Tuesday, May 17, 2016

आन्दोलनरत गठवन्धनद्धारा वालुवाटार घेराउ ।


पछिल्लो एक हप्ता यता काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको संघिय गठवन्धनले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारलाई घेराउ गरेका छन । यस अघि हिजो सोमवार र आइतवार सरकारकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारलाई आन्दोलनकारीहरुले घेराउ गरेका थिए । नयां संविद्यानमा आफनो मुद्धाहरुलाई सम्बोधन नगरेको भन्दै गठवन्धनमा आबद्ध मधेशी मोर्चा सहित अन्य पक्षहरु अघिल्लो बर्ष संविद्यान जारी हुने प्रक्रिया सुरु भए संगै आन्दोलनरत छन । पछिल्लो समयमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरीरहेको भन्दै आन्दोलनकारी पक्षहरु काठमाडौ केन्द्रित आन्दोलन थालेका छन । गएको शनिवार देखि काठमाडौमा विरोध प्रर्दशा सहित सिंहदरवार र वालुवाटार घेराउ गरेका आन्दोलनकारी पक्षले भोली दिउसो रत्नपार्क स्थित शान्तिवाटिकामा विरोधसभा गर्ने जनाएको छ ।


गत बर्षमा प्रमुख दलहरुले नयां संविद्यान जारी गर्नका लागी १६ बुदे सहमती गरे संगै मधेशी मोर्चाले त्यसलाई नमान्ने भन्दै आन्दोलनमा होमिएका थिए । तर प्रमुख दलहरुले त्यसलाई वेवास्ता गर्दै संविद्यान जारी गर्न पुगे । त्यही सेरोफोरोमा गएको साउन अन्तिम हप्ता देखि गएको माघ अन्तिम हप्ता सम्म तराई मधेशका जिल्लाहरु ६ महिना सम्म बन्द सहितको आन्दोलनमा थियो । माघको अन्तिम हप्ता बन्द र नाका केन्द्रित आन्दोलनको स्वरुप परिर्वतन गरे पश्चात मधेशी मोर्चाले समान्य विरोध प्रर्दशन गर्दै आइरहेका थिए । तर सरकारी पक्ष संगको वार्ता प्रक्रिया ठोस रुपमा अघि वढन सके पछि आन्दोलनरत मधेशी मोर्चा गएको बैशाख पहिलो हप्ता आदीवासी जनजातीहरु संग वृहत रुपमा संघिय गठवन्धन बनाउदै काठमाडौ केन्द्रित आन्दोलन थालेका थिए ।
 
काठमाडौ केन्द्रित पछिल्लो आन्दोलनवाट हौसिएको देखिएका मधेशी नेताहरु पुन काठमाडौ केन्द्रित आन्दोलनलाई नै थप सशक्त कसरी बनाउने वारेमा आन्तरिक तयारीहरु थालेको छ ।

No comments:

Post a Comment