Monday, May 30, 2016

गठवन्धनको दोस्रो चरणको विरोध कार्यक्रम सकियो ।

पोखरामा विरोध प्रर्दशन पश्चात आयोजना गरिएको सभा

काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको संघिय गठवन्धनको दोस्रो चरणको विरोध कार्यक्रमहरु आज सकिएको छ । दोस्रो चरणको कार्यक्रम अन्र्तगत पोखरामा आज गरिएको विरोध प्रर्दशन र सभा संगै गठवन्धनको दोस्रो चरणका कार्यक्रमहरु सकिएका छन । दोस्रो चरणको विरोध कार्यक्रम स्वरुप गठवन्धनले उपत्यकाको १० ठाउमा प्रर्दशन र सभा गरेका थिए भने हिजो विरगंज र आज पोखरामा प्रर्दशन र सभाहरु गरेका छन । १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन थालेको गठवन्धनले पहिलो चरणमा सिंहरदरवार, वालुवाटार घेराउ सहित रत्नपार्कमा सभा गरेका थिए । ५ जेठमा रत्नपार्क स्थित शान्तिवाटिकामा विरोध सभा आयोजना गरेर गठवन्धनले १७ जेठ अर्थात आज सम्मका विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।


दोस्रो चरणको कार्यक्रम अन्र्तगत पोखरामा सभा भईरहदा गठवन्धनका संयोजक तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्धारा जारी विज्ञिप्तमा तेस्रो चरण अन्र्तगतको कार्यक्रमहरु सार्वजनिक गरिएको छ । काठमाडौ केन्द्रित आन्द्योलन अन्र्तगत गठवन्धनले आउदो २५ गते देखि खुल्लामन्चनमा रिले अनशन बस्ने जनाएको छ ।
 
मधेशी मोर्चा सहित आदीवासी जनजातीहरुको संयुक्त रुपमा बनाइएको संघिय गठवन्धनले काठमाडौको खुल्लामन्चनमा २५ जेठ देखि असार मसान्त सम्म विहान ७ वजे देखि वेलुकि ७ वजे सम्म अनशन बस्ने जनाएको छ । अनशनको क्रममा हरेह दिन दिउसो ३ वजे देखि आन्दोलनकै स्वरुपमा विभिन्न सांस्कृति कार्यक्रमहरु समेत आयोजना हुने गठवन्धनले बताएको छ ।
 
गठवन्धनले स्थानिय तहमा समेत स्थानिय गठवन्धन समितीहरुले निर्णय गरेर यस्ता अनशनहरु थाल्ने जनाएको छ ।

No comments:

Post a Comment