Monday, April 25, 2016

आन्दोलनकारी गठवन्धनको सचिवालय द्धारा आन्तरिक तयारी सुरु ।


आउदो १५ बैशाख देखि आन्दोलनमा पुन होमिन लागेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहित आदीवासी जनजातीको संयुक्त गठवन्धनले आज देखि औपचारिक रुपमा त्यसको तयारी सुरु गरेको छ । गठवन्धन सचिवालयको आज बसेको बैठकले १५ गते जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्र सहित अन्य विरोध कार्यक्रमहरुको वारेमा समेत आन्तरिक व्यवस्थापन कसरी गर्ने वारेमा छलफल गरेको छ । हरेक जिल्लावाट प्रधानमन्त्रीलाइ एउटै व्योहोराको ज्ञापन पत्र आओस भन्ने उदेश्यका साथ केन्द्र वाटै ज्ञापन पत्र बनाएर हरेक जिल्लामा पठाउन लागिएको गठवन्धनका सचिवालय नेताहरुले बताएका छन ।  आउदो १५ गते आन्दोलनरत गठवन्धनले हरेक जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउदै छन । त्यसैगरी २३ गते देखि गते सम्म हुने विभिन्न जिल्ला र क्षेत्रिय तहका सभाहरुमा समेत कुन नेताहरु काहा सहभागी हुन्छ, त्यसको समेत टुगो सचिवालयले लगाएको छ ।


सचिवालय सदस्य तथा तराई मधेश सदभावना पार्टीका नेता राम नरेश रायका अनुसार प्रधानमन्त्रीलाइ १५ बैशाखमा बुझाउने ज्ञापनपत्रको खाकामा हालै गठवन्धनले सार्वजनिक गरेको २६ बुदे अवधारण राख्ने सहमती भएको छ । त्यसैगरी त्यस पछिको विरोध कार्यक्रमहरुलाइ व्यवस्थती वनाउनका लागी जिल्लाहरुलाई मोर्चामा आबद्ध दलहरुलाई जिम्मेवारी तोकिएको सचिवालय नेताहरुको भनाई छ । सदभावना नेता मनिष सुमनका अनुसार विराटनगर क्षेत्रको जिम्मा फोरम नेपाललाई, राजविराज क्षेत्रको जिम्मा सदभावना पार्टीलाई, जनकपुर जलेश्वरको जिम्मा रामसपालाई , विरगजको जिम्मा तमसपालाई, नेपालगंजको जिम्मा तमलोपालाई दिइएको छ ।

सचिवालयका अर्का सदस्य रामसपाका नेता केशव झाका अनुसार १५ र १७ गतेको विरोध प्रर्दशन पश्चात सचिवालयले जेठ १ मा काठमाडौमा गर्ने सिहदरवार घेराउको आन्तरिक रणनिती सर्कुलर गर्ने छ । १५ गते प्रधानमन्त्रीलाइ ज्ञापन पत्र पठाए पछि १७ गते हरेक जिल्लामा रहेको सरकारी कार्यलयमा कालो झण्डा गार्ने आन्दोलनरत मोर्चाको कार्यक्रम छ । त्यस पछि २३ गते देखि २७ गते सम्म विभिन्न तहका सभाहरु छन । पार्टीगत रुपमा वाडिएको क्षेत्र अनुसार नै मोर्चाका घटकहरुले सभाहरुलाई समेत व्यवस्थापन गर्ने छ ।

आन्दोलनमा सवैको चासो देखिएको सिंहदरवार घेराउ वारेमा आन्दोलनरत गठवन्धन अहिले आन्तरिक छलफलमै छ । उक्त विरोध कार्यक्रमलाई कसरी मोर्चाले सफल बनाउछ भन्नेमा चौतर्फी चासो समेत देखिन्छ । मोर्चाका नेताहरुका अनुसार १५ गते देखि नै हुने विरोध कार्यक्रमहरुका त्यसको प्रचारप्रसार सूरु गरिने छ । यद्यपी काठमाडौमा जिल्लावाट मानिसहरु कसरी ल्याउने र काठमाडौ मै कसरी मानिसहरु उतार्ने वारेमा आन्दोलनरत गठवन्धन अहिले विभिन्न सरोकारवाला पक्षहरु संग छलफल गरिरहेको छ । नेताहरुका अनुसार १७ गते विरोध प्रर्दशन पश्चात बस्ने सचिवालयको बैठकले त्यसवारेमा ठोस रणनिती वनाएर जिल्ला तहमा सर्कुलर गर्ने छ ।


No comments:

Post a Comment