Sunday, May 22, 2016

सोमवार संघिय गठवन्धनको सचिवालय बैठक बस्दै ।


काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको संघिय गठवन्धनको सचिवालय बैठक भोली सोमवार विहान बस्दै छ । गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदवार र वालुवाटार घेराउ गरेको गठवन्धनले अहिले उपत्यकाको विभिन्न स्थानहरुमा विरोध प्रर्दशन गर्दै कोणसभाहरु गरिरहेका छन । गठवन्धनका प्रवक्ता परशुराम तमाडका अनुसार सोमवारको सचिवालयले बैठकले काठमाडौ केन्द्रित आन्दा्लनको समिकक्षा गर्ने मुख्य कार्ययोजना छ । तमाड भन्छन, हामीले काठमाडौ केन्द्रित जारी आन्दोलनको समिकक्षा गरेर शिर्ष नेताहरुको बैठकमा पेश गर्ने छौ । भोली गठवन्धनको सचिवालय बैठक सकिए पछि संघिय गठवन्धनको शिर्ष नेताहरुको बैठक डाक्ने छन ।


पछिल्लो समयमा गठवन्धनको व्यानरमा भईरहेको आन्दोलनलाई लिएर आन्दोलनरत पक्षहरु विच नै विभिन्न टिकाटिप्पणीहरु आइरहदा पनि गठवन्धनको जारी आन्दोलनको कार्यक्रममा सवै पक्षको सहभागी निरन्तर देखिएका छन । हिजो आइतवार मात्रै सदभावना अध्यक्ष राजेन्द्र महतोले काठमाडौ केन्द्रित आन्द्योलनलाई थप सश्क्क्त बनाउने वारेमा आन्तरिक छलफलहरु भईरहेको बताएका थिए ।
 
गठवन्धनले आउदो १७ जेठ सम्मका लागी काठमाडौ उपत्यका सहित विरगज र पोखराका लागी विरोध कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन । गठवन्धन आबद्ध रामसपाका प्रवक्ता केशव झाका अनुसार १७ जेठ पश्चात मात्रै गठवन्धनले अगामी कार्यक्रमहरुको वारेमा कुनै निर्णयमा पुग्ने छन । यद्यपी झा भन्छन, भोली देखि गठवन्धनले अहिले सम्मको समिकक्षा र अगामी रणनिती वारेमा छलफलहरु चाही सुरु गर्दै छ ।
 
गएको ६ बैशाखमा मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरु सहित आदीवासी जनजातीहरुले संयुक्त रुपमा संघिय गठवन्धनको घोषणा गर्दै काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । संघिय गठवन्धनको घोषणा लगतै मधेशी पार्टीहरुमा मधेशी मोर्चाको व्यानर आझेलमा पर्न सकिन्छ भन्दै आलोचना हुन थालेका छन । यद्यपी गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलनमा सवै पक्षहरुको उत्साहजनक सहभागीता थियो । मधेशी मोर्चा सम्बद्ध कतिपय पार्टीहरुका नेताहरुले मधेशी मोर्चाको व्यानरमा मधेशमा छुटै आन्दोलनको कार्यक्रमहरुको घोषणा गर्नु पर्ने मागहरु पनि गर्दै आइरहेका छन ।

No comments:

Post a Comment