Tuesday, May 31, 2016

बजेट माथीको छलफल समेत आन्दोलतरत घटकद्धारा बहिष्कार ।

मधेसी मोर्चा सहितका आन्दोलतरत घटकहरुले मंगलबार देखि सदनमा सुरु भएको बजेट माथीको छलफल बैठक बहिष्कार गरेको छ। यस अघि सरकारले सदनमा बजेट प्रस्तुत गर्दा पनि आन्दोलनरत दलहरुले वहिष्कार गरेका थिए ।

Monday, May 30, 2016

गठवन्धनको दोस्रो चरणको विरोध कार्यक्रम सकियो ।

पोखरामा विरोध प्रर्दशन पश्चात आयोजना गरिएको सभा

काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको संघिय गठवन्धनको दोस्रो चरणको विरोध कार्यक्रमहरु आज सकिएको छ । दोस्रो चरणको कार्यक्रम अन्र्तगत पोखरामा आज गरिएको विरोध प्रर्दशन र सभा संगै गठवन्धनको दोस्रो चरणका कार्यक्रमहरु सकिएका छन । दोस्रो चरणको विरोध कार्यक्रम स्वरुप गठवन्धनले उपत्यकाको १० ठाउमा प्रर्दशन र सभा गरेका थिए भने हिजो विरगंज र आज पोखरामा प्रर्दशन र सभाहरु गरेका छन । १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन थालेको गठवन्धनले पहिलो चरणमा सिंहरदरवार, वालुवाटार घेराउ सहित रत्नपार्कमा सभा गरेका थिए । ५ जेठमा रत्नपार्क स्थित शान्तिवाटिकामा विरोध सभा आयोजना गरेर गठवन्धनले १७ जेठ अर्थात आज सम्मका विरोध कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

Sunday, May 29, 2016

२५ जेठ देखि काठमाडौको खुल्लामन्चमा रिले अनशन बस्दै आन्दोलनरत गठवन्धन ।


पछिल्लो समयमा काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आउदो २५ जेठ देखि काठमाडौको विचमा पर्ने खुल्लामन्चमा रिले अनशन बस्ने भएको छ । गठवन्धनको सचिवालयले शनिवार अन्तिम टुगो लगाएको अर्को चरणको विरोध कार्यक्रम अन्र्तगत आउदो २५ जेठ देखि खुल्ला मन्चमा रिले अनशन सुरु हुने गठवन्धनले जनाएको छ । यो चरणको अन्तिम विरोध कार्यक्रम भोली पोखरामा हुदै छ । आज विरगंजमा प्रर्दशन गरेको आन्दोलतरत गठवन्धनले भोली पोखरामा हुने विरोधसभा वाटै उक्त कार्यक्रम सार्वजनिक गर्ने छन ।

Friday, May 27, 2016

संघिय गठवन्धनले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने ।


पछिल्लो केहि समय यता काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको मधेशी जनजातीहरुको संयुक्त गठवन्धन संघिय गठबन्धनले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ ।  आउदो १७ गते सम्मका लागी यस अघि नै गठवन्धनले विरोध कार्यक्रम घोषणा गरेका थिए । १७ गते पोखरामा हुने विरोधसभावाट त्यस पछिको कार्यक्रमहरु घोषणा गर्ने निर्णय गठवन्धनले शुक्रवार गरेको गठवन्धनका प्रवक्ता परशुराम तमाडले बताए ।

Thursday, May 26, 2016

बजेटको विरुद्धमा उत्रने आन्दोलनरत पक्षको तयारी ।


पछिल्लो समयमा सदनको जारी सत्रलाई सुरु देखि नै वहिष्कार गर्दै आइरहेको आन्दोलनरत मधेशी पार्टीहरुले १५ जेठमा सरकारद्धारा प्रस्तुत गरिने वजेटको विरुद्धमा उभिने बताएको छ । नयां संविद्यानको विरुद्धमा आन्दोलन गर्दै आइरहेका मधेशी पार्टीहरुले सरकार आन्दोलनरत पक्षको कुरा सम्बोधन गर्न तत्परता नदेखाएको भन्दै सदन बैठकहरु वहिष्कार गर्दै आइरहेका छन । वुधवार सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणलाई समेत आन्दोलनरत मधेशी पार्टीहरुका संसादहरुले वहिष्कार गरेका थिए । पर्सी १५ जेठमा सरकारले अगामी वर्षको वजेट प्रस्तुत गर्ने कार्यक्रम छ, सदभावना पार्टीका सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णका अनुसार मधेशी पार्टीहरुले त्यसको विरुद्धमा उभिने छ । कर्ण भन्छन, हामीले आज जस्तै बैठक नै वहिष्कार गर्ने छौ वा संसद घेराउ जस्ता विरोध पनि गर्न सक्छौ । पर्सी वजेट प्रस्तुत गर्ने कार्यक्रम भएकाले भोली यसवारेमा सवै आन्दोलनरत पक्षहरु संग समन्वय हुने कर्णको भनाई छ ।

Wednesday, May 25, 2016

पहिला मोर्चा कि गठवन्धन बैठक ?


