Thursday, April 28, 2016

काठमाडौ केन्द्रित आन्दोलनको कस्तो तयारीमा छन संघिय गठवन्धन !

काठमाडौको रिडरोडमा मानव साडलो प्रर्दशन गर्ने देखि ७२ घण्टे अनशन  सम्मको तयारीमा संघिय गठवन्धन ।

जिल्ला र क्षेत्रीय तहमा प्रचारात्मक आन्दोलन सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहितको संघिय गठवन्धनले १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।  काठमाडौ केन्द्रित आन्दोलन सिहदरवार घेराउको साथ गर्ने निर्णय गठवन्धनले सार्वजनिक गरे संगै चौतर्फी चासोहरु देखिन थालिएको छ । मधेशी मोर्चा र जनजातीहरु विभिन्न पार्टी र संगठनहरु विचको संघिय गठवन्धनले आखिर काठमाडौ केन्द्रित आन्दोलन कसरी गर्ने छन, त्यो पनि चासोको विषयहरु देखिनमा आइरहेका छन । संघिय गठवन्धनको हालै बसेको बैठकले यस वारेमा आन्तरिक केहि छलफलहरु गरेको भए पनि नेताहरुले सिंहदरवार घेराउ वाहेकको अन्य कार्यक्रमहरु वारेमा अहिले सम्म वोलेका छैन । गठवन्धन स्रोतका अनुसार १ जेठमा शनिवार पर्ने भएकाले २ जेठ देखि सुरु हुने सिंहदरवार घेराउ कार्यक्रम सगै अन्य विरोधका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने तयारी भईरहेको छ ।


सम्बद्ध स्रोतका अनुसार गठवन्धनले सिंहदरवार घेराउ गर्नुको साथै अन्य नारा जुलुस, धर्ना र अनसन लगायतको कार्यक्रमहरुको वारेमा छलफलहरु भईरहेको छ । त्यसको संगै काठमाडौ उपत्यकाको रिड रोडमा मानव सांगलो समेत बनाएर प्रर्दशन गर्ने वारेमा आन्तरिक छलफलहरु भईरहेको छ । गठवन्धनका नेताहरु भन्छन, त्यससंगै ७२ भण्टे अनसन देखि एक दिन सिहदरवार नजिकै कतै भेला भएर चार घण्टा सडकमा मौन रुपमा बस्ने लगायतका कार्यक्रमहरु समेत गर्ने वारेमा गठवन्धन भित्र आन्तरिक तयारी भईरहेको छ ।
 
२१ बैशाख देखि समान्य प्रर्दशन सुरु गरेर २ जेठ देखि काठमाडौ वृहत रुपमा प्रर्दशन गर्ने तयारीमा रहेको गठवन्धनले काठमाडौ उपत्यकाको आन्दोलनको संयोजनको जिम्मा पद्यम रत्न तुलाधर, राजेन्द्र श्र्ष्ठ, मल्ल के सुन्दर, कुमार राई लगायतका जनजाती नेताहरुलाई दिएको छ । यद्यपी आन्दोलनमा तराई मधेशका जिल्लाहरुवाट समेत मानिसहरु उतार्ने तयारी भइरहेको नेताहरु बताउछन ।
 
संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता समेत रहेका राजेन्द्र श्रेष्ठका अनुसार सम्भवतह अर्को हप्ता गठवन्धनको सचिवालयले हाल भईरहेको आन्तरिक छलफललाई ठोस रुप दिने छन । श्रेष्ठ भन्छन, काठमाडौ केन्द्रित आन्दोलनको मुख्य निशानामा सिंहरदरवार नै रहने छ, तर त्यसलाई केन्द्रमा राखेर अन्य कार्यक्रमहरु पनि के के हुन सक्छ, त्यस वारेमा छलफलहरु भइरहेको छ । गठवन्धनले सिंहरवारलाई आन्दोलनको मुख्य निशाना बनाउनुको कारण चाही नेपाल सरकारको केन्द्रिय प्रशासनिक निकाय प्रभावित पार्ने देखिन्छ ।
 
श्रेष्ठका अनुसार २ जेठ देखि  सिंहरदरवार घेराउ कार्यक्रम निरन्तर रहने र त्यस वाहेक अन्य विरोधका कार्यक्रमहरु गर्ने गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ । हिजो १५ बैशाख देखि पुन आन्दोलन सुरु गरेका मधेशी मोर्चा सहितको संघिय गठवन्धनले १ जेठमा काठमाडौ जाउ सिहदरवार घेरउ भन्ने नाराको समेत प्रचार गरीरहेको देखिन्छ । यद्यपी काठमाडौमा वाहिरका जिल्लाहरुवाट मानिसहरु कसरी भित्रियाउने योजना छ र त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने वारेमा अहिले सम्म नेताहरुले केहि बताएका छैन ।  नेताहरुका अनुसार १७ गते  पश्चात बस्ने गठवन्धनको सचिवालय बैठकले त्यसवारेमा ठोस रणनिती बनाउने छन ।

No comments:

Post a Comment