Monday, May 9, 2016

सरकारी वार्ता पत्रको जवाफ दिने तयारीमा मधेशी मोर्चा ।


सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताका लागी पठाएको पत्रको जवाफ कसरी दिने वारेमा छलफल गर्न मधेशी मोर्चाको बैठक डाक्ने तयारी भईरहेको छ । नेपाल सरकारको तर्फवाट वार्ता टोलीको संयोजक रहेका परराष्टमन्त्री कमल थापाले आइतवार मोर्चालाई लेखेको पत्र सोमवार मोर्चाको घटक तराई मधेश लोकतान्त्रिक पार्टी कार्यलयमा आइपुगेको छ । तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालका अनुसार सोमवार तमलोपा पार्टी कार्यलयमा आइपुगेको सरकारी वार्ता पत्र वारेमा भोली मोर्चाका अन्य सवै घटकलाई जानकारी गराइने तयारी छ । भोली मोर्चाको सात ओटै दलहरुलाई उक्त पत्रवारेमा जानकारी गराउदै त्यसको जवाफ दिनका लागी मोर्चाको बैठक डाक्ने समय र मिती समेत तय हुने लालले बताए । 


पछिल्लो समयमा मोर्चाले पुन आन्दोलनको घोषणा गरिरहदा सरकारले पत्र वार्ताको लागी पत्र पठाएको छ । यद्यपी मोर्चा सम्बद्ध नेताहरुले अनौपचारिक रुपमा पत्रको व्योहोरो प्रति सन्तुष्ट देखिएका छैन । सदभावना सहअधयक्ष लक्ष्मण लाल कर्ण भन्छन, अहिले ठयाक्कै यो वा त्यो त भन्न सकिन्न, किनकी अहिले सम्म सवैको हाथमा त्यो पत्र नै परेको छैन, तर मलाई लाग्दैन त्यसले कुनै साकारातमक माहौला सिर्जना गर्छ  । यद्यपी कर्णका अनुसार मोर्चाको बैठक पश्चात मात्रै यस वारेमा केहि भन्न सकिने अवस्था हुन्छ ।

सोमवार तमलोपा पार्टी कार्यलयमा सरकारको वार्ता पत्र आए पश्चात तमलोपाका नेताहरु विच अनौपचारिक रुपमा त्यस पत्रको व्योहोरा प्रति छलफलहरु भए पनि अन्य घटकहरु संग कुराकानी गरेर मात्रै ठोस धारणा बनाउने नेताहरुले बताए । तमलोपाका अध्यक्ष महन्थ ठाकुर हाल दिल्लीमा छ । उनलाई समेत आज उक्त पत्रवारेमा जानकारी गराइएको नेताहरुले बताए । तमलोपाका एक शिर्ष नेताका अनुसार कमल थापा नेतृत्वको सरकारी वार्ता टोली र मोर्चाको वार्ता टोलीले माघको पहिलो हप्ता सहमतीको खाका नै निर्माण गरीसकेको अवस्थामा प्रधान्मन्त्री स्वयंमले यो वर्ता टोलीको कुरा आफुले नमान्ने बताएका थिए । त्यस पछि वाटौ टोलीको स्तरमा बनाएइको सहमतीय खाका त्यतीकै खेर गएको थियो । ती शिषै नेता भन्छन, यस्तो परिस्थितीमा त्यही वार्ता टोली सग पुन वार्ता गर्नु कतिको औचित्य होला भन्ने प्रश्न मोर्चाले उठाउन सक्छ ।

दोस्रो कुरामा सरकारी वार्ता पत्रमा उल्लेख गरिएको संविद्यान संशोधन मधेश आन्दोलनको भावना अनुरुप भन्ने वाक्यांश प्रति मोर्चाको आपति रहेको तमलोपा नेताको भनाई छ । उनी भन्छन, सविद्यानमा गरिएको संशोधन हाम्रो सहमतीमा गरिएको छैन, त्यसैले यही वार्ता पत्रको आधारमा मोर्चा र सरकार विच पुन वार्ता भइहाल्छ भन्न गाहे छ । यद्यपी सरकारीले माघको पहिलो हप्ता दुवै वार्ता टोलीले बनाएको सहमती खाकालाई आधार बनाएर अघि वढने प्रतिवद्धता पुन जनाए वार्ताको आधार बन्न सक्ने सम्भावनाको निर्माण हुन सक्ने नेताहरु बताउछन । तर वार्ता टोली स्तरमा भएको उक्त प्रयासलाई प्रधानमन्त्री स्वयंमले शिर्ष बैठकमा इन्कार गरेको थियो । त्यस लगतै वातर्ता टोली स्तरमा वार्ता नगर्ने मधेशी मोर्चाले सार्वजनिक घोषणा नै गरेको थियो । त्यसका दुई हप्ता पश्चात काग्रेस सहितको सर्व दलीय बैठकले पुन वार्ता सुचारु गर्नका लागी शिर्ष तहमै छलफलहरु गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओली त्याहा पनि अनुपस्थिती हुदा वार्ता प्रक्रिया अघि वढन सकेन । पछिल्लो समयमा सता गठवन्धनमै संकट उत्पन्न हुन सक्ने खतराहरु सार्वजनिक हुन थाले पछि मोर्चालाई वार्ताको पत्र काटिएको मोर्चाको कतिपय भित्रियाहरु बताउछन । 

No comments:

Post a Comment