Sunday, May 8, 2016

सरकारद्धारा मोर्चालाई वार्तामा आउन पत्राचार । मोर्चाद्धारा सरकारको निती कार्यक्रम वहिष्कार ।


नेपाल सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा आउन आइतवार पत्राचार गरेको छ । वर्तमान सरकारको वार्ता टोली संयोजक पररराष्टमन्त्री कमल थापाले संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाको नाममा पत्र पठाउदै वार्ता मार्फत तराई मधेशमा जारी आन्दोलनको वारेमा कुरा गर्न आब्हान गरेको छ । यस अघि पटक पटकको वार्तामा सरकारी पक्ष उदासिनता देखाएको भन्दै आन्दोलनरत मोर्चाले आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदरवार घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको मोर्चाले भने नयां संविद्यानमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, अन्तरिम संविद्यानको व्यवस्था अनुसार नागरिकताको प्रावधान, समानुपातिक समावेशीता सहित संघियताको सन्दर्भमा तराई मधेशमा दुई प्रदेश हुनु पर्ने लगायतका मागहरु अघि सारेर आन्दोलन गर्दै आइरहेका छन । आन्दोलनको क्रममा यी मागहरु समेटेर सरकार समकक्ष ११ बुदे आफनो लिसखत माग प्रस्तुत गरेका छन । तर आन्दोलन सुरु भए यता तीन दर्जन भन्दा वढी पटक वार्तामा बसे पनि मोर्चा र सरकारी पक्ष विच कुराकानी मिल्न सकेको थिएन । पछिल्लो कयौ महिना देखि मोर्चा र सरकार विच संवादहिनताको अवस्थाको सिर्जना भएको थियो । आन्दोलनरत मोर्चा संग सरकारले वार्ता नगर्दा अन्तराष्टिय समुदायले समेत सरकारी पक्षको आलोचना गर्दै आइरहेका छन । यस परिस्थितीमा सरकारी पक्षले आइतवार मोर्चालाइृ वार्तामा आउन पत्राचार गरेका हुन । मोर्चालाई पठाइएको वार्ता पत्रमा यस अघि सरकारले गरेको संविद्यान संशोधनको कुरा उल्लेख गर्दै प्रदेशको सिमाकंन सहितको मुद्धामा आन्दोलनरत पक्ष संग सरकार वार्ता गर्न साकारात्मक रहेको भन्दै वार्तामा बस्न मोर्चालाई आग्रह गरिएको छ ।
 
मोर्चाद्धारा सरकारको निती कार्यक्रम बहिष्कार ।

सरकारी पक्षले वार्तामा आउन पत्राचार गरेकै दिन संदनमा आइतवार नेपाल सरकारको प्रस्तुत गरिएको निती कार्यक्रमलाई भन्ने आन्दोलनरत मधेशी मोर्चाले वहिष्कार गरेका छन । मोर्चाले आइतवार एक विज्ञिप्त निकाल्दै सरकारले मधेशी मोर्चाको मागलाई वेवास्ता गरेको, आन्दोलनको क्रममा भएको घटनालाई निहू वनाएर आम मधेशी नागरिक माथी प्रतिसोधको भावनाले मुद्धाहरु लगाउने क्रम नरोकेको, आन्दोलनको क्रममामा धाइते भएकाहरुको उचित उपचार खर्च नदिएको साथै नेपाल सरकारको निती कार्यक्रममा मधेशी, थारु, जनजाती , मुस्लीम सहितको सिमान्तकृत समुदायको एजेन्डा प्राथमिकतामा नपरेको भन्दै सरकारको निती कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । मोर्चाको तर्फवाट फोरम नेपालका नेता अशोक राई, तमलोपाका सवेन्द्र नाथ सुक्ला, सदभावनाको लक्ष्मणलाल कर्ण सहितका नेताहरुले संयुक्त रुपमा विज्ञिप्त निकाल्दै सरकार द्धारा प्रस्तुत गरिएको निती कार्यक्रम वहिष्कार गरिएको जनाइएको छ ।

पछिल्दो समयमा सुरु भएको संसदको अधिवेशनमा समेत मोर्चा सम्बद्ध साल दलले मधेश आन्दोलनलाई वेवास्ता गरेको भन्दै संसद बैठक वहिष्कार गर्दै आइरहेका थिए । अवस्था यस्तै रह्यो भन्ने हामीले सरकारको वजेट समेत बहिष्कार गर्ने छौ,  सदभावना नेता लक्ष्मण लाल कर्ण भन्छन, सरकारी रवैया प्रति हामी सदनमा समेत आन्दोलनमा छौ ।

No comments:

Post a Comment