Wednesday, May 18, 2016

आन्दोलनरत गठवन्धनद्धारा काठमाडौ केन्द्रित थप कार्यक्रम घोषणा ।

वुधवार बसेको गठवन्धनको बैठक
गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको संघिय गठवन्धनले काठमाडौ केन्द्रित थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । वुधवार बसेको गठवन्धनको बैठकले काठमाडौमा थप १० दिने विरोध कार्यक्रम सार्वजनिक गरेका छन भने विरगंज र पोखरामा समेत विरोध प्रर्दशन गर्ने गठवन्धनले निर्णय गरेको छ । पछिल्लो समयमा मधेशी मोर्चा सहितको संघिय गठवन्धनले सिंहरदरवार र वालुवाटार घेराउ गरेका थिए । गठवन्धनको बैठकले काठमाडौ केन्द्रित आन्दोलन सफल रहेको निष्कर्ष निकाल्दै यसलाई थप सशक्क्त बनाउदै लाने समेत निष्कर्ष निकालेको नेताहरुले बताएका छन । गठवन्धनले वुधवार घोषणा गरेको थप विरोध कार्यक्रम अन्र्तगत भोली देखि १५ जेठ सम्मा काठमाडौ उपत्यका विभिन्न स्थानमा विरोध प्रर्दशन हुने छन भन्ने १६ जेठमा विरगंज र १७ जेठमा पोखरामा विरोध प्रर्दशन र सभाहरु हुने छन ।
 
काठमाडौ केन्द्रित आन्दोलन थप सशक्क्त बनाउने नेताहरुको चेतावनी ।

यसैगरी आन्दोलनरत गठवन्धनले वुधवार दिउसो रत्नपार्क स्थित शान्तिवाटिकामा आयोजना गरेको विरोधसभामा बोल्दै नेताहरुले सरकारले अझै आफुहरुको मागलाई वेवास्ता गर्दै अघि वढे काठमाडौ केन्द्रित आन्दोलन थप सशक्क्त बनाउदै लाने चेतावनी दिएका छन । सिहदरवार र वालुवाटार घेराउ सहितको पछिल्लो कार्यक्रम पश्चात गठवन्धनले आज शान्तिवाटिकामा विरोधसभाको आयोजना गरेका थिए । सभालाई गठवन्धनमा आबद्ध ११ ओटा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । शान्तिवाटिकामा विरोधसभा गर्नु अघि गठवन्धनमा आवद्ध विभिन्न पार्टीहरुले जुलुस गर्दै त्याहा पुगेका थिए । सभामा बोल्ने सवै नेताहरुले सिंहरदरवार र वालुवाटा घेराउ आन्दोलन सफल भएको भन्दै गठवन्धनको माग सम्बोधन गर्न ढिलाई नगर्न प्रमुख दलहरुलाइृ आग्रह गरे । आन्दोलनरत पक्षको मागहरु सम्बोधनमा ढिलाई भए आन्दोलनकारीहरु कडा आन्दोलनका साथ सडकमा उत्रने समेत नेताहरुले चेतावनी दिएका छन । सरकारी रवैयाका कारण आफुहरु चाडै काठमाडौ केन्द्रित आन्दोलनलाई थप सश्क्क्त बनाएर सडकमा आउने नेताहरुको दावी थियो । सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहितका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।


No comments:

Post a Comment