Thursday, May 19, 2016

मधेशी मोर्चाको बैठक बोलाउने तयारी ।


पछिल्लो समयमा संघिय गठवन्धनको व्यानरको आन्दोलनमा सहभागी हुदै आइरहेको मधेशी पार्टीहरु मधेशी मोर्चाको बैठक बोलाउने तयारी थालिएको नेताहरु बताउछन । संघिय गठवन्धनको नाममा मधेशी मोर्चा ओझेलमा परेको र गठवन्धनको संयोजनमा उपेन्द्र यादव चयन भए पछि मधेशी पार्टीहरुमा त्यसको व्यापक विरोध देखिएको थियो । यही हप्ताको सुरु देखि काठमाडौ केन्द्रित आन्दोलन थालेको संघिय गठवन्धनले सिंहदरवार र वालुवाटार घेराउ सहितका आफनो विरोध प्रर्दशनहरु काठमाडौमा जारी राखेका छन । आज गठवन्धनले लगनखेलवाट जुलुस निकालेर पाटर दरवार स्क्वायरमा गएर विरोध सभा गरेका थिए । गठवन्धनको आन्दोलन आउदो १७ जेठ सम्मका लागी घोषणा गरिएको छ । तर मधेशी मोर्चा स्रोतका अनुसार आउदो चार देखि पांच दिन भित्रै मधेशी मोर्चाको बैठक बोलाउने गरी आन्तरिक गृहकार्य थालिएको छ ।


पछिल्लो समयमा खासगरी काठमाडौ केन्द्रित आन्दोलन थालिनु अघि गठवन्धनको संयोजकमा फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव चयन भए लगतै मोर्चाको बैठक बोलाउने कि भन्ने वारेमा छलफलहरु भएको थियो । तर मोर्चा सम्बद्ध नेताहरुका अनुसार आन्दोलनको वारेमा नाकारात्मक प्रभाव वाहिर जाने भन्दै औपचारिक बैठक डाकेनन । अर्को पक्ष थियो तमलोपाका अध्यक्ष महन्थ ठाकुर भारतमा थिए । ठाकुर गएको मंगलवार काठमाडौ फर्केका छन । ठाकुर फर्के पछि पार्टीको आशन्न महाधिवेशनका लागी बनाइने विभिन्न तयारी समितीहरु बनाउन व्यस्त रहेकाले सम्भवतह दूइृ तिन पछि बैठक बोलाउने वारेमा औपचारिक अभ्यास सुरु हुने एक शिर्ष नेताको भनाई छ ।
 
गठवन्धनको संयोजकको रुपमा यादव चयन भए पछि मधेशी मोर्चाका शिर्ष नेताहरुको अनौपचारिक रुपमा दुई ओटा बैठक बसीसकेको छ । एक नेता भन्छन, एउटामा उपेन्द्र यादव पनि सहभागी थिए ।
 
नेताहरुका अनुसार मधेशी मोर्चाको बैठक बोलाएर गठवन्धनको नाममा जारी आन्दोलनलाई असर होईन कि मोर्चालाइ मधेशमा छुटै सक्रिय बनाउने अभ्यास थालिने छ । गठवन्धनले हिजो वुधवार घोषणा गरेको विरगंजको प्रर्दशनको जिम्मा मधेश मोर्चालाई दिए पछि मोर्चाका केहि भित्रियाहरुले यसले थप सहजता हुने बताएका छन ।
 
गठवन्धन निर्माण भए संगै खासगरी तमलोपा र सदभावना पार्टी भित्र मोर्चाको अस्तिव ओझेलमा पर्यो भनेर व्यापक असन्तुष्टि देखिएका थिए ।  त्यही असन्तुष्टिका कारण होला तमलोपा र सदभावना पार्टीले गठवन्धनको केहि बैठकमा सहभागीता समेत जनाएनन ।

No comments:

Post a Comment