पछिल्लो समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बोलाउने तयारी भईरहदा पर्सी शुक्रवार संघिय गठवनधनको बैठक बोलाउने तयारी भएको छ । गठवन्धन भित्र असन्तुष्ट देखिएका केहि प्रमुख मधेशी पार्टीहरुले पुन मधेशी मोर्चालाई सक्रिय पारे अघि वढने तयारीमा रहिरहदा प्रधानमन्त्री ओलीले समेत वार्ताका लागी मोर्चाको नाउमा गएको सोमवार पत्राचार गरेका थिए । त्यस पछि त्यही निहूमा मोर्चाको बैठक बोलाउने तयारीमा भइरहदा पर्सी गठवन्धनको बैठब समेत डाक्न लागीएको नेताहरुले बताएका छन । हाम्रो पहिला देखि नै १४ गते गठवन्धनको बैठक गर्ने निर्णय थियो, गठवन्धनका प्रवक्ता परशुराम तमाडले भने, त्यही अनुरुप पर्सी बैठक बोलाउने वारेमा तयारी भईरहेको छ । यस अघि गएको सोमवार गठवन्धनको सचिवालय बैठक बसेको थियो । पर्सी १४ गते बस्ने गठवन्धनको बैठकले १७ जेठ पछिको आन्द्योलनको थप कार्यक्रम वारेमा छलफल गरेर निर्णय गर्ने पुर्व योजना नै भएको गठवन्धनका प्रवक्ताको भनाई छ ।

Tuesday, May 24, 2016

प्रधानमन्त्रीको वार्ता पत्र प्रति मोर्चाको औपचारिक बैठक बोलाउने तयारी ।


प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मधेशी मोर्चालाई वार्ताको सन्दर्भमा पठाएको पत्र वारेमा मोर्चाको औपचारिक बैठक बोलाउने तयारी भईरहेको नेताहरुले बताएका छन । सोमवार प्रधानमन्त्री ओलीले मधेशी मोर्चालाई वार्ताको सन्दर्भमा प्रतिउत्तर पत्र लेख्दै वार्तामा आउन आग्रह गरेका थिए । यस अघि नेपाल सरकारको तर्फवाट वार्ता टोली सदस्य पराराष्टमन्त्री कमल थापाले मोर्चालाई वार्ताका लागी पत्र पठाएका थिए । त्यस पत्रको जवाफ मोर्चाले प्रधानमन्त्रीलाई पठाउदै विगतमा भएको वार्ताहरुको सन्दर्भको कुराकानी सहित मोर्चाको मुद्धाहरुको वारेमा आफनो धारणा सार्वजनिक गर्न भनेका थिए । मोर्चाको उक्त प्रतिक्रियाको जवाफमा प्रधानमन्त्रीले जवाफ दिदै लेखेको पत्र प्रति मोर्चा भित्र ठोस प्रतिक्रिया बनिसकेको छैन । यता मोर्चा सम्बद्ध स्रोतका अनुसार केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले तमलोपा अध्यक्ष महन्थ ठाकुर संग गरेको कुराकानीको विपरित आश्यको पत्र लेखे पछि मंगलवारको बैठकमा ठाकुर सहित आन्दोलनरत पक्षहरु सहभागी भएनन ।

Monday, May 23, 2016

आन्तरिक कलहमा आन्दोलनकारीहरु ।


२ जेठमा सिंहदरवार घेराउको आन्दोलनमा जानु अघि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफनो सम्पुर्ण पार्टी पंक्तिमा निर्देशन दिए र भने माइतीघर क्षेत्रमा हाम्रो मानिस त के झण्डा समेत देखिनु भएन । जब कि संघिय गठवन्धनको निर्णयमा भनिएको थियो, सिंहरदरवार घेराउ कार्यक्रममा माइतीघर क्षेत्रवाट फोरम नेपाल, सदभावना पार्टी र लिम्बुवान सहितको आन्दोलनकारी उपस्थित रहने छन । तर गठवन्धनको निर्णय विपरित सदभावना पार्टीले तमलोपा सहित अन्य मधेशी पार्टीहरुको भागमा परेको हनुमानथान चौकमा उपस्थिती भए । मधेशी पार्टीहरुका जानकारका अनुसार सदभावना अध्यक्ष महतोले त्यस्तो निर्देशन र निर्णयमा पुग्नुको एक मात्र कारण थियो गठवन्धनको संयोजक उपेन्द्र यादवको नेतृत्वमा बस्न सकिन्न । केहि दिन अघि तमलोपा र सदभावनाको वहिष्कार माझ भएको गठवन्धन बैठकले फोरम नेपालका अध्यक्ष यादवलाई गठवन्धनको संयोजक बनाएको थियो ।

