Tuesday, May 10, 2016

यसरी मोर्चाले सरकारी वार्ता पत्रको जवाफ फर्काउदै ।


गएको आइतवार सरकारले आन्दोलनरत मोर्चालाई वार्ताका लागी पठाएको वार्ता पत्रको जवाफ मोर्चाले दुई दिन भित्र दिने आन्तरिक तयारी गरेको छ । सरकारको तर्फवाट वार्ता टोली संयोजक कमल थापाले आइतवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नाममा पत्र लेखेर वार्ताका लागी आब्हान गरेका थिए । उक्त सरकारी वार्ता पत्र हिजो सोमवार तमलोपाको पार्टी कार्यलयमा आइपुगेको थियो । मोर्चाका सवै घटकहरु संग आन्तरिक परामर्श भईरहेको छ, तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीले भने, त्यसमा ठोस केहि छदै छैन, त्यसैले उक्त पत्रको जवाफ पनि पत्र मार्फत नै दुई दिन भित्र हामीले पठाउने तयारी गरेका छौ ।


तमलोपा नेता त्रिपाठीका अनुसार मोर्चाले सरकारीलाई पठाउने जवाफमा सरकारको ठोस धारणा सार्वजनिक गर्न माग गर्ने छ । अहिले सम्म भएको झण्डै ४० भन्दा वढी औपचारिक र अनौपचारिक वार्ताको क्रममा भएको छलफलहरुको सन्दर्भमा सरकारको धारणा के छ, सरकारले आन्दोलनको क्रममा मृत्यू भएकाहरुलाइृ सहिद घोषणा गर्यो कि गरेन ? अनि धाइतेहरुको उपचार कसरी गरेको छ र क्षतीपुर्ती सरकारले कति र काहा काहा वितरण गरेको छ, त्रिपाठी भन्छन, हामी सरकारलाई यी कुराहरुमा आफनो तथ्य सहितको धारणा सार्वजनिक गर्न जवाफी पत्रमा माग गर्दछौ ।
 
मोर्चाका प्राय जसो शिर्ष नेताहरु काठमाडौ वाहिर रहे पनि सरकारी उक्त पत्रको जवाफ एक दुई दिनमै मोर्चाले पठाउने गरी आन्तििरक तयारी गरीरहेको त्रिपाठीको भनाई छ । उनका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुर भोली वुधवार काठमाडौ फर्किए पश्चात पर्सी सम्ममा सरकारलाई वार्ता पत्रको जवाफ फर्काउने तयारी भईरहेको छ । आउदो १ जेठ अर्थात आउदो शनिवार देखि मोर्चा सम्मलीत संघिय गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलन हुने भएकाले मोर्चाले बैठक आब्हान गर्न असहजता देखिएको नेताहरुले बताएका छन । त्यसैलै सवै संग आन्तरिक रुपमै कुरा गरेर सरकारलाई त्यसको जवाफ फर्काइ दिने कुरा भईरहेको छ । मोर्चा बैठक २ जेठको काठमाडौ केन्द्रित आन्दोलन पश्चात मात्रै गर्न रणनितीमा मोर्चा छ ।
 
पछिल्लो समयमा मधेशी मोर्चा सहितको संघिय गठवन्धनको काठमाडौ केन्द्रित आन्दोलन आउदो १ जेठ देखि गर्न लागेका छन । १ जेठमा काठमाडौमा विरोध सभाको तयारी गरेको आन्दोलनकारीहरु २ जेठ देखि सिंहदरवार घेराउ गर्ने कार्यक्रम राखेका छन ।

No comments:

Post a Comment