Sunday, May 1, 2016

संघिय गठवन्धन र २६ बुदे प्रति तमलोपा मौन ।


हाल आन्दोलनको नेतृत्व गरीरहेको व्यानर संघिय गठवन्धन र उनले घोषणा गरेको २६ बुदे अवधारण प्रति तराइ मधेश लोकतान्कि पार्टीको केन्द्रिय कार्यसमिती बैठकले मौनता देखाएको छ । मधेशी मोर्चा सहितको आदीवासी जनजातीहरुको संयुक्त गठवन्धन संघिय गठवन्धकै नेतृत्वमा पछिल्लो समयमा मधेशी पार्टीहरु पनि आन्दोलनरत छन । तर जनकपुरमा हिजो र आज गरी बसेको तमलोपाको केन्द्रिय कार्यसमिती बैठकले जारी गरेको १५ बुदे निर्णयमा कतै पनि संघिय गठवन्धनको नाम उल्लेख गरिएको छैन नत आन्दोलनको मुद्धाहरुको सम्बन्धनमा घोषणा गरिएको २६ बुदेको वारेमा यो बैठक पश्चात जारी गरिएको विज्ञिप्तमा केहि उल्लेख गरिएको छ । वरु बैठक पश्चात जारी गरिएको १५ बुदे निर्णयको ५ नम्बर बुदामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको क्रममा अघि सारेको ११ बुदे मागलाई यो बैठकले पुन समर्थन गरेको उल्लेख गरिएको छ ।


बैठक पश्चात तमलोपा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरमा जारी गरिएको १५ बुदे निर्णयको ५ नम्बर बुदामा भनिएको छ, १६ बुदे सहमती षडयन्त्रपुर्वक गरेर मधेशी विरोधि प्रतिगामी संविद्यान ल्याएकोमा त्यसको विसंगतीको सम्बन्धमा मधेशी मोर्चाले अघि सारेको ११ बुदे मागलाई यो बैठक पुर्ण समर्थन गर्दछ । त्यस वाहेक हालै तमलोपा सहितको मधेशी मोर्चाले संघिय गठवन्धन मार्फत घोषणा गरेको आन्दोलन र २६ बुदे अवधारणा प्रति यो विज्ञिप्तमा केहि उल्लेख गरिएको छैन ।
 
मुख्यगरी पार्टीको महाधिवेशन र पछिल्लो राजनितीक अवस्थाको वारेमा छलफल गर्न जनकपुर वोलाइएको तमलोपाको केन्द्रिय कार्यस्मितीको बैठकमा हिजो बोल्ने अधिकाश नेताहरुले संघिय गठवन्धनको आलोचना गरेको नेताहरुले बताएका थिए । हिजो बैठकमा पार्टीको महामन्त्री सवेन्द्र नाथ सुक्लाले प्रस्तुत गरेको राजनिती प्रतिवेदन माथी टिप्पणी गर्ने क्रममा प्राय जसो सवै केन्द्रिय सदस्यहरुले मधेशी मोर्चाको व्यानरलाई ओझेलमा पार्ने गरी संघिय गठवन्धनको अवधारणा अघि सारेकोमा पार्टी नेतृत्वको आलोचना गरेका थिए ।
 
महाधिवेशन ६ असार देखि नवलपरासीमा गर्ने निर्णय ।
 
यसै गरी तमलोपाको हिजो र आज गरी जनकपुरमा बसेको केन्द्रिय कार्यसमिती बैठकले आउदो असार ६ देखि ८ गते सम्म पार्टीको पहिलो महाधिवेशन गर्ने औपचारिक निर्णय गरेको छ । यस अघि तमलोपाको पदाधिकारी स्तरमा छलफल भइसकेको भए पनि पार्टीले औपचारिक रुपमा यसलाई जनकपुर बैठकवाट पारित गरेको छ । जनकपुर बैठकमा महाधिवेशन सम्बन्धी महामन्त्री जितेन्द्र सोनल र गोविन्द चोधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई पास गर्दै तयारीका लागी विभिन्न समितीहरु बनाउने निर्णय समेत गरेको छ । बैठक पछि आज जारी गरिएको विज्ञिप्तमा महाधिवेशन तयारीका विभिन्न ९ ओटा समितीहरु बनाइने छन । र यी समितीको सदस्य चयनको अधिकार अध्यक्ष महन्थ ठाकुरलाई बैठकले दिएको छ ।
 
तमलोपा ०६४ सालमा स्थापना भए पश्चात यो पार्टीको पहिलो महाधिवेशन अव आउदो असार ६ देखि ८ गते सम्म हुने भएको छ । निर्वाचन आयोगले तीन पटक सम्म पत्र काटेर पार्टीको महाधिवेशनका लागी ध्यानाकर्षण गराए पछि तमलोपाको महाधिवेशन हुन लागेको छ । तमलोपाको जनकपुर बैठकले पार्टीको पहिलो महाधिवेशनलाई भव्य र एतिहासिक बनाउने निर्णय समेत गरेको छ ।

No comments:

Post a Comment