Wednesday, May 11, 2016

महन्थ ठाकुरको दिल्ली यात्रा लम्बियो ।


गएको एक हप्ता देखि दल्लीमा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरको बसाई लम्बिएको छ । गएको विहिवार आफनो नियमित स्वास्थ्य उपचारको लागी दिल्ली गएका ठाकुर आज फर्कने बताएका थिए । तर आज ठाकुर नफर्केको उनका सहयोगी सतेन्द्र मिश्राले बताए । ठाकुर अवको दुई वा तीन पछि मात्रै दिल्ली वाट फर्कने भएको छ । मिश्राका अनुसार अहिले कुनै निश्चित नभए पनि तीन दिन पछि ठाकुर फर्कने छन । यद्यपी तमलोपाका एक शिर्ष नेताका अनुसार पर्सी शुक्रवार अन्तिम विमानवाट ठाकुर काठमाडौ फर्कने योजना छ ।


आफनो नियमित उपचारको लागी दिल्ली गएको बताएको ठाकुर पार्टीको आउदो असार पहिलो हप्ता हुन लागेको महाधिवेशनको निम्तो समेत आफैले भारतीय नेताहरुलाई त्याहा दिएका छन ।
 
काठमाडौमा अघिल्लो हप्ताको वुधवार एकाएक सरकार परिर्वतन सम्बन्धी घटेको राजनितीक घटनाक्रमको भोली पल्ट ठाकुर दिल्ली गएको थियो । सरकार परिर्वतनमा काग्रेसको असफल प्रयासमा दिल्लीको भुमिकालाई लिएर चौतर्फी विभिन्न टिकाटिप्पणी मात्रै होइन कि सरकार र भारत विच एक चोटी पुन सम्बन्धमा ठकराव उत्पन्न भएको अवस्थामा ठाकुर दिल्ली उडेका थिए । नेपाल सरकारले सता परिर्वतनको खेलमा भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय समेत सामेल रहेको भन्दै उनलाई फिर्ता बोलाउने निर्णय समेत यही विचमा भएको छ ।
 
ठाकुरको दिल्ली यात्रालाई लिएर तमलोपाका नेताहरुले पार्टीको महाधिवेशनको निम्तो वाडने र नियमित उपचार संग मात्र जोडन आग्रह गरिरहदा कतिपय भित्रियाहरुका अनुसार ठाकुर दिल्लीमा त्यसवाहेक केहि महत्वपुर्ण भेटघाट र छलफलहरुमा समेत सहभागी भईरहेका छन ।
 
पछिल्लो समयमा सरकार मन्त्रीले  खुल्ला रुपमै सता परिर्वतनको खेल संग जोडेर दिल्लीको आलोचना गरिरहदा दिल्लीले अव कस्तो प्रतिक्रिया जनाउलान र कस्तो रणनिती अख्तीयार गर्लान भनेर राजनितीक देखि कुटनितीक क्षेत्र सम्मका लागी अत्यद्यिक चासोको विषय बन्न पुगेको छ ।

No comments:

Post a Comment