Monday, May 23, 2016

आन्तरिक कलहमा आन्दोलनकारीहरु ।


२ जेठमा सिंहदरवार घेराउको आन्दोलनमा जानु अघि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफनो सम्पुर्ण पार्टी पंक्तिमा निर्देशन दिए र भने माइतीघर क्षेत्रमा हाम्रो मानिस त के झण्डा समेत देखिनु भएन । जब कि संघिय गठवन्धनको निर्णयमा भनिएको थियो, सिंहरदरवार घेराउ कार्यक्रममा माइतीघर क्षेत्रवाट फोरम नेपाल, सदभावना पार्टी र लिम्बुवान सहितको आन्दोलनकारी उपस्थित रहने छन । तर गठवन्धनको निर्णय विपरित सदभावना पार्टीले तमलोपा सहित अन्य मधेशी पार्टीहरुको भागमा परेको हनुमानथान चौकमा उपस्थिती भए । मधेशी पार्टीहरुका जानकारका अनुसार सदभावना अध्यक्ष महतोले त्यस्तो निर्देशन र निर्णयमा पुग्नुको एक मात्र कारण थियो गठवन्धनको संयोजक उपेन्द्र यादवको नेतृत्वमा बस्न सकिन्न । केहि दिन अघि तमलोपा र सदभावनाको वहिष्कार माझ भएको गठवन्धन बैठकले फोरम नेपालका अध्यक्ष यादवलाई गठवन्धनको संयोजक बनाएको थियो ।


हाल चर्चामा रहेकोे जारी काठमाडौ केन्द्रित आन्दोलनको यो आन्तरिक फयाक्टरले आन्दोलनकारीहरु विचको आन्तरिक कलह कुन स्तरमा छ भन्ने कुरालाई प्रष्ट पार्छन । वाहिर सार्वजनिक रुपमा शिर्ष तहका नेताहरु नबोले पनि आन्दोलनरत दलहरु विच आन्तरिक कलह र मनमुटाव दिनप्रति दिन यसरी वढदै गईरहेको देखिन्छ कि यसले भोली रुप लेला भन्न सकिन्न । हुन त मधेशी मोर्चाको आन्दोलनको पुष्टभुमि सुरु भए देखि नै दलहरु विच आन्तरिक प्रतिस्पर्धा सतहमै देखियो । संविद्यान जारी हुने प्रक्रिया संगै तराई मधेशमा आन्दोलन सुरु भए लगतै मधेश झरे पछि सदभावनाका अध्यक्ष महतोले तमलोपा अध्यष महन्थ ठाकुर र उपेन्द्र यादवको सार्वजनिक रुपमै आलोचना गरे । पछि मधेशको बौद्धिक जमातमा त्यसको विरोध भए पश्चात महतो सार्वजनिक आलोचना गर्न त छाडे तर पार्टीहरु पार्टी प्रवेशको कार्यक्रम सुरु गरे । जसमा फोरम नेपाल र सदभावनाले  सुरु देखि नै एक अर्का लाई इन्काउटर दिई रहेको देखियो ।


६ महिना लामो मधेश आन्दोलन विना कुनै उपलब्धी सकिए पश्चात काठमाडौका कयौन समिकक्षात्मक कार्यक्रमहरुमा विशलेषक सिके लाल सहितका मधेशी अगुवाहरुले मधेशी नेतृत्वमा देखिएको यो प्रवृतिको चर्को आलोचना गर्दै आइरहेका छन । केहि पहिला काठमाडौमा सदभावना पार्टीले नै आयोजना गरेको समिकक्षात्मक कार्यक्रम लालले महतो सहितको मधेशी शिर्ष नेताहरुको यो प्रवृतिको चर्को आलोचना गर्दै नेतृत्वहरुमा आन्दोलनको कार्यरुप र कार्ययोजना मात्रै बोकेर आन्दोलनमा जान सुझाए । 

पछिल्लो पटक मधेशमा सुरु भएको आन्दोलनको पृष्टभुमि देखि नै नियाल्ने हो भने सधै आन्दोलनकारीहरु कुनै न कुनै प्रकारको आन्तरिक कलह वाट  गुज्रीरहेकै देखिन्छ । आन्दोलन सुरु भए यता आन्दोलनकारिहरु विचमा कहिले काठमाडौ सम्पुर्ण रुपमा परित्याग गर्न वारेमा देखि भारत र चिनको मुद्धा, मोर्चा विस्तार गर्ने कि नगर्ने सम्मको हुदै काठमाडौ केन्द्रित आन्दोलन गर्ने कि मधेश केन्द्रित भन्ने विषयका आन्तरिक कलहहरु सतहमा मात्रै होईन यसले आन्दोलनकारिहरु विचमा किताकाटकै अवस्था सिर्जना भयो । जुन हाल सम्म पनि कुनै न कुनै रुपमा जारी देखिन्छ । 

जानकारहरुको बुझाईमा आन्दोलनकारीहरु विचको आन्तरिक कलह तत्कालै सल्टने भन्दा पनि झन वलियो रुपमा प्रगट हुने सम्भावनाहरु देखिएका छन । त्यसैले यो कलहरुपी आन्तरिक समस्याले आन्दोलनकारीहरु झन पिरोल्ने खतरा छ ।

संविद्यान जारी हुने प्रक्रिया अघि वढे संगै बन्द र हडताल सहित नाका केन्द्रित आन्दोलनमा होमिएको मधेशी मोर्चा अहिले संघिय गठवन्धनको व्यानरमा काठमाडौ केन्द्रित राष्टिय जनआन्दोलन गर्ने भन्दै छन । नयां संविद्यानको कयौन प्रावद्यान प्रति असहमत रहेर आन्दोलनमा होमिएको पक्षको तत्कालै सम्बोधन हुने वातावरण समेत देखिएका छैन । अर्को तर्फ आन्दोलनकारीहरुले जे भने पनि अहिले तत्कालै ठुलो आन्दोलन भन्दा पनि यसरी नै प्रतिकात्मक आन्दोलन चल्ने लगभग निश्चित छ । जव सम्म प्रमुख दलहरु वा सरकारी पक्ष अर्को कदम चाल्ने छैन तव सम्म पुन कडा आन्दोलन उठने छैन । त्यो भनेको प्रष्ट छ कि,  मधेशीहरुको मुद्धालाई विना सम्बोधन गरेर संविद्यान कार्यन्यवनको प्रक्रिया अगाडी वढे त्यसको प्रतिरोधमा आन्दोलन हुने छ या त मधेशीहरुको मुद्धा सम्बोधन विनै सरकारी पक्ष निर्वाचनमा गयो भन्ने त्यो मधेशले स्विकार गर्ने छैनन । यी दई परिस्थितीको वाहेक सम्म अहिले जस्तै प्रतिकात्मक आन्दोलननै हुने लगभग निश्चित छ । तर यस्तो आन्दोलनको महत्व हुदैन भन्ने होईन ।

यसरी हालको वातावरणमा रहेको आन्दोलनकारीहरु विचको यस्तो अवस्थामा तीव्र रुपमा सतहमा देखिने मनमुटावहरु झागिदा यसले शक्ति संजय देखि आन्द्योलनको प्रारुप माथी असर पार्ने लगभग निश्चित छ । मधेशी पार्टीहरु भित्रका कतिपय जानकारहरु त भन्छन त्यो भन्दा पहिला नै यसले कुनै दुर्घटना निमत्याइ दियो भन्ने त्यसलाई आश्चर्य नमान्नु होला ।

No comments:

Post a Comment