Saturday, May 7, 2016

मधेशी मोर्चालाई पुन सक्रिय बनाउने तयारी ।

पछिल्लो समयमा संघिय गठवन्धनको व्यानर प्रति असन्तुष्टि देखिरहदा आन्दोलनरत मधेशी केहि घटकहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पुन सक्रिय गराउने आन्तरिक तयारी गरीरहेको नेताहरुले बताएका छन । पछिल्लो चरणमा मधेशी मोर्चा सहित आदीवासी जनजातीहरुको संयुक्त गठवन्धनको रुपमा संघिय गठवन्धन बनाएर आन्दोलनको घोषणा गरिएको थियो । यही गठवन्धनको व्यानरमा आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको पनि घोषणा गरिएको छ । तर गठवन्धन प्रति दिन प्रति दिन चुलिदै गएको असन्तुष्टिका कारण मधेशी मोर्चालाई नै सक्रिय पार्न लागीएको नेताहरुले बताएका छन । सैद्धान्तिक रुपमा हामी आदीवासी जनजाती सहित सवै सिमान्तकृत समुदायलाई समेटेर नै अघि वढने नितीमा छौ, तर संघिय गठवन्धनको नाममा फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले एकलौटि रुपमा अघि वढन खोजेको असन्तुष्ट पक्षहरुको आरोप छ । त्यही भएर होला पछिल्लो समयमा गएको विहिवार र शुक्रवार बसेको गठवन्धनको बैठकमा तमलोपा र सदभावना पार्टीले आफनो अनुपस्थ्तिी देखाएर आफनो असन्तुष्टि पोखेका छन ।

असन्तुष्ट मधेशी पार्टीहरु सम्बद्ध स्रोतका अनुसार २ जेठ लगतै मधेशी मोर्चाको बैठक डाक्ने आन्तरिक तयारी थालिएको छ । २ जेठ सम्म हामी चुप नै लाग्ने छौ, असन्तुष्ट मध्येका एक नेताले भने, आउदो हप्तामा तमलोपा अध्यक्ष महन्थ ठाकुरको समय समेत नमिल्ने एउटा कारण छ, त्यस लगतै हामी मोर्चाको बैठक डाक्ने कुराकानी भईरहेको छ । तमलोपा अध्यक्ष ठाकुर हाल दिल्लीमा छन । उनी आउदो वुधवार फर्किए लगतै विहिवार पार्टीको कार्यक्रमका कारण विरगंज जानु पर्ने छ, स्रोत भन्छन, त्यस पछि १ जेठ नै आइहाल्छ, त्यही भएर २ जेठ पश्चात जतिवेला पनि बैठक बस्न सक्ने सम्भावना वारेमा विभिन्न पक्षहरु संग छलफल चलीरहेको सम्बद्ध स्रोतको दावी छ ।

हिजो शुक्रवार मात्रै उपेन्द्र यादवको नेतृत्वमा बसेको संघिय गठवन्धनको बैठकले १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन सफल बनाउनका लागी विभिन्न १० ओटा उपसमितीहरु गठन गरेका थिए । तर बैठकमा सहभागी नभएका पक्षहरुको बुझाई गठवन्धनको व्यानरमा हुने भनिएको काठमाडौ केन्द्रित आन्दोलन सफल हुने छाटकाट छैन । एक प्रभावशाली मधेशी नेताका अनुसार संघिय गठवन्धनको नाममा सुरु देखि नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देखाएको व्यहवारका कारण अन्य कुनै पनि मधेशी घटकहरुले यस सन्दर्भमा कुनै तयारी गर्न रुचाएका छैन । ती नेताले भने, तमलोपाले महाधिवेशनकै नाममा पन्छिने सम्भावना छ, राजेन्द्र महतोको यादव संगको व्यक्तिगत टकरावकै कारण उनी पन्छिने छन अरुको तयारीले खासै अर्थ नै राख्ने छैनन । आन्दोलनरत पक्षहरुमा मुख्यगरी फोरम नेपाल, सदभावना र तमलोपाको तयारीले महत्व राख्ने गर्छन । फोरम नेपालको एक्लै तयारीले खासै महत्व नराख्ने बुझाई ती नेतामा थियो । 
गठवन्धनको अवधारण प्रति असन्तुष्ट भनिएका नेताहरु माझ पनि २ जेठ सम्म सार्वजनिक रुपमा संघिय गठवन्धनको वारेमा कुनै नाकारात्मक टिप्पणी नगर्ने समझदारी बनीसकेको सम्बद्ध नेताहरु बताउछन । सम्बद्ध स्रोत भन्छन, २ जेठ पश्चात हामी मधेशी मोर्चाको बैठक डाकेर पछिल्लो सवै परिस्थितीका्े वारेमा मुल्याकन गर्ने छौ, त्यस पछि त्यही व्यानरमा अगामी कार्यदिशा बन्ने छ ।

गएको ६ बैशाखमा काठमाडौमा बृहत अन्र्तक्रिया कार्यक्रम मार्फत संघिय गठवन्धनको घोषणा गरिएको थियो । कतिपय भित्रियाहरुका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर त्यही कार्यक्रमको गरिएको व्यवस्थापन प्रति तीव्र असन्तुष्टि पोखेका थिए । त्यस लगतै उक्त गठवन्धनले घोषणा गर्ने भनिएको कार्यक्रम आन्तरिक मनमुटावका कारण घोषणा हुन सकेन । पछि कयौ दिनको प्रयास पश्चात जिल्ला र क्षेत्रिय तहको प्रचारात्मक कार्यक्रम सहित १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको घोषणा गरिएको । जस प्रति सार्वजनिक रुपमा व्यक्त नगरे पनि मधेशी मोर्चा सम्बद्ध घटकहरुले असन्तुष्ट पोख्दै आइरहेका छन ।

त्यसकै फलस्वरुप होला गएको चैत तेस्रो हप्ता देखि आझेलमा पर्न गएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जेठको पहिला हप्ता देखि पुन सक्रिय बनाउने वारेमा आन्तरिक छलफलहरु तीव्र रुपमा चलेको छ ।

No comments:

Post a Comment