Wednesday, April 27, 2016

प्रधानमन्त्रीलाई जिल्ला प्रशासन मार्फत आन्दोलनकारीको ज्ञापन । २१ गते देखि नै काठमाडौमा प्रर्दशन हुदै ।


आन्दोलनरत संयुक्र लोकतान्त्रिक मधेशी मोर्चा सहितको संयुक्त गठवन्धनले बुधवार देशैभरीका जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाइ आफनो मागको वारेमा ज्ञापन पत्र पठाएका छन । गएको ६ बैशाखमा गठवन्धनले काठमाडौमा बृहत अन्तक्रिया कार्यक्रम मार्फत सार्वजनिक गरेको २६ वुदे अवधारण पत्रलाई आफनो आन्दोलनको वटम लाईन भन्दै प्रधानमन्त्रीलाई उक्त कुरा ज्ञापन पत्रको रुपमा बुधवार पठाइएको छ । काठमाडौ, तराई मधेश सहित अन्य सवै जिल्लाहरुमा आन्दोलनकारीहरु प्रर्दशन गर्दै बुधवार दिउसो प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओली उक्त ज्ञापन पत्र पठाएको गठवन्धनका प्रवक्ता परशुराम तमाडले बताए ।


गठवन्धन मार्फत पठाइएको ज्ञापन पत्रमा मधेशी मोर्चा र आदीवासी जनजातीहरुले यस अघि देखि नै उठाइएदै आएको मुद्धाहरुलाई उल्ले्ख गरिएको छ । मधेशी मोर्चाले भन्दै आएको तराई मधेशमा २ प्रदेश सहित अन्य मुद्धाहरु पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समयमा आन्दोलनरत मधेशी मोर्चाले आदीवासी जनजातीहरु संग गठवन्धन वनाएर पुन आन्दोलनको घोषणा गरेका थिए । पछिल्लो पटक घोषणा गरिएको आन्दोलन जिल्ला र क्षेत्रिय तहमा प्रचारात्मक खालको देखिएको भए पनि  विरोध प्रर्दशनहरु काठमाडौ केन्द्रित देखिएका छन । यद्यपी गठवन्धनकै व्यानरमा आउदो शुक्रवार हरेक जिल्लामा रहेको सरकारी कार्यलयमा कालो झण्डा गार्ने कार्यक्रम समेत छ ।
 
गठवन्धनका प्रवक्ता तमाडका अनुसार हालै गठवन्धनको सचिवालयले हरेक जिल्ला तहमा गठन गरेको आन्दोलन परिचालन समितीले आन्दोलनको स्थानिय तहमा नेतृत्व गरिरहेको छ । केन्द्रिय तहमा कोठमाडौ केन्द्रित हुने भनिएको प्रर्दशनको तयारी आन्त्रिक रुपमा गठवन्धनले गरीरहेको तमाडको भनाई छ ।
गटवन्धनले १ जेठमा सिहदरवार घेराउ गर्ने विरोध कार्यक्रम सार्वजनिक गरेको छ । तर हालै बसेको गठवन्धनको सचिवालय बैठकले १ जेठ शनिवार पर्ने भएकाले उक्त कार्यक्रम २ जेठमा गर्ने निर्णय गरेका छन ।
 
२ जेठमा काठमाडौमा सुरु हुने भनिएको आन्दोलनका लागी गठवन्धनले २१ बैशाख देखि नै काठमाडौ विभिन्न खालको प्रर्दशन गर्न लागेको प्रवक्ता तमाडको भनाई छ । उनी भन्छन, हामी आन्तरिक छलफलमा अहिले छौ, तर काठमाडौमा २१  बैशाख देखि नै विरोध प्रर्दशनहरु सुरु हुदै छ । १ जेठ देखि काठमाडौ सुरु हुने भनिएको आन्दोलनको संयोजनको जिम्मा भन्ने गठवन्धनले पद्यमरत्न तुलाधर, मल्ल के सुन्दर, कुमार राई लगायतका लाई दिएको छ ।
 
गएको माघको अन्तिम हप्ता ६ महिना लामो बन्द र हडताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिर्वतन गरेको मधेशी मोर्चाले पुन आन्दोलनको घोषणा गर्दा आदीवासी जनजातीहरु सहितको गठवन्धनको निर्माण गरेको छ । नयां सविद्यान निर्माणको प्रक्रिया देखि नै आन्दोलित रहेको मधेशी मोर्चा संविद्यानमा व्यापक संशोधनको मुद्धालाई उठाउदै आएका छन ।

No comments:

Post a Comment