जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका तीन जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न धनुषा जिल्ला अदालतले आदेश दिएको छ । भने अन्य तीन जना अभियुक्तलाई धरौटी राखी साधारण तारेखमा रिहा गर्न आदेश भएको छ ।
मंगलबार अदालतको ईजलास नं ५ का न्यायधीश डा राजेन्द्र कुमार आचार्यको एकल ईजलासले सिंघानिया हत्याको मुख्य योजनाकार रहेको अभियोग लागेका धनुषा क्षेत्र नं ४ बाट निर्वाचित एवं निलम्बित सांसद संजय कुमार साहलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । निलम्बित सांसद साह जनकपुर बमकाण्डको अभियोगमा पूर्वपक्षको लागि हाल थुनामै रहेका छन् ।
त्यस्तै सिंघानिया हत्याको व्यवस्थापनको अभियोग लागेका शसस्त्र गतिविधी गर्दै आएका जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप यादव र सोहि घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनीलाई समेत थुनामा राख्न आदालतले आदेश दिएको हो ।
त्यस्तै अन्य घटनामा संलग्न अभियु्क्तहरु ओमप्रकाश यादवलाई २ लाख रुपैँया र रामकरण यादवलाई ५० हजार रुपैँया धरौटीमा तारेखमा रिहा गर्न आदेश भएको जनाएको छ । यस्तै सिंघानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घट्नामा २० रुपैँया धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ । चौधरी २०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै रहेका छन् ।
त्यस्तै अन्य घटनामा संलग्न अभियु्क्तहरु ओमप्रकाश यादवलाई २ लाख रुपैँया र रामकरण यादवलाई ५० हजार रुपैँया धरौटीमा तारेखमा रिहा गर्न आदेश भएको जनाएको छ । यस्तै सिंघानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घट्नामा २० रुपैँया धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ । चौधरी २०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै रहेका छन् ।
यस्तै सिंघानिया हत्यामै संलग्न रही फरार रहेका रामविनोद यादव , पवन लामा ,मनक लामा र विजय कुशियैतलाई समेत कानुन अनुसार वारेन्ट सहितको पुर्जी जारी गर्न आदेश दिएको छ । यस्तै हाल सिन्धुली कारागारमा रहेका अंशि राईनमाथि समेत यस घटनामा संलग्न भएको अभियोग लागेकाले वयानको लागि जिल्ला अदालतमा झिकाउन आदेश दिएको हो ।
सिंघानिया हत्या पश्चात फरार रही शसस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव गएको चैत १७ गते जनकपुरको वकिल महल्लाबाट पक्राउ परेपछि प्रहरीले अनुसन्धान तिव्र रुपमा बढाएको थियो । उनीहरुको बयानको आधारमा प्रहरीले चैत २४ गते थुनामै रहेका संजय साह नै सिंघानिया हत्याकाण्डको मुख्य योजनाकार रहेो निष्कर्ष निकालेका थिए ।
मंगलबार भएको थुनछेक बहस पश्चात जिल्ला अदालत धनुषाले आदेश सुनाएको हो ।
विस २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुरको शिवचोकमा गोली प्रहारी हत्या भएको थियो ।
साहकी श्रीमती रंगिलादेवी साह आफ्नौ श्रीमानलाई फँसाउन खोजेको भन्दै उच्च न्यायिक छानविन लगायतको चार सुत्रिय माग राखी गएको बैशाख २ गतेदेखि जनकपुरको जनकचोकमा आमरण अन्शन बसेकी छन् । लामो समयदेखि अन्शन बसेका कारण उनको स्वस्थ्य अवस्था विग्रिदै गएको छ ।
साथमा यो पनि पढनुस ।
साथमा यो पनि पढनुस ।
- सिंघानिया हत्या काण्डमा संजय साह विरुद्ध मुद्धा दायर http://www.dalannepal.com/2016/04/660.html
No comments:
Post a Comment