Friday, May 20, 2016

महाधिवेशनका लागी तमलोपाद्धारा विभिन्न समितीहरु गठन ।


आउदो असारको  पहिलो हप्ता हुने तराई मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनका लागी उक्त पार्टीले विभिन्न समितीहरु बनाएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले शुक्रवार एक विज्ञिप्त निकाल्दै महाधिवेशन व्यवस्थापन समन्य सिमितीको संयोजकमा पार्टीको उपाध्यक्ष हृदेश त्रिपाठीलाई तोकेको उल्लेख गरिएको छ । यसको साथै महाधिवेशनको तयारी लागी अन्य १० ओटा समितीहरु समेत निर्माण गरिएको जनाइएको छ ।


गएको तीन दिन देखि लागातार आन्तरिक छलफल र बैठकमा रहेको तमलोपाले शुक्रवार यी समितीहरुको  घोषणा गरेको छ । तमलोपाको पहिलो महाधिवेशन आउदो असार ६ गते देखि ८ गते सम्म नवलपरासीको रामग्राममा हुने छन ।
 
तमलोपा अध्यक्ष द्धारा शुक्रवार जारी गरिएको विज्ञिप्तमा महाधिवेशनको तयारी स्वरुप बनाइएको राजनितीक दस्तावेज समितीको संयोजकमा बृषेशचन्द्र लाल, निती कार्यक्रम समितीको संयोजकमा सवेन्द्रनाथ सुक्ला,  सचिवालय व्यवस्थापन समितकिो संयोजकमा गोविन्द चौधरी, प्रचार प्रसार तथा संचार समितीको संयोजकमा जितेन्द्र सोनल रहेको उल्लेख गरिएको छ ।
 
यसको साथै तमलोपाले वृजेश गुप्ताको नेतृत्वमा विद्यान परिमार्जन समिती, सवेन्द्र नाथ सुक्लाको नेतृत्वमा अर्थ समिती, कमलेश्वर पुरीको नेतृत्वमा अतिथी व्यवस्थापन समिती, विपी यादवको नेतृत्वमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन समिती, सुरेन्द्र झाको नेतृत्वमा स्मारिका प्रकाशन समिती र रामानन्द पंडितको नेतृत्वमा स्वास्थ्य उपचार समिती बनाएको सो पार्टीले जनाएको छ ।
 
गएको बैशाख तेस्रो हप्ता जनकपुरमा बसेको तमलोपाको केन्द्रिय बैठकले अध्यक्ष ठाकुरलाई महाधिवेशनका लागी बनाइने तयारी समितीहरु बनाउने जिम्मा दिइएको थियो । तमलोपाको जनकपुर बैठकले नै पार्टीको पहिलो महाधिवेशन भव्यता पुर्वक गर्ने समेत निर्णय गरेको थियो ।

No comments:

Post a Comment