Monday, May 2, 2016

फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन विराटनगरमा सुरु ।

विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिकको पहिलो महाधिवेशन आज देखि विराटनगरमा सुरु भएको छ । पहिलो संविद्यानसभाको समयमा माधव नेपाल नेतृत्वको सरकार बन्दा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालवाट पार्टी फुटाएर गच्छदारले लोकतान्त्रिक फोरमको संस्थापना गरेका थिए । नयां पार्टी संस्थापनाको ६ बर्ष नाघि सक्दा पनि महाधिवेशन नगर्दा निर्वाचन आयोगले पटक पटक यो पार्टीलाई पनि ध्यानाकर्षण गराएका थिए ।  पार्टी  फुटाएर सवै भन्दा ठुलो मधेशी पार्टी पहिलो संविद्यानसभामा बनाएका गच्छदार दोस्रो संविद्यानसभाको निर्वाचनमा पनि पहिलो मधेशी पार्टीको रुपमा आफुलाई कायम राख्न सफल भएका थिए । फोरम लोकतान्त्रिकको संस्थापना गरे संगै संयुक्र लोकतान्त्रिक मधेशी मोर्चामा दबदबा कायम गर्न सफल गच्छदार गत बर्ष नयां सविद्यान निर्माणको क्रममा भएको १६ बुदे सहमतीको पक्षमा लाग्दा मोर्चाले गछच्दार नेतृत्वको फोरम लोकतान्त्रिकलाई मधेशी विरोधि कितामा गएको भन्दै मोर्चा वाट निष्कासित गरेको थियो । त्यस पछि प्रमुख दलहरुको कित्तामा देखिएको गँच्छदार मधेश आन्दोलनमा आन्दोलनकारी देखि आफनै पार्टीका स्थानिय नेताहरुको निशानामा परे । नयां संविद्यानको घोषणा संगै मधेशमा सुरु भएको आन्दोलन यता फोरम लोकतान्त्रिकका दर्जनौ स्थानिय प्रभावशाली नेताहरु पार्टी परित्याग गरेर सदभावना, फोरम नेपाल र तमलोपामा प्रवेश गरेका छन ।


पार्टीको तराई मधेशमा आन्दोलन संगै साख समाप्त भए पश्चात पहाड तिर संगठन बनाउन सकिन्छ भन्ने दाउका साथ गच्छदार पछिल्लो समयमा पार्टीको नाम परिर्वतन गर्ने दाउमा रहेको स्वयम फोरम लोकतान्त्रिकका नेताहरु बताउछन । सोमवार दिउसो विराटनगरको उटघाटन सत्र पश्चात सुरु भएको महाधिवेशन तीन दिन सम्म चल्ने सो पार्टीले जनाएको छ । फोरम लोकतान्त्रिकका सचिवालयका अनुसार सोमवार राती देखि नै सुरु भएको बन्द सत्रमा गच्छदार पाटीृको नाम परिर्वतन सहितको एजेन्डालाई विधिवत रुपमा प्रवेश गराउने तयारी गरेका थिए ।
 
यसको संगै बन्द सत्रमा पार्टीको विद्यान र राजनितीक कार्य दिशामा माथी समेत छलफलको कार्यक्रम रहेको नेताहरुले बताएका छन । बुधवार सम्म चल्ने फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशनले पार्टीको नयां नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ । नेताहरुका अनुसार अहिलेको कार्यसमितीलाई नै महाधिवेशनले पुन अनुमोदन गर्ने सम्भावना छ ।
 
यसैगरी फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशनको उद्धघाटन सत्रमा प्रमुख दलहरुका नेताहरु सहभागी भए पनि आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा सहभागी भएन । मोर्चाले औपचारिक रुपमै विजय ग्च्छदार  र फोरम लोकतान्त्रिकलाई मधेशी विरोधी भनिसकेकाले यसको महाधिवेशनमा सहभागी नभएको मोर्चाका नेताहरु बताउछन । महाधिवेशनको उद्धघाटनसत्रमा भारतीय सतारुढ दलका नेता भगतसिंह कोशियारी सहभागी भएका थिए ।

No comments:

Post a Comment