मोर्चाको माग वारे काग्रेस र मोर्चाको स्तरमा छलफल गर्ने तयारी ।

वुधवार काग्रेस र मधेशी मोर्चा विच भएको छलफलमा मोर्चाले आफनो ११ बुदे मागको वारेमा नयां गठवन्धनले आफनो धारण ल्याए त्यस पछि मात्रै नयां सरकारको गठनको भुमिका वारेमा हामी सोच्ने कुरा मोर्चाले प्रष्टाएका थिए ।
सदभावना नेता कर्णका अनसार वुधवार काग्रेस संगको छलफलमा काग्रेसले मोर्चाको माग वारेमा समेत कुराकानी गरेका थिए । काग्रेसले पुन बैठक गरेर कुरा गर्ने भनेका छन, कर्णले भने, हाम्रो ११ बुदे मागको वारेमा कुरा अघि वढेको खण्डमा हामीले नयां ढंगले सोच्ने छौ । यद्यपी सरकारमा तत्कालै सहभागी हुने मोर्चाको कुनै योजना नरहेको र नहुने समेत दावी कर्णले गरे ।
मधेशी मोर्चा र काग्रेस सम्बद्ध कतिपय स्रोतका अनुसार एमाले वाहेकको दुई तिहाई बहुमतको आधारमा सरकार बन्ने अवस्था सिर्जना भएको खण्डमा मधेशी मोर्चा त्यसमा सहभागी हुने कुरा लगभग निश्चित छ । तर त्यो हुन्छ कि हुदै भन्ने कुराका लागी केहि दिन पर्खनै पर्छ । एमाले वाहेक प्रचण्ड नेतृत्वमा काग्रेस सहित अन्य सवैको सहभागीमा दुई तिहाई पुर्याउने कसरत चलीरहे्को कतिपय भित्रियाहरुको भनाई छ । काग्रेसले मोर्चा संग छलफल गर्नुको उदेश्य त्यस संगै जोडिएको कतिपय नेताहरुको भनाइ छ । काग्रेस र नयां गठवन्धनले त्यस्तो अवस्थामा संविद्यान संशोधनका लागी मोर्चा संग सहमती गरेर अघि वढने कुरा भईरहेको नेताहरु बताउछन । काग्रेस र नयां गठवन्धनको शिर्ष नेताहरुले मोर्चाको माग सम्बोधन गर्ने लिखित सहमती गरे, त्यसकै आधारमा मोर्चाले भोटिंगमा सहभागी हुने छन । यो कुरालाई आजको बैठकमा सहभागी सदभावना नेता कर्णले समेत घुमाउरो रुपमा स्विकार गरेका छन । कर्णका अनुसार संविद्यान संशोधन पश्चात मात्रै सहभागी हुने छन । तर भोटिंग प्रक्रियामा सहभागी र नयां गठवन्धनलाई दुई तिहाईको समर्थनका लागी मोर्चाको मागमा लिखित प्रतिवद्धता आए प्रक्रियामा सहभागी हुन सक्ने कर्णको भनाई छ ।
संघिय गठवन्धनको बैठक भोली बस्दै
१ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको घोषणा गरेको मधेशी मोर्चा सहितको संघिय गठवन्धनले भोली बैठक डाकेका छन । शिर्ष नेताहरुलाई अनिवार्य उपस्थिती भनिएको भोलीको बैठक पछिल्लो समयमा उत्पन्न राजनितीक परिस्थिती वारेमा र यस परिस्थितीमा आन्दोलनलाई कसरी अगाडी वढाउनेमा केन्द्रित रहने नेताहरुले बताएका छन।
No comments:
Post a Comment