Monday, May 16, 2016

सिंहदरवार घेराउवाट उत्साहित देखिएका गठवन्धनले १ लाख आन्दोलनकारी काठमाडौमा उतार्ने रणनिती बनाउदै ।

मंगलवार वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास घेराउ गर्ने र वुधवार शान्तिवाटिकामा विरोधसभा हुने ।

सोमवार सिंहदरवार क्षेत्रमा नाचगान गर्दै आन्दोलनकारी
गएको दुई दिन देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदरवार घेराउ गर्दै आएको आन्दोलनरत गठवन्धनले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास वालुटारलाई घेराउ गर्ने निर्णय गरेको छ । त्यस पछि वुधवार दिउसो गठवन्धनले रत्नपार्क स्थित शान्तिवाटिकामा विशाल विरोधसभा गर्ने निर्णय पनि गरेको छ । त्यही विरोधसभावाट अगामी थप आन्दोलनका कार्यक्रमहरु आन्दोलनकारी शिर्ष नेताहरुले घोषणा गर्ने छन ।  यस अघि आइतवार वेलुकी गठवन्धनले मंगलवार सम्म सिंहदरवार नै घेराउ गर्ने निर्णय गरेको थियो । आफनो निर्णय सच्याउदै दुई दिनको सिंहरदरवार घेराउ गरेर मंगलवार वालुटार स्थित प्रधानमन्त्री निवास घेराउ गर्ने गठवन्धनमा आबद्ध रामसपाका प्रवक्ता केशव झाले बताए । उनका अनुसार मंगलवार विहान १० वजे देखि वालुवाटारमा घेराउ कार्यक्रम हुने छन । यस अघि आइतवार जस्तै सोमवार पनि आन्दोलनकारीहरुले सिंहदरवार घेराउ गरेका थिए । आइतवारको अपेक्षमा कम संख्यामा देखिएका आन्दोलनकारीहरु सोमवार पनि सिंहदरवारको माइतीघर क्षेत्र देखि अनामनगरको हनुमानथान चौक सम्म प्रर्दशन गरेका थिए । आइतवार जस्तै माइतीघर क्षेत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा धर्ना भएको थियो भने हनुमान चौक क्षेत्रमा अन्य मधेशी पार्टीहरुको नेतृत्वमा धर्ना कार्यक्रम भएको थियो । विहान साढे ९ वजे देखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरु दिनभरी नारा जुलुस सहित विभिन्न सांगितिक कार्यक्रमहरु समेत गरेर सिंहदरवार क्षेत्रलाई पुर्ण रुपमा प्रभावित पारेका थिए ।

यसरी बन्दै छ आन्दोलनको नयां रणनिती ।



सिंहदरवार घेराउवाट उत्साहित नेताहरुमा आन्तरिक छलफलमा
आन्तरिक रुपमा तीव्र मतभेद देखिए पनि सिंहदरवार घेराउवाट आन्दोलनरत सवै पक्ष उत्साहित देखिएका छन । आइतवार र सोमवार गरी दुई दिन सिंहरदरवार घेराउ गरेको र भोली मंगलवार वालुवाटार घेराउ गर्न लागेको गठवन्धनको आन्तरिक निष्कर्ष छ, हामीले व्यवस्थापन गर्न सक्यौ भने काठमाडौ केन्द्रित आन्दोलन असम्भव छैन । यस अघि आन्दोलनरत पक्षहरुमा काठमाडौमा आन्दोलन हुनै नसक्ने मनोविज्ञान देखिन्थ्यो । त्यसकै कारणले होला सिंहदरवार घेराउको यो आन्दोलनमा उनीहरुको तयारी पक्ष अत्यन्तै फितलो देखियो ।

यती सम्म कि आइतवार पहिलो दिनमै आन्दोलनरत गठवन्धनले बास र खानाको उचित व्यवस्थान नगर्दा झण्डै १५ सय भन्दा वढी आन्दोलनकारी निराश भएर वेलुकि नै फर्केका थिए । यो आन्दोलनमा काठमाडौ बाहिर वाट आएका सवै प्रर्दशनकारीहरुले आफनो व्यवस्थापन स्वयंम आफैले गरेका छन । गठवन्धन सम्बद्ध स्रोतका अनुसार आइतवारको सिंहरदरवार घेराउ पश्चात लागातार आइतवार र सोमवार बसेको आन्दोलनरत पक्षहरुले काठमाडौ केन्द्रित आन्दोलनको समिकक्षा गरेका छन ।

एक शिर्ष नेताका अनुसार वुधवार गठवन्धनले शान्तिवाटिकामा विरोधसभा गरेर त्यसको दुइ वा तीत हप्ताका लागी समान्य धर्ना जुलस लगायतका कार्यक्रम घोषणा गर्ने छन । तर त्यही दिन पुन सिंहदरवार घेराउ गर्ने लगायतका वारेमा नेताहरुले वोल्ने छ ।

विना कुनै व्यवस्थापनको यस पटकको सिंहदरवार घेराउले सम्रगमा आन्दोलनकारीहरु आन्तरिक रुपमा हौसिएका छन । भोली मंगलवार आन्दोलनरत पक्षका एक शिर्ष नेता महन्थ ठाकुर दिल्लीवाट फर्कदै छन । स्रोत भन्छन, त्यस पछि आन्दोलनरत पक्षले ठोस निष्कर्ष निकाल्ने छन ।

सम्बद्ध स्रोत भन्छन, त्यस पछि एउटा अर्को मिती तय गरेर सवै मधेशी पार्टीहरुले सक्रिय रुपमा लागेको खण्डमा १ लाख  भन्दा वढी मधेशीहरु नै काठमाडौमा उतार्न सकिने अवस्था छ । यस पटक समान्य रुपमा नेताहरुले प्रचार गरेकै भरमा हरेक जिल्लाहरुवाट मानिसहरु आफै आउन तम्तयार मात्रै देखिएनन, नेताहरु माथी कतिपय अवस्थामा दबाब नै सिर्जना भयो । तर नेताहरुको आन्तरिक कमजोर मनोज्ञिानका कारण उनीहरु जिखिम मोल्न तयार भएनन ।

एक नेताका अनुसार अबको केहि हप्ता खासगरी मधेशी मोर्चा सम्बद्ध पार्टीहरुले काठमाडौमा १ लाख मधेशीहरु उतार्ने गरीको व्यवस्थापनको वारेमा गृहकार्य हुने छन । आइतवारको सिंहदरवार घेराउवाट उत्साहित देखिएका सबै मधेशी शिर्ष नेताहरु विच अनौपचारिक रुपमा यो छलफल सोमवार विहान भएको एक शिर्ष नेताको दावी छ । भन्छन, ठाकुरजी आए पश्चात हामी वृहत छलफल गरेर यसका लागी नया रणनिती बनाउने मुडमा सवै छौ । त्यस विचको अवद्यीका लागी वुधवार शान्तिवाटिकावाट धर्ना, जुलुस सहितका केहि कार्यक्रमहरु घोषणा हुने छन ।

No comments:

Post a Comment