Sunday, May 15, 2016

आन्दोलनरत गठवन्धनद्धारा सिंहदरवार घेराउ ।


नयां संविद्यानको विरुद्धमा आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आइतवार देखि सिंहदरवार घेराउ गर्ने गरी आन्दोलन थालेका छन । त्यही क्रममा आइतवार विहानै देखि आन्दोलतकारीहरुले सिंहदरवारलाई लक्षित गरेर माइतीघर क्षेत्र देखि अनामनगरको हनुमानथान एरीया सम्ममा वृहत प्रर्दशन गरेका छन । मधेशी मोर्चामा आबद्ध ७ ओटा मधेशी पार्टीहरु सहित २९ ओटा विभिन्न आदीवासी जनजातीहरुको संगठन संघिय गठवन्धनले विभिन्न समुह बनाएर प्रर्दशन गरेका थिए ।


नयां संविद्यानमा मधेशी तथा आदीवासी जनजातीहरुको मुद्धलाई उपेक्षा गरेको भन्दै मधेशी मोर्चा गएको दश महिना देखि आन्दोलनमा छन । गएको माघ अन्तिम हप्ता ६ महिना लामो मधेश बन्द तथा नाका केन्द्रित आन्दोलन फिर्ता लिए संगै आन्दोलनकारीहरुले काठमाडौ केन्द्रित आन्दोलन गर्ने जनाएका थिए । त्यही अनुरुप गएको बैशाख पहिला हप्ता मधेशी मोर्चा सहितको संघिय गठवन्धनको निर्माण हुदै काठमाडौ केन्द्रित आन्दोलनको घोषणा गरेका थिए ।


सरकारी पक्षले आन्दोलनको मुद्धालाई सम्बोधन गर्न आलटाल गरेको भन्दै आन्दोलनकारीहरुले काठमाडौ केन्द्रित आन्दोलनले सरकारी पक्ष माथी दबाब सिर्जना गर्ने वताएका छन । मधेशी मोर्चाले आफनो आन्दोलनको क्रममा ११ बुदे माग अघि सारेका थिए भने हालै संघिय गठवन्धनले सरकारलाई २६ बुदे माग ज्ञापन पत्र बुझाएका थिए । मुख्य गरी समानुपातिक प्रतिनिधित्वको साथै संघियताको सिमाकंन प्रति आन्दोलनकारी घटकहरुको जोड वढी देखिन्छ ।

आन्दोलनकारीहरु घटकहरुले पहिचानको आधारमा संघियता हुनु पर्ने र त्यस अनरुप तराइ मधेशमा दुई प्रदेश हुनु पर्ने माग गर्दै आएका छन । प्रमुख दलहरुले गत बर्ष नयां संविद्यान जारी गर्दा २ नम्बर प्रदेश वाहेकका अन्य तराइ मधेशका जिल्लालाई पहाड संग गासेका थिए । मधेशी पार्टीहरुले तराइ मधेशका भुभागलाई पहाड संग गास्न नहुनु माग गर्दै आएका छन ।

नयां संविद्यान जारीको प्रक्रिया देखि नै वहिष्कार गर्दै आएको आन्दोलनरत शिर्ष नेताहरु पछिल्लो समयमा संविद्यान पुर्न लेखनको मुद्धालाई उठाउन थालेका छन । सुरुमा संविद्यान संशोधनको पक्षमा देखिएका आन्दोलनकारीहरु आन्दोलन लम्बिए संग पुर्नलेखनको कुरा गर्न थालेका छन ।

काठमाडौ केन्द्रित आन्दोलनको क्रममा हिजो काठमाडौमा विरोध जुलुस निकालेका गठवन्धनले आज र भोलीको साथै  पर्सी पनि सिंहदरवार घेराउ गर्ने जनाएका छन । त्यस पछिको वारेमा गठवन्धनको सोमवार बस्ने बैठकले निर्णय लिने नेताहरुले बताएका छन । 

No comments:

Post a Comment