Friday, May 13, 2016

संघिय गठबन्धनद्धारा काठमाडौ केन्द्रित आन्दोलनको कार्यक्रम सार्वजनिक ।


भोली १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको मधेशी मोर्चा सहितको संघिय गठबन्धनले आन्दोलनको कार्यक्रमहरु शुक्रवार सार्वजनिक गरेका छन ।  शुक्रवार दिउसो गठवन्धनका तर्फवाट शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको आन्दोलनको कार्यक्रम अनुसार भोली १ जेठमा गठवन्धनले काठमाडौमा विरोध प्रर्दशन गर्नुको साथै पर्सी देखि २ र ३ गते सिंहदरवार घेराउ गर्ने कार्यक्रम छ । सवै पक्षको सहभागीतामा संयुक्त राष्यि आन्दोलन नाम दिइएको काठमाडौ केन्द्रित संघिय गठवन्धनको आन्दोलनमा मधेशी मोर्चामा आबद्ध सात ओटा पार्टीहरु सहित २९ ओटा विभिन्न आदीवासी जनजाती पार्टीहरु र संगठनहरु सामेल छन । 


घोषीत आन्दोलनको कार्यक्रम अनुसार भोली शनिवार गठवन्धनले दिउसो ३ वजे रत्नपार्क वाट विरोध जुलुस निकाल्दै विभिन्न भागको परिक्रमा गरेर ठमेलमा गएर कोण सभाको आयोजना गर्ने छ । त्यसै गरी पर्सी २ जेठ देखि विहान साढे ९ वजे देखि नै सिहदरवार पस्ने विभिन्न गेटहरुलाई केन्द्रित गरेर गठवन्धनले धर्ना दिने तयारी गरेको छ ।
 
गएको असोजमा संविद्यानसभाले जारी गरेको नयां संविद्यान प्रति असन्तुष्टि राख्दै तराई मधेशमा मधेशी मोर्चाले गरेको आन्दोलनलाई नै काठमाडौ सम्म फैलाउने गरी मोर्चा र आदीवासी जनजातीहरुले संयुक्त रुपमा आन्दोलन गर्न लागेको छ । संघिय गठवन्धनको वारेमा मधेशी मोर्चा भित्र असन्तुष्टि रहे पनि शुक्रवार सबै मधेशी शिर्ष नेताहरु पत्रकार सम्मेलनमा सहभागी भएर भोली देखि हुन लागेको काठमाडौ केन्द्रित आन्दोलनको वारेमा बोलेका थिए ।
 
शुक्रवार पत्रकार सम्मेलनमा गठवन्धनको तर्फवाट जारी गरिएको प्रेस विज्ञिप्तमा काठमाडौ केन्द्रित आन्दोलनमा सरकारले वल प्रयोग गरे गृहयुद्धको अवस्था निम्तन सक्ने चेतावनी दिइएको छ । गठवन्धनको तर्फवाट संयोजक भनिएर फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको उक्त विज्ञिप्तमा विगतमा मधेशी आदीवासी, जनजातीहरु संग भएको सम्झौताको कार्यन्वयन गर्न माग गर्नुको साथै जारी गरिएको नयां नयां संविद्यानलाई प्रतिगामी भनिएको छ ।
 
गएको ६ बैशाखमै संघिय गठवन्धनको व्यानरमा नेताहरुले काठमाडौमा बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर अवको आन्दोलन काठमाडौ केन्द्रित हुने घोषणा गरेका थिए ।
 
गठवन्धनले गर्ने सिंहरदरवार घराउ कार्यक्रम प्रति चौतर्फी चासोहरु देखिएका छन । गठवन्धन स्रोतका अनुसार आन्दोलनकारीहरुले सिंहदरवारको चार ओटै ढोकाहरु प्रभावित हुनेगरी प्रर्दशनको आन्तरिक तयारी गरीरहेको छ । यद्यपी केहि दिन यता गठवन्धनको उक्त आन्दोलनको कार्यक्रमलाई लक्षित गरेर सुरक्षा वल त्यस क्षेत्रमा व्यापक परिचालन गर्नुको साथै सुरक्षा अधिकारीहरुले आन्दोलन निस्तेज पार्न विभिन्न रणनितीहरु बनाईरहेको समाचारहरु आइरहेका छन । गठवन्धनका नेताहरुले यसले मुडभेठ निम्तन सक्ने समेत बताएका छन । राष्यि मानव अधिकार आयोगले शुक्रवार एक प्रेस विज्ञिप्त निकाल्दै सवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलनको अनुगमन गर्ने जनाएको छ ।

No comments:

Post a Comment