Sunday, May 22, 2016

सोमवार संघिय गठवन्धनको सचिवालय बैठक बस्दै ।


काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको संघिय गठवन्धनको सचिवालय बैठक भोली सोमवार विहान बस्दै छ । गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदवार र वालुवाटार घेराउ गरेको गठवन्धनले अहिले उपत्यकाको विभिन्न स्थानहरुमा विरोध प्रर्दशन गर्दै कोणसभाहरु गरिरहेका छन । गठवन्धनका प्रवक्ता परशुराम तमाडका अनुसार सोमवारको सचिवालयले बैठकले काठमाडौ केन्द्रित आन्दा्लनको समिकक्षा गर्ने मुख्य कार्ययोजना छ । तमाड भन्छन, हामीले काठमाडौ केन्द्रित जारी आन्दोलनको समिकक्षा गरेर शिर्ष नेताहरुको बैठकमा पेश गर्ने छौ । भोली गठवन्धनको सचिवालय बैठक सकिए पछि संघिय गठवन्धनको शिर्ष नेताहरुको बैठक डाक्ने छन ।

Friday, May 20, 2016

महाधिवेशनका लागी तमलोपाद्धारा विभिन्न समितीहरु गठन ।


आउदो असारको  पहिलो हप्ता हुने तराई मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनका लागी उक्त पार्टीले विभिन्न समितीहरु बनाएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले शुक्रवार एक विज्ञिप्त निकाल्दै महाधिवेशन व्यवस्थापन समन्य सिमितीको संयोजकमा पार्टीको उपाध्यक्ष हृदेश त्रिपाठीलाई तोकेको उल्लेख गरिएको छ । यसको साथै महाधिवेशनको तयारी लागी अन्य १० ओटा समितीहरु समेत निर्माण गरिएको जनाइएको छ ।

Thursday, May 19, 2016

मधेशी मोर्चाको बैठक बोलाउने तयारी ।


पछिल्लो समयमा संघिय गठवन्धनको व्यानरको आन्दोलनमा सहभागी हुदै आइरहेको मधेशी पार्टीहरु मधेशी मोर्चाको बैठक बोलाउने तयारी थालिएको नेताहरु बताउछन । संघिय गठवन्धनको नाममा मधेशी मोर्चा ओझेलमा परेको र गठवन्धनको संयोजनमा उपेन्द्र यादव चयन भए पछि मधेशी पार्टीहरुमा त्यसको व्यापक विरोध देखिएको थियो । यही हप्ताको सुरु देखि काठमाडौ केन्द्रित आन्दोलन थालेको संघिय गठवन्धनले सिंहदरवार र वालुवाटार घेराउ सहितका आफनो विरोध प्रर्दशनहरु काठमाडौमा जारी राखेका छन । आज गठवन्धनले लगनखेलवाट जुलुस निकालेर पाटर दरवार स्क्वायरमा गएर विरोध सभा गरेका थिए । गठवन्धनको आन्दोलन आउदो १७ जेठ सम्मका लागी घोषणा गरिएको छ । तर मधेशी मोर्चा स्रोतका अनुसार आउदो चार देखि पांच दिन भित्रै मधेशी मोर्चाको बैठक बोलाउने गरी आन्तरिक गृहकार्य थालिएको छ ।

Wednesday, May 18, 2016

आन्दोलनरत गठवन्धनद्धारा काठमाडौ केन्द्रित थप कार्यक्रम घोषणा ।

वुधवार बसेको गठवन्धनको बैठक
गएको १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको संघिय गठवन्धनले काठमाडौ केन्द्रित थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । वुधवार बसेको गठवन्धनको बैठकले काठमाडौमा थप १० दिने विरोध कार्यक्रम सार्वजनिक गरेका छन भने विरगंज र पोखरामा समेत विरोध प्रर्दशन गर्ने गठवन्धनले निर्णय गरेको छ । पछिल्लो समयमा मधेशी मोर्चा सहितको संघिय गठवन्धनले सिंहरदरवार र वालुवाटार घेराउ गरेका थिए । गठवन्धनको बैठकले काठमाडौ केन्द्रित आन्दोलन सफल रहेको निष्कर्ष निकाल्दै यसलाई थप सशक्क्त बनाउदै लाने समेत निष्कर्ष निकालेको नेताहरुले बताएका छन । गठवन्धनले वुधवार घोषणा गरेको थप विरोध कार्यक्रम अन्र्तगत भोली देखि १५ जेठ सम्मा काठमाडौ उपत्यका विभिन्न स्थानमा विरोध प्रर्दशन हुने छन भन्ने १६ जेठमा विरगंज र १७ जेठमा पोखरामा विरोध प्रर्दशन र सभाहरु हुने छन ।
 
