Sunday, May 1, 2016

काठमाडौ केन्द्रित आन्दोलनका लागी संघिय गठवन्धनद्धारा छलफल सुरु ।


आउदो १ जेठ दखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको संघिय गठवन्धनले त्यसको तयारी स्वरुप आज देखि विभिन्न पक्षहरु संग छलफल सुरु गरेको जनाएको छ । मधेशी मोर्चा सहितको गठवन्धनले २ जेठ देखि सिंहदरवार घेराउ गर्नुको साथै प्रर्दशनहरु गर्ने जनाएको छ । काठमाडौ केन्द्रित आन्दोलनको संयोजनको जिम्मा पाएका फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज विभिन्न पक्षहरु संग अनौपचारिक छलफलहरु भएको छ । भोली विहान नेवा राज्य समिती संग बैठक छ, श्रेष्ठले भने, त्यस पछि हामी गठवन्धनको बैठक बोलाएका छौ । पछिल्लो समयमा आन्दोलनलाई काठमाडौ केन्द्रित बनाएको घोषणा गरेको मधेशी मोर्चा सहितको गठवन्धनले सरकारको केन्द्रिय प्रशासनिक निकाय सिंहदरवारलाइ ठप्प पार्ने गरी प्रर्दशन गर्न खोजेको देखिन्छ ।


गएको १५ बैशाख देखि जिल्ला र क्षेत्रिय तहको विरोध कार्यक्रमहरु गर्दै आएको गठवन्धनले काठमाडौमा भन्ने २१ बैशाख देखि नै प्रर्दशनहरु हुन थाल्ने बताएका थिए । सुरुमा १ जेठ भनिए पनि पछि त्यो दिन शनिवार पर्ने भएकाले २ जेठ देखि सिहदरवार घेराउ गर्ने निर्णय गठवन्धनले गरेको थियो । नेताहरुका अनुसार १५ बैशाख देखि जिल्ला र क्षेत्रिय तहमा भईरहेको आन्दोलनमा काठमाडौ जाउ सिह्दरवार घेरौ भन्ने नाराको प्रचार भईरहेको छ । यद्यपी भोली पहिलो चरण छलफल पश्चात मात्रै गठवन्धनले आन्दोलनमा मानिसहरु काठमाडौमा उतार्ने वारेमा ठोस रणनिती बनाउने छन ।
 
गठवन्धनका प्रवक्ता परशुराम तमाडका अनुसार भोली विहान नेवा राज्य समिती संग पहिलो चरणको छलफल भए पछि दिउसो गठवन्धनको बैठक बोलाउने कुरा भएको छ । त्यस पश्चात मात्रै गठवन्धनले यस वारेमा ठोस छलफल सुरु गर्ने छ । फोरम नेपालका नेता श्रेष्ठका अनुसार काठमाडौ केन्द्रित आन्दोलनको प्रमुख हिस्सदारी नेवा राज्य समिती भएकाले भोली विहान उनीहरु संगको बैठक महत्वपुर्ण रुपमा हुदै छ । उनले भने, उहाहरु संगको छलफल पश्चात मात्रै हामीले काठमाडौ केन्द्रित आन्दोलनको आन्तरिक रुपमा ठोस रणनिती तय गर्ने छौ ।
 
गएको बैशाख ६ गते काठमाडौमा संघिय गठवन्धनकै व्यानरमा मधेशी मोर्चा सहित आदीवासी जनजातीहरुको २७ ओटा संगठनहरुले अव काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको थियो । त्यस लगतै गठवन्धनको बसेको बैठक १ जेठमा काठमाडौमा आन्दोलन सुरु गर्नु पुर्व जिल्ला र क्षेत्रिय तहमा विभिन्न प्रचारात्मक खालका आन्दोलनका कार्यक्रमहरु गर्ने घोषणा गरेका थिए । जस अन्र्तगत गएको १५ गते हरेक जिल्ला प्रशासन मार्फत गठवन्धनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइसकेका छन भने १७ बैशाखमा सरकारी कार्यलयहरुमा विरोध स्वरुप कालो झण्डाहरु गाडेका थिए । अव गठवन्धनले विभिन्न ठाउहरुमा जिल्ला र क्षेत्रिष् तहका विरोध सभाहरु गर्दै छन । आन्दोलनलाई व्यवस्थीत पार्नका लागी गठवन्धनले जिल्ला र क्षेत्रिय तहमा स्थानिय पार्टीहरुलाई ठाउहरु विभाजन गरेर आन्दोलनको संयोजनको जिम्मा तोकेका छन ।
 
काठमाडौ केन्द्रित आन्दोलनको संयोजनको जिम्मा राजेन्द्र श्रेष्ठ, पद्यमरत्न तुलाधार लगायतका आदीवासी जनजाती नेताहरु दिएको भए पनि मधेशी पार्टीहरुको समेत उल्लेख सहभागी रहने नेताहरुले बताएका छन । 

No comments:

Post a Comment