Thursday, May 5, 2016

काठमाडौ केन्द्रित आन्दोलनका लागी संघिय गठबन्धनद्धारा १० ओटा तयारी समितीहरु गठन । तमलोपा र सदभावना बैठकमा अनुपस्थित ।



आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको घोषणा गरेको संघिय गठवन्धनले त्यसको तयारी स्वरुप विभिन्न १० ओटा समितीहरु बनाउने निर्णय विहिवार गरेको छ । विहिवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले पछिल्लो समयमा उत्पन्न राजनितीक घटनाक्रमहरुको वारेमा समेत विश्लेषण गर्दै घोषीत आन्दोलनमा कुनै परिर्वतन नगर्ने निष्कर्ष निकालेको गठवन्धनको प्रवक्ता परशुराम तमाडले बताए । विहिवारको बैठकले काठमाडौ केन्द्रित आन्दोलनको तयारी गर्नका लागी जनपरिचालन समिती, खाद्य व्यवस्थापन समिती, आर्थिक समिती, प्रचार प्रसार समिती सहित १० ओटा समितीहरु बनाउने निर्णय गरेको छ । आर्थिक समितीको जिम्मा उपेन्द्र यादवलाई दिइएको छ भने प्रचारप्रसार समितीको जिम्मा प्रवक्ता तमाडलाई दिइएको छ । गठवन्धनको भोली विहान ११ बजे पुन बैठक बस्ने र त्यसले समितीहरुले कसरी कामहरुको संयोजन गर्ने भन्ने कुराको टुगो लगाउने बताइएको छ ।


मधेशी मोर्चा सहितको विभिन्न आदीवासी जनजातीहरुको २७ ओटा संगठनहरुको संयुक्त गठवन्धनले गएको ६ बैशाखमा काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । गठवन्धनले काठमाडौ केन्द्रित घोषणा गरेको आन्दोलनमा अहिले सम्म मुख्य गरी सिहदरवार घेराउको कार्यक्रम छ । गठवन्धनले २ जेठ आइतवार देखि सिहदरवार घेराउ गर्ने जनाएको छ । यस आन्दोलनका लागी चाहिने रणनितीवारेमा आजको बैठकमा समेत कुराकानी भएको थियो ।
 
गठवन्धनका प्रवक्ता तमाडका अनुसार विभिन्न जिम्मेवारी तोकिएको समितीहरुले अव आन्दोलनको आन्तरिक रणनिती वारेमा विभिन्न सरोकारवाला पक्षहरु संग छलफल गर्ने छ ।
 
१ जेठ नजिकदै जादा गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलनलाई चौतर्फी चासोको साथ हेरिएको छ । यद्यपी सुरु देखि नै गठवन्धनको अवद्यारणा प्रति मधेशी मोर्चाको एउटा खेमा असन्तुष्ट देखिन्छ । त्यही भएर होला विहिवार दिउसो बसेको गठवन्धनको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फवाट केहि पनि सहभागी भएन । तमलोपा अध्यक्ष महन्थ ठाकुर अचनाक विहिवार नया दिल्ली तिर लागे पछि त्यो पार्टी कोई पनि सहभागीता जनाएका थिएन । ठाकुरका सहयोगीले तमलोपाका महामन्त्री जितेन्द्र सोनल र गोविन्द चौधरी दुवैलाई गठवन्धनको बैठकमा गइदिन सुचना दिएका थिए । तर सोनलले आफु गठवन्धनको बैठकमा नजाने बताएका थिए । त्यस पछि अर्का महामन्त्री गोविन्द चौधरीले गठवन्धनका नेता फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठलाई फोन गरेर आफु आज व्यवस्त रहको र बैठकको सुचना अन्तिम समयमा पाएको भन्दै बैठक गर्न सुझाएका थिए । चौधरीले गठवन्धनले गर्ने कुनै पनि निर्णयमा आफु आएर हस्ताक्षर गरि दिन आश्वासन दिए पछि बैठक अघि वढेको थियो ।
 
केहि दिन अघि मात्रै तमलोपाको जनकपुरमा बसेको केन्द्रिय कार्यसमितीको बैठकमा संघिय गठवन्धनको अवधारणलाई तीव्र आलोचना गरिएको थियो ।
 
यसैगरी सघिय गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलनको सुरु देखि नै आन्तरिक रुपमा विरोध गर्दै आएको सदभावना पाटीको तर्फवाट समेत कोई सहभागीता जनाएका थिएन । सदभावना पार्टीले आफनो सार्वजनिक नगर्ने ढंगले एक जना पहाडी मुलका नेतालाई औपचारिकताका लागी बैठकमा पठाएको थियो । सदभावना महासचिव मनिष सुमनका अनुसार अध्यक्ष राजेन्द्र राजेन्द्र महतो सहित आफुहरु अरु काममा व्यवस्त रहेकाले पार्टीको सहमहासचिव अर्जुन उप्रतीलाई आजको बैठक पठाइएको बताए ।   

No comments:

Post a Comment