काठमाडौ केन्द्रित आन्दोलन थप सशक्क्त बनाउने नेताहरुको चेतावनी ।

Tuesday, May 17, 2016

आन्दोलनरत गठवन्धनद्धारा वालुवाटार घेराउ ।


पछिल्लो एक हप्ता यता काठमाडौ केन्द्रित आन्दोलन गर्दै आइरहेको संघिय गठवन्धनले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारलाई घेराउ गरेका छन । यस अघि हिजो सोमवार र आइतवार सरकारकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारलाई आन्दोलनकारीहरुले घेराउ गरेका थिए । नयां संविद्यानमा आफनो मुद्धाहरुलाई सम्बोधन नगरेको भन्दै गठवन्धनमा आबद्ध मधेशी मोर्चा सहित अन्य पक्षहरु अघिल्लो बर्ष संविद्यान जारी हुने प्रक्रिया सुरु भए संगै आन्दोलनरत छन । पछिल्लो समयमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरीरहेको भन्दै आन्दोलनकारी पक्षहरु काठमाडौ केन्द्रित आन्दोलन थालेका छन । गएको शनिवार देखि काठमाडौमा विरोध प्रर्दशा सहित सिंहदरवार र वालुवाटार घेराउ गरेका आन्दोलनकारी पक्षले भोली दिउसो रत्नपार्क स्थित शान्तिवाटिकामा विरोधसभा गर्ने जनाएको छ ।

Monday, May 16, 2016

सिंहदरवार घेराउवाट उत्साहित देखिएका गठवन्धनले १ लाख आन्दोलनकारी काठमाडौमा उतार्ने रणनिती बनाउदै ।

मंगलवार वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास घेराउ गर्ने र वुधवार शान्तिवाटिकामा विरोधसभा हुने ।

सोमवार सिंहदरवार क्षेत्रमा नाचगान गर्दै आन्दोलनकारी
गएको दुई दिन देखि काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदरवार घेराउ गर्दै आएको आन्दोलनरत गठवन्धनले मंगलवार प्रधानमन्त्रीको सरकारी निवास वालुटारलाई घेराउ गर्ने निर्णय गरेको छ । त्यस पछि वुधवार दिउसो गठवन्धनले रत्नपार्क स्थित शान्तिवाटिकामा विशाल विरोधसभा गर्ने निर्णय पनि गरेको छ । त्यही विरोधसभावाट अगामी थप आन्दोलनका कार्यक्रमहरु आन्दोलनकारी शिर्ष नेताहरुले घोषणा गर्ने छन ।  यस अघि आइतवार वेलुकी गठवन्धनले मंगलवार सम्म सिंहदरवार नै घेराउ गर्ने निर्णय गरेको थियो । आफनो निर्णय सच्याउदै दुई दिनको सिंहरदरवार घेराउ गरेर मंगलवार वालुटार स्थित प्रधानमन्त्री निवास घेराउ गर्ने गठवन्धनमा आबद्ध रामसपाका प्रवक्ता केशव झाले बताए । उनका अनुसार मंगलवार विहान १० वजे देखि वालुवाटारमा घेराउ कार्यक्रम हुने छन । यस अघि आइतवार जस्तै सोमवार पनि आन्दोलनकारीहरुले सिंहदरवार घेराउ गरेका थिए । आइतवारको अपेक्षमा कम संख्यामा देखिएका आन्दोलनकारीहरु सोमवार पनि सिंहदरवारको माइतीघर क्षेत्र देखि अनामनगरको हनुमानथान चौक सम्म प्रर्दशन गरेका थिए । आइतवार जस्तै माइतीघर क्षेत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा धर्ना भएको थियो भने हनुमान चौक क्षेत्रमा अन्य मधेशी पार्टीहरुको नेतृत्वमा धर्ना कार्यक्रम भएको थियो । विहान साढे ९ वजे देखि प्रर्दशनमा उत्रिएका आन्दोलनकारीहरु दिनभरी नारा जुलुस सहित विभिन्न सांगितिक कार्यक्रमहरु समेत गरेर सिंहदरवार क्षेत्रलाई पुर्ण रुपमा प्रभावित पारेका थिए ।

यसरी बन्दै छ आन्दोलनको नयां रणनिती ।

Sunday, May 15, 2016

आन्दोलनरत गठवन्धनद्धारा सिंहदरवार घेराउ ।


नयां संविद्यानको विरुद्धमा आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले आइतवार देखि सिंहदरवार घेराउ गर्ने गरी आन्दोलन थालेका छन । त्यही क्रममा आइतवार विहानै देखि आन्दोलतकारीहरुले सिंहदरवारलाई लक्षित गरेर माइतीघर क्षेत्र देखि अनामनगरको हनुमानथान एरीया सम्ममा वृहत प्रर्दशन गरेका छन । मधेशी मोर्चामा आबद्ध ७ ओटा मधेशी पार्टीहरु सहित २९ ओटा विभिन्न आदीवासी जनजातीहरुको संगठन संघिय गठवन्धनले विभिन्न समुह बनाएर प्रर्दशन गरेका थिए ।

Saturday, May 14, 2016

आन्दोलनरत गठवन्धनद्धारा काठमाडौमा विरोध प्रर्दशन ।


नयां संविद्यानको विरुद्धमा आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघिय गठवन्धनले शनिवार काठमाडौमा विरोध प्रर्दशन गरेका छन । गठवन्धनले शनिवार दिउसो रत्नपार्कवाट विरोध जुलुस निकालेका थिए । विरोध जुलुस विभिन्न भागको परिक्रममा गर्दै ठमेल एरीयामा गएर सभामा परिणत भएको थियो ।

