Thursday, April 21, 2016

मधेशी मोर्चाद्धारा अन्तराष्टिय जगतलाई आन्दोलनवारे बिफ्रिग । १ जेठ मा काठमाडौ भराउ गर्ने तयारी ।


पछिल्लो समयमा पुन आन्दोलन उठाउने वारेमा विभिन्न खालको अभिमतहरु वाहिर आइरहदा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज आफनो अवस्था वारेमा नेपाल स्थित अन्तराष्टिय निकायका प्रतिनिधिहरुलाई जानकारी गराएका छन । पुन आन्दोलन घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाले आफनो आन्दोलनको वारेमा मुख्य गरी विदेशी प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । मोर्चा सहित आदीवासी जनजातीहरुको संयुक्त गठवन्धनले भोली दिउसो २ बजे पत्रकार सम्मेलन मार्फत आन्दोलनको घोषणा गर्दै छन । मोर्चाले पछिल्लो समयमा काठमाडौ केन्द्रित आन्दोलन गर्ने बताउदै आएका थिए ।  आज विदेशी प्रतिनिधिहरु संगहरु संगको भेटमा मोर्चाका नेताहरुले त्यसकै समबन्धमा अन्तराष्टिय निकायलाई जानकारी गराएको नेताहरुले बताएका छन । त्यस अवसरमा विदेशि प्रतिनिधिहरुले मोर्चाको पुन आन्दोलन कस्तो खालको र कति लामो हुने वारेमा विशेष जिज्ञासाहरु राखेका थिए ।
 
काठमाडौ भर्ने तयारी ।

पछिल्लो समयमा काठमाडौ भन्दा पनि जिल्लाहरु स्तरकै आन्दोलन गर्नु पर्छ भन्ने आवाज मधेशको वृतमा उठन थाले पश्चात मोर्चाले आफनो रणनितीमा केहि परिर्वतन गर्न लागेको बताएका छन । माघ अन्तिम हप्ता लामो बन्द र हडताल सहितको आन्दोलनवाट पछि हटेको मोर्चाले त्यस लगतै अव आदीवासी जनजातीहरुको् सहयोगमा अव काठमाडौ केन्द्रित आन्दोलन गर्ने बताउदै आएका थिए । गएको ६ बैशाखमा मोर्चाले काठमाडौमा गरेको वृहत अन्त्क्रिया कार्यक्रम मार्फत नै उक्त आन्दोलनको घोषणा गर्ने तयारी भए पनि मोर्चाले त्यो गर्न सकेनन । त्यस पछि लागातार बसेको मोर्चाको बैठकले हाललाई जिल्ला र क्षेत्रिय तहमै प्रचारात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । मोर्चा स्रोतका अनुसार त्यस संगै मोर्चाले आउदो १ जेठमा काठमाडौमा बृहत प्रर्दशन गर्ने उदेश्यले काठमाडौलाइ आन्दोलनकारीहरुले भर्ने कार्यक्रम वारे आन्तरिक तयारी गरिरहेको छ । 

नयां संविद्यान निर्माणको प्रक्रिया सुरु भए देखि नै आन्दोलनमा रहेको मधेशी मोर्चा पछिल्लो समयमा आदीवासी जनजातीहरु संगको गठवन्धनलाई महत्वका साथ वढाइरहेको छ । काठमाडौ भर्ने विरोध प्रर्दशनमा तराइृ मधेश सहित पहाडका आदीवासी जनजातीहरु पनि काठमाडौमा उल्लेख्य संख्यामा उतार्ने तयारी भईरहेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment