Saturday, May 14, 2016

आन्दोलनरत गठवन्धनद्धारा काठमाडौमा विरोध प्रर्दशन ।


नयां संविद्यानको विरुद्धमा आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघिय गठवन्धनले शनिवार काठमाडौमा विरोध प्रर्दशन गरेका छन । गठवन्धनले शनिवार दिउसो रत्नपार्कवाट विरोध जुलुस निकालेका थिए । विरोध जुलुस विभिन्न भागको परिक्रममा गर्दै ठमेल एरीयामा गएर सभामा परिणत भएको थियो ।

आज देखि काठमाडौ केन्द्रित आन्दोलन सुरु भएको जनाएको गठवन्धनले भोली देखि सिंहदरवार घेराउ कार्यक्रम गर्ने भएका छन । पछिल्लो समयमा काठमाडौ केन्द्रित आन्दोलन गर्ने उदघोष गरेको मधेशी मोर्चा सहितको संघिय गठवन्धनले सिंहदरवार घेराउ सहितको काठमाडौ केन्द्रित आन्दोलनले मधेशी, जनजातीहरुको आन्दोलनलाई राष्टिय संयुक्त जनआन्दोलन नाम दिएका छन ।


गठवन्धनले आजको काठमाडौमा गरिएको विरोध जुलसलाई भोली देखि हुने भनिएको सिंहदरवार केन्द्रित आन्दोलनको प्रचारात्मक कार्यक्रम भनेका छन । भोली विहान ९ वजे देखि सिहदरवारको मुख्य दुई ओटा नाकालाई गठवन्धनले अवरुद्ध पार्ने योजना बनाएका छन । एउटा अनामनगरको हनुमानथान चौक देखि प्रर्दशन हुने छन भने अर्को माइतीघर मण्डला वाट । दुवै तर्फको विरोध जुलसलाई प्रहरीले जाहा निर रोक्ने छन, आन्दोलनकारीहरु त्यही धर्नामा बस्ने योजना गठवन्धनको छ । यद्यपी आन्दोलनकारी सिंहदरवारको ढोका सम्म पुग्ने प्रयास गर्ने गठवन्धनले बताएको छ ।

No comments:

Post a Comment