Friday, May 13, 2016

संघिय गठबन्धनद्धारा काठमाडौ केन्द्रित आन्दोलनको कार्यक्रम सार्वजनिक ।


भोली १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको मधेशी मोर्चा सहितको संघिय गठबन्धनले आन्दोलनको कार्यक्रमहरु शुक्रवार सार्वजनिक गरेका छन ।  शुक्रवार दिउसो गठवन्धनका तर्फवाट शिर्ष नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको आन्दोलनको कार्यक्रम अनुसार भोली १ जेठमा गठवन्धनले काठमाडौमा विरोध प्रर्दशन गर्नुको साथै पर्सी देखि २ र ३ गते सिंहदरवार घेराउ गर्ने कार्यक्रम छ । सवै पक्षको सहभागीतामा संयुक्त राष्यि आन्दोलन नाम दिइएको काठमाडौ केन्द्रित संघिय गठवन्धनको आन्दोलनमा मधेशी मोर्चामा आबद्ध सात ओटा पार्टीहरु सहित २९ ओटा विभिन्न आदीवासी जनजाती पार्टीहरु र संगठनहरु सामेल छन । 

Thursday, May 12, 2016

मधेशी मोर्चाले पठाए सरकारी वार्ता पत्रको जवाफ


गएको आइतवार सरकारले आन्दोलतरत मधेशी मोर्चालाई पठाएको वार्ता पत्रको जवाफ मोर्चाले आज पठाएको छ । मोर्चाको सात ओटै घटकहकहरुले छलफल गरेर सरकारको उक्त पत्रको जवाफ पठाउदै अहिले सम्म भएको वार्ता र सरकारी रवैया प्रति ध्यानाकर्षण गराएको छ । मोर्चाले यथास्थितीमा वार्ताको औचित्य नरहेको भन्दै वार्ताको वातावरण बनाउन माग गर्दै सरकारको तर्फवाट मोर्चाको ११ बुदे माग प्रति ठोस धारणा समेत माग गरेको छ ।
 
मोर्चाले पठाएको सरकारलाई जवाफ पत्रको पुर्ण विवरण  
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार

Wednesday, May 11, 2016

महन्थ ठाकुरको दिल्ली यात्रा लम्बियो ।


गएको एक हप्ता देखि दल्लीमा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरको बसाई लम्बिएको छ । गएको विहिवार आफनो नियमित स्वास्थ्य उपचारको लागी दिल्ली गएका ठाकुर आज फर्कने बताएका थिए । तर आज ठाकुर नफर्केको उनका सहयोगी सतेन्द्र मिश्राले बताए । ठाकुर अवको दुई वा तीन पछि मात्रै दिल्ली वाट फर्कने भएको छ । मिश्राका अनुसार अहिले कुनै निश्चित नभए पनि तीन दिन पछि ठाकुर फर्कने छन । यद्यपी तमलोपाका एक शिर्ष नेताका अनुसार पर्सी शुक्रवार अन्तिम विमानवाट ठाकुर काठमाडौ फर्कने योजना छ ।

Tuesday, May 10, 2016

यसरी मोर्चाले सरकारी वार्ता पत्रको जवाफ फर्काउदै ।


गएको आइतवार सरकारले आन्दोलनरत मोर्चालाई वार्ताका लागी पठाएको वार्ता पत्रको जवाफ मोर्चाले दुई दिन भित्र दिने आन्तरिक तयारी गरेको छ । सरकारको तर्फवाट वार्ता टोली संयोजक कमल थापाले आइतवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नाममा पत्र लेखेर वार्ताका लागी आब्हान गरेका थिए । उक्त सरकारी वार्ता पत्र हिजो सोमवार तमलोपाको पार्टी कार्यलयमा आइपुगेको थियो । मोर्चाका सवै घटकहरु संग आन्तरिक परामर्श भईरहेको छ, तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीले भने, त्यसमा ठोस केहि छदै छैन, त्यसैले उक्त पत्रको जवाफ पनि पत्र मार्फत नै दुई दिन भित्र हामीले पठाउने तयारी गरेका छौ ।

Monday, May 9, 2016

सरकारी वार्ता पत्रको जवाफ दिने तयारीमा मधेशी मोर्चा ।


सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताका लागी पठाएको पत्रको जवाफ कसरी दिने वारेमा छलफल गर्न मधेशी मोर्चाको बैठक डाक्ने तयारी भईरहेको छ । नेपाल सरकारको तर्फवाट वार्ता टोलीको संयोजक रहेका परराष्टमन्त्री कमल थापाले आइतवार मोर्चालाई लेखेको पत्र सोमवार मोर्चाको घटक तराई मधेश लोकतान्त्रिक पार्टी कार्यलयमा आइपुगेको छ । तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालका अनुसार सोमवार तमलोपा पार्टी कार्यलयमा आइपुगेको सरकारी वार्ता पत्र वारेमा भोली मोर्चाका अन्य सवै घटकलाई जानकारी गराइने तयारी छ । भोली मोर्चाको सात ओटै दलहरुलाई उक्त पत्रवारेमा जानकारी गराउदै त्यसको जवाफ दिनका लागी मोर्चाको बैठक डाक्ने समय र मिती समेत तय हुने लालले बताए । 

