठकमा ठाकुर सहित आन्दोलनरत पक्षहरु सहभागी भएनन ।


मंगलवार प्रधानमन्त्री ओलीले डाकेको सर्वदलिय बैठकमा आन्दोलनरत पक्षहरुको तर्फवाट केहि पनि सहभागी भएका थिएन । प्रधानमन्त्री ओलीले आफु तमलोपा अध्यक्ष ठाकुरकै सल्लाहमा बैठकको समय तोकेको बताएको समाचारहरु वाहिर आएका छन । यद्यपी तमलोपा स्रोतका अनुसार केहि दिन अघि ठाकुर र प्रधानमन्त्री ओली विच भएको अनौपचारिक संवादमा ११ बुदे मागहरुको वारेमा सम्बोधन गर्ने रोडम्याप सहितको पत्र प्रधानमन्त्रीले पठाउने कुरा भएको थियो । तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल भन्छन, प्रधानमन्त्री ओलीको सोमवारको पत्रमा सवै कुरा मिली सकेको र वार्तामा आएर सहयोग गर्न अपिल गरिएको छ । उनी भन्छन, सवै कुरा मिली नै सके पछि वार्तामा बस्नुको औचित्य के होला भनेर हामीले मंगलवारको सर्वदलिय बैठकम गएनौ । यद्यपी लालका अनुसार प्रधानमन्त्रीको पत्रको वारेमा मोर्चाको बैठक बोलाउने छलफल भईरहेको र त्यही वैठकले त्यसवारेमा पुन ठोस धारणा बनाउने छन ।  

अनौपचारिक संवादहरुमा मोर्चाको तर्फवाट सक्रिय रहने नेता सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले पनि मोर्चाको बैठक पश्चात वार्ताको सन्दर्भमा के गर्ने भनेर मात्रै निष्कर्षमा पुग्न सक्ने बताए । मोर्चाको बैठकको वारेमा कुराकनी भईरहेको भन्दै लालले अनौपचारिक तहमा पछिल्लो समयमा खासै कुनै ठोस छलफलहरु नभएको बताए । अवस्था पहिला जस्ताकै छन, कर्ण भन्छन, मुद्धाहरुको सम्बोधनको वारेमा अहिले पनि खासै गम्भिर भएर सरकारी पक्ष आउन चाहेको हामीले पाएका छैनौ ।
 
सोमवार प्रधानमन्त्री ओलीले मोर्चालाई लेखेको पत्र मंगलवार तमलोपा अध्यक्ष ठाकुर समकक्ष आइपुगे पछि उनले अन्य शिर्ष नेताहरु संग छलफल गरीरहेको उनी निकटस्तहरु बताउछन । वाहिर मोर्चा र गठवन्धनको सन्दर्भमा उत्पन्न देखिएको विवादका कारण समेत वार्तामा कसरी बस्ने वारेमा दुविद्धा देखिएको भन्ने कुराहरु सार्वजनिक भईरहेको छ । सम्बद्ध स्रोतका अनुसार मधेशी मोर्चाको बैठक गरेर मोर्चाले नै यस वारेमा गठवन्धन संग समेत छलफल गर्ने कुराकनी भईरहेको छ । एक शिर्ष नेता भन्छन, अप्ठायारा नभएको चाही होईन, वार्ताका लागी मोर्चालाई पत्र आएको छ, अनि अहिले हामी गठवन्धनको व्यानरमा आन्दोलनमा छौ । तर सुरु देखि नै मोर्चा भित्र यसको वारेमा असन्तुष्टिहरु देखिएका थिए ।
 
कतिपय स्रोतका अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रधानमन्त्रीको पत्र मोर्चाको नाउमा आए पछि वढी असन्तुष्टि देखिएका छन । उनी गठवन्धनको संयोजक हुन । जसलाई लिएर मधेशी पार्टीहरुले गठवन्धन भित्र विरोध देखाईरहेका छन ।
 
तमलोपा अध्यक्ष ठाकुर हिजो र आज गरी प्राय सवै शिर्ष नेताहरु संग यस विषयमा अनौपचारिक छलफल गरीरहेको उनी निकटस्त बताउछन । सम्वतह चाडै बस्ने मधेशी मोर्चाको बैठकले यसका लागी ठोस उपाय निकाल्ने कतिपय भित्रियाहरुको बुझाई छ । पछिल्लो केहि दिन यता मोर्चा बैठक डाक्ने अरु प्रयासहरु भए पनि आन्दोलनरत पक्षहरु विचको आन्तरिक कलहका कारण त्यो सम्भह देखिएको छैन ।

No comments:

Post a Comment