Tuesday, May 3, 2016

बन्द सत्रमा गच्छदारको राजनितीक एजेन्डा - मधेश र चुरे मिलाएर तीन प्रदेशमा जाउ ।


पार्टीको पहिलो महाधिवेशनको हिजो राती देखि सुरु भएको बन्द सत्रमा आफनो राजनितीक एजेन्डा प्रस्तुत गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशमा चुरे सहितको भाग मिलाएर तीन प्रदेशको खाका नै अहिलेको राजनितीक व्यवस्थापनको सुत्र बन्न सक्ने दावी पेश गरेको छ । विराटनगरमा सोमवार देखि सुरु भएको फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन अन्र्तगतको बन्द सत्रमा उनले आफनो त्यस्तो राजनितीक एजेन्डा पेश गरेका हुन । सोमवार राती देखि नै सुरु भएको बन्द सत्र मंगलवार अबेर राती सम्म चल्ने भएको छ । फोरम लोकतान्त्रिकका नेता तथा गच्छदारको सहयोगी परमानन्द मेहताका अनुसार गच्छदार मंगलवार दिउसो बन्द सत्रमा पेश गरेको आफनो राजनितीक एजेन्डामा तराई मधेशमा भएको आन्दोलनको मुख्य जिम्मेवार प्रमुख दलहरुले आफनो कुरालाई नमानेको जिकिर गरेका छन । उनले भनेका छन, मैलै संविद्यान जारी हुनु भन्दा पुर्व पटक पटक सवैलाई भने, संघियताको उचित व्यवस्थापन भएन भने मधेशमा असहजता उत्पन्न हुन्छ, त्यही भयो । राष्टिय हितको लागी आफुले ठुलो जोखिमका साथ नयां संविद्यानको घोषणको पक्षमा लागेको गच्छदारको दावी छ । मेहताका अनुसार मधेशमा देखिएको मुख्य असन्तुष्टको विषय संघियताको सन्दर्भमा गच्छदारले फोरम लोकतान्त्रिकको तर्फवाट संविद्यान निर्माणको क्रममा प्रस्तुत गरिएको तराई मधेशमा तीन प्रदेशको खाकालाई उचित निकासको रुपमा प्रस्तुत गरेका थिए ।
 
पार्टीको नाम परिर्वतन गर्ने एजेन्डा प्रस्तुत ।

यसै गरी पार्टीको महाधिवेशनको बन्द्य सत्रमा औपचारिक रुपमा मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिकको नाम परिर्वतनको एजैन्डा प्रस्तुत गरिएको छ । नेता मेहताका अनुसार पार्टीलाई राष्टिय स्वरुप प्रदान गर्ने र सवै पक्षलाई समेटने उदेश्यका साथ पार्टीको नाम परिर्वतन आवश्यक रहेको बताएका छन । यद्यपी कतिपय मधेशी पृष्टभुमिका नेताहरुले यसको विरोध समेत गरेको बताइएको छ । तर गच्छदारको प्रस्ताव माथी बन्द्य सत्रमा भइरहेको छलफलमा झण्डै आधा दर्जन नाया नामहरुको सुझाव आएको र एक महिना भित्र लागु हुने नयां विद्यानले त्यसलाई औपचारिकता दिने मेहताको भनाई छ । पार्टीको नयां विद्यानलाई एम महिना सम्म तल्लो स्तरमा छलफलका लागी हामीले पठाउने निष्कर्ष निकालेका छौ, मेहताले भने, त्यस पछि बस्ने बैठकले सुझाव सहित सवै कुरालाई कार्यन्वयनको तहमा लाने छ, त्यही वेलामा पार्टीको नया नामको समेत छिनोफानो हुने छन ।


यसैगरी महाधिवेशनको चलीरहेको बन्द सत्र आज अवेर राती सकिए पछि भोली नयां नेतृृत्वको घोषण संगै फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन सकिने छ । ०६५ सालमा पहिलो सविद्यानसभाको समयकालमा एमाले नेता माधव नेपालको सरकार बन्दा खेरी उपेन्द्र यादव नेतृत्वको तत्कालिन फोरम नेपालवाट फुटेर गच्छदारले फोरम लोकताीन्त्रक पार्टीको संस्थपना गरेका थिए । रोचक तके भन्ने, फोरम नेपाल फुटेर फोरम लोकतान्त्रिकको संस्थापना गर्दा गच्छदारले उपेन्द्र यादव भन्दा ठुलो पार्टी बनाएका थिए । दोस्रो संविद्यानसभाको निर्वाचनमा समेत उनी मधेशी पार्टीहरु मध्य्े सवै भन्दा ठुलो हैसियत पाएका थिए ।
 
तर संविद्यान निर्माणको प्रक्रिया संगै अन्य मधेशी पार्टीहरु संग गच्छदारको वढेको दुरीले अन्तह उनलाई मोर्चावाट वाहिरिने अवस्था आयो । अन्य मधेशी पार्टीहरुले अन्तह उनलाई मधेशी विरोधि भन्दै मोर्चा वाट निष्कासित गर्न पुगे । 

No comments:

Post a Comment