Sunday, May 8, 2016

सरकारद्धारा मोर्चालाई वार्तामा आउन पत्राचार । मोर्चाद्धारा सरकारको निती कार्यक्रम वहिष्कार ।


नेपाल सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा आउन आइतवार पत्राचार गरेको छ । वर्तमान सरकारको वार्ता टोली संयोजक पररराष्टमन्त्री कमल थापाले संयुक्र लोकतान्त्रिक मधेशी मोर्चाको नाममा पत्र पठाउदै वार्ता मार्फत तराई मधेशमा जारी आन्दोलनको वारेमा कुरा गर्न आब्हान गरेको छ । यस अघि पटक पटकको वार्तामा सरकारी पक्ष उदासिनता देखाएको भन्दै आन्दोलनरत मोर्चाले आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत सिंहदरवार घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको मोर्चाले भने नयां संविद्यानमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, अन्तरिम संविद्यानको व्यवस्था अनुसार नागरिकताको प्रावधान, समानुपातिक समावेशीता सहित संघियताको सन्दर्भमा तराई मधेशमा दुई प्रदेश हुनु पर्ने लगायतका मागहरु अघि सारेर आन्दोलन गर्दै आइरहेका छन । आन्दोलनको क्रममा यी मागहरु समेटेर सरकार समकक्ष ११ बुदे आफनो लिसखत माग प्रस्तुत गरेका छन । तर आन्दोलन सुरु भए यता तीन दर्जन भन्दा वढी पटक वार्तामा बसे पनि मोर्चा र सरकारी पक्ष विच कुराकानी मिल्न सकेको थिएन । पछिल्लो कयौ महिना देखि मोर्चा र सरकार विच संवादहिनताको अवस्थाको सिर्जना भएको थियो । आन्दोलनरत मोर्चा संग सरकारले वार्ता नगर्दा अन्तराष्टिय समुदायले समेत सरकारी पक्षको आलोचना गर्दै आइरहेका छन । यस परिस्थितीमा सरकारी पक्षले आइतवार मोर्चालाइृ वार्तामा आउन पत्राचार गरेका हुन । मोर्चालाई पठाइएको वार्ता पत्रमा यस अघि सरकारले गरेको संविद्यान संशोधनको कुरा उल्लेख गर्दै प्रदेशको सिमाकंन सहितको मुद्धामा आन्दोलनरत पक्ष संग सरकार वार्ता गर्न साकारात्मक रहेको भन्दै वार्तामा बस्न मोर्चालाई आग्रह गरिएको छ ।
 
मोर्चाद्धारा सरकारको निती कार्यक्रम बहिष्कार ।

Saturday, May 7, 2016

मधेशी मोर्चालाई पुन सक्रिय बनाउने तयारी ।

पछिल्लो समयमा संघिय गठवन्धनको व्यानर प्रति असन्तुष्टि देखिरहदा आन्दोलनरत मधेशी केहि घटकहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई पुन सक्रिय गराउने आन्तरिक तयारी गरीरहेको नेताहरुले बताएका छन । पछिल्लो चरणमा मधेशी मोर्चा सहित आदीवासी जनजातीहरुको संयुक्त गठवन्धनको रुपमा संघिय गठवन्धन बनाएर आन्दोलनको घोषणा गरिएको थियो । यही गठवन्धनको व्यानरमा आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको पनि घोषणा गरिएको छ । तर गठवन्धन प्रति दिन प्रति दिन चुलिदै गएको असन्तुष्टिका कारण मधेशी मोर्चालाई नै सक्रिय पार्न लागीएको नेताहरुले बताएका छन । सैद्धान्तिक रुपमा हामी आदीवासी जनजाती सहित सवै सिमान्तकृत समुदायलाई समेटेर नै अघि वढने नितीमा छौ, तर संघिय गठवन्धनको नाममा फोरम नेपालको अध्यक्ष उपेन्द्र यादवले एकलौटि रुपमा अघि वढन खोजेको असन्तुष्ट पक्षहरुको आरोप छ । त्यही भएर होला पछिल्लो समयमा गएको विहिवार र शुक्रवार बसेको गठवन्धनको बैठकमा तमलोपा र सदभावना पार्टीले आफनो अनुपस्थ्तिी देखाएर आफनो असन्तुष्टि पोखेका छन ।

Thursday, May 5, 2016

काठमाडौ केन्द्रित आन्दोलनका लागी संघिय गठबन्धनद्धारा १० ओटा तयारी समितीहरु गठन । तमलोपा र सदभावना बैठकमा अनुपस्थित ।



आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलनको घोषणा गरेको संघिय गठवन्धनले त्यसको तयारी स्वरुप विभिन्न १० ओटा समितीहरु बनाउने निर्णय विहिवार गरेको छ । विहिवार फोरम नेपालको कार्यलयमा बसेको संघिय गठवन्धनको बैठकले पछिल्लो समयमा उत्पन्न राजनितीक घटनाक्रमहरुको वारेमा समेत विश्लेषण गर्दै घोषीत आन्दोलनमा कुनै परिर्वतन नगर्ने निष्कर्ष निकालेको गठवन्धनको प्रवक्ता परशुराम तमाडले बताए । विहिवारको बैठकले काठमाडौ केन्द्रित आन्दोलनको तयारी गर्नका लागी जनपरिचालन समिती, खाद्य व्यवस्थापन समिती, आर्थिक समिती, प्रचार प्रसार समिती सहित १० ओटा समितीहरु बनाउने निर्णय गरेको छ । आर्थिक समितीको जिम्मा उपेन्द्र यादवलाई दिइएको छ भने प्रचारप्रसार समितीको जिम्मा प्रवक्ता तमाडलाई दिइएको छ । गठवन्धनको भोली विहान ११ बजे पुन बैठक बस्ने र त्यसले समितीहरुले कसरी कामहरुको संयोजन गर्ने भन्ने कुराको टुगो लगाउने बताइएको छ ।

Wednesday, May 4, 2016

पछिल्लो परिस्थती वारेमा काग्रेस र मधेशी मोर्चा विच छलफल ।

मोर्चाको माग वारे काग्रेस र मोर्चाको स्तरमा छलफल गर्ने तयारी । 

वर्तमान गठवन्धनको सरकार ढल्ने निश्चित देखिएको अवस्था उत्पन्न परिस्थती वारेमा नेपाली काग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विच वुधवार छलफल भएको छ । वर्तमान गठवन्धनका प्रमुख साझेदार एमाओवादीले नेपाली काग्रेस संग मिलेर नयां सरकार बनाउने निर्णय गरे संगै राजनितीक माहौल वुधवार विहान देखि तातिएको छ । आउदो १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको आन्दोलनरत पक्ष मधेशी मोर्चालाई नया गठवन्धनले निमत्याएर छलफल गर्नुलाइ अर्थ पुर्ण रुपमा लिएको छ । वुधवारको काग्रेस र मोर्चा विचको छलफलमा सहभागी सदभावना नेता लक्ष्मण लाल कर्णका अनुसार मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई खसाउन सहयोग गर्ने कुरा काग्रेसलाई प्रष्ट रुपमा भनेको छ । कर्ण भन्छन, हामीले ओली नेतृत्वको सरकार बन्दा खेरी नै यसको विरुद्धमा उभिएका थियौ, त्यही भएर यो सरकार खसाउन हाम्रो भुमिका यदी कहि कतै रहन्छ भन्ने, त्यो हामी निर्वाह गर्छौ । कर्णले  यसलाई नया सरकारको गठन संग नजोडन आग्रह गरे । उनले भने, हामीले ओली सरकार खसाउनुको अर्थ नयां सरकार गठनमा भुमिका खेल्छौ भन्ने होईन ।

Tuesday, May 3, 2016

बन्द सत्रमा गच्छदारको राजनितीक एजेन्डा - मधेश र चुरे मिलाएर तीन प्रदेशमा जाउ ।


पार्टीको पहिलो महाधिवेशनको हिजो राती देखि सुरु भएको बन्द सत्रमा आफनो राजनितीक एजेन्डा प्रस्तुत गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तराई मधेशमा चुरे सहितको भाग मिलाएर तीन प्रदेशको खाका नै अहिलेको राजनितीक व्यवस्थापनको सुत्र बन्न सक्ने दावी पेश गरेको छ । विराटनगरमा सोमवार देखि सुरु भएको फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन अन्र्तगतको बन्द सत्रमा उनले आफनो त्यस्तो राजनितीक एजेन्डा पेश गरेका हुन । सोमवार राती देखि नै सुरु भएको बन्द सत्र मंगलवार अबेर राती सम्म चल्ने भएको छ । फोरम लोकतान्त्रिकका नेता तथा गच्छदारको सहयोगी परमानन्द मेहताका अनुसार गच्छदार मंगलवार दिउसो बन्द सत्रमा पेश गरेको आफनो राजनितीक एजेन्डामा तराई मधेशमा भएको आन्दोलनको मुख्य जिम्मेवार प्रमुख दलहरुले आफनो कुरालाई नमानेको जिकिर गरेका छन । उनले भनेका छन, मैलै संविद्यान जारी हुनु भन्दा पुर्व पटक पटक सवैलाई भने, संघियताको उचित व्यवस्थापन भएन भने मधेशमा असहजता उत्पन्न हुन्छ, त्यही भयो । राष्टिय हितको लागी आफुले ठुलो जोखिमका साथ नयां संविद्यानको घोषणको पक्षमा लागेको गच्छदारको दावी छ । मेहताका अनुसार मधेशमा देखिएको मुख्य असन्तुष्टको विषय संघियताको सन्दर्भमा गच्छदारले फोरम लोकतान्त्रिकको तर्फवाट संविद्यान निर्माणको क्रममा प्रस्तुत गरिएको तराई मधेशमा तीन प्रदेशको खाकालाई उचित निकासको रुपमा प्रस्तुत गरेका थिए ।
 
पार्टीको नाम परिर्वतन गर्ने एजेन्डा प्रस्तुत ।

Monday, May 2, 2016

फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशन विराटनगरमा सुरु ।

विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिकको पहिलो महाधिवेशन आज देखि विराटनगरमा सुरु भएको छ । पहिलो संविद्यानसभाको समयमा माधव नेपाल नेतृत्वको सरकार बन्दा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालवाट पार्टी फुटाएर गच्छदारले लोकतान्त्रिक फोरमको संस्थापना गरेका थिए । नयां पार्टी संस्थापनाको ६ बर्ष नाघि सक्दा पनि महाधिवेशन नगर्दा निर्वाचन आयोगले पटक पटक यो पार्टीलाई पनि ध्यानाकर्षण गराएका थिए ।  पार्टी  फुटाएर सवै भन्दा ठुलो मधेशी पार्टी पहिलो संविद्यानसभामा बनाएका गच्छदार दोस्रो संविद्यानसभाको निर्वाचनमा पनि पहिलो मधेशी पार्टीको रुपमा आफुलाई कायम राख्न सफल भएका थिए । फोरम लोकतान्त्रिकको संस्थापना गरे संगै संयुक्र लोकतान्त्रिक मधेशी मोर्चामा दबदबा कायम गर्न सफल गच्छदार गत बर्ष नयां सविद्यान निर्माणको क्रममा भएको १६ बुदे सहमतीको पक्षमा लाग्दा मोर्चाले गछच्दार नेतृत्वको फोरम लोकतान्त्रिकलाई मधेशी विरोधि कितामा गएको भन्दै मोर्चा वाट निष्कासित गरेको थियो । त्यस पछि प्रमुख दलहरुको कित्तामा देखिएको गँच्छदार मधेश आन्दोलनमा आन्दोलनकारी देखि आफनै पार्टीका स्थानिय नेताहरुको निशानामा परे । नयां संविद्यानको घोषणा संगै मधेशमा सुरु भएको आन्दोलन यता फोरम लोकतान्त्रिकका दर्जनौ स्थानिय प्रभावशाली नेताहरु पार्टी परित्याग गरेर सदभावना, फोरम नेपाल र तमलोपामा प्रवेश गरेका छन ।

Sunday, May 1, 2016

काठमाडौ केन्द्रित आन्दोलनका लागी संघिय गठवन्धनद्धारा छलफल सुरु ।


आउदो १ जेठ दखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको संघिय गठवन्धनले त्यसको तयारी स्वरुप आज देखि विभिन्न पक्षहरु संग छलफल सुरु गरेको जनाएको छ । मधेशी मोर्चा सहितको गठवन्धनले २ जेठ देखि सिंहदरवार घेराउ गर्नुको साथै प्रर्दशनहरु गर्ने जनाएको छ । काठमाडौ केन्द्रित आन्दोलनको संयोजनको जिम्मा पाएका फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज विभिन्न पक्षहरु संग अनौपचारिक छलफलहरु भएको छ । भोली विहान नेवा राज्य समिती संग बैठक छ, श्रेष्ठले भने, त्यस पछि हामी गठवन्धनको बैठक बोलाएका छौ । पछिल्लो समयमा आन्दोलनलाई काठमाडौ केन्द्रित बनाएको घोषणा गरेको मधेशी मोर्चा सहितको गठवन्धनले सरकारको केन्द्रिय प्रशासनिक निकाय सिंहदरवारलाइ ठप्प पार्ने गरी प्रर्दशन गर्न खोजेको देखिन्छ ।

संघिय गठवन्धन र २६ बुदे प्रति तमलोपा मौन ।


हाल आन्दोलनको नेतृत्व गरीरहेको व्यानर संघिय गठवन्धन र उनले घोषणा गरेको २६ बुदे अवधारण प्रति तराइ मधेश लोकतान्कि पार्टीको केन्द्रिय कार्यसमिती बैठकले मौनता देखाएको छ । मधेशी मोर्चा सहितको आदीवासी जनजातीहरुको संयुक्त गठवन्धन संघिय गठवन्धकै नेतृत्वमा पछिल्लो समयमा मधेशी पार्टीहरु पनि आन्दोलनरत छन । तर जनकपुरमा हिजो र आज गरी बसेको तमलोपाको केन्द्रिय कार्यसमिती बैठकले जारी गरेको १५ बुदे निर्णयमा कतै पनि संघिय गठवन्धनको नाम उल्लेख गरिएको छैन नत आन्दोलनको मुद्धाहरुको सम्बन्धनमा घोषणा गरिएको २६ बुदेको वारेमा यो बैठक पश्चात जारी गरिएको विज्ञिप्तमा केहि उल्लेख गरिएको छ । वरु बैठक पश्चात जारी गरिएको १५ बुदे निर्णयको ५ नम्बर बुदामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको क्रममा अघि सारेको ११ बुदे मागलाई यो बैठकले पुन समर्थन गरेको उल्लेख गरिएको छ ।