Tuesday, April 12, 2016

प्रधानमन्त्रीको सम्बोधन प्रति मधेशी मोर्चाको आपत्ति ।


नयां बर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधन र त्यस क्रममा मधेशको वारेमा गरेको टिप्पणी प्रति आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कडा आपति जनाएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई सहमतीको लागी आब्हान गरेको भए पनि तराई मधेशमा भएको आन्दोलनलाई अवमुल्यन हुने गरी वोलेको मोर्चाका नेताले बताएका छन । मोर्चा आबद्ध तमलोपा उपाध्यक्ष हृदेश त्रिपाठी भन्छन, प्रधानमन्त्रीले यो सम्बोधन गरेको किन  हो त्यही हामीले बुझेका छैनौ । उनले मधेशमा भएको आन्दोलनलाई अझै पनि अधिकारको संघर्ष नभएको ठानेका रैछन, अनि मधेशमा भएको आन्दोलन चाही अरु सल्लाहमा हुन्छ, ओली सरकारको मन्त्री ४ बुदे दिल्लीमा गएर दिदा आफनो हुन्छ ? त्रिपाठी प्रश्न गर्दै भने, त्यसो भए भने एक वाक्य किन सहमतीका लागी आउनु पर्यो भन्ने खर्चेको होलान आलीले ।


मंगलवार वेलुकि देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विस ०७२ सालमा जारी भएको संविद्यान लोकतान्त्रिक संविद्यान भएको भन्दै असन्तुष्ट मोर्चालाई वार्तामा आउन आग्रह गरेको थियो । आन्दोलनरत मोर्चा आउदो ६ बैशाखमा पुन आन्दोलनको घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ । तमलोपा उपाध्यक्ष त्रिपाठीले प्रधानमन्त्री ओलीको सम्बोधनले आन्दोलनरत मधेशी मोर्चाको अगामी रोडम्यापमा कुनै परिर्वतन समेत नहुने बताए । मधेश अर्थात मधेशी मोर्चा आफनो अधिकारको लडाईको सनदर्भमा प्रष्छ छ, त्रिपाठीले भने, हामीले अल्टीमेटन दिएकै एक महिना आज नाघि सक्यौ, सहमती र वार्ता गर्ने मनसाय भए यो विचमा वोलाएर छलफल हुन्थयो होला नि । उनले उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापा नेतृत्वको सिमाकंन सम्बन्धी समितीमा मोर्चा नजाने समेत पुन प्रष्टाए । त्रिपाठीले भने, त्यो विगत भइसकेको कुरा हो । त्यसको वारेमा चर्चा गर्नुको कुनै तुक नै छैन । प्रधानमन्त्री ओलीले नयां संविद्यान जारी भए संगै तराई मधेशमा सुरु भएको आन्दोलनको तुक आफुले अहिल्य सम्म बुझन नसकेको समेत बताएका छन । मधेशी मोर्चा गएको साउन देखि नै नयां संविद्यानको विरुद्धमा आन्दोलन गर्दै आएका छन । मोर्चाले संघियताको सिमाकंन, नागरिकताको प्रावधान, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी सहितका कयौन मुद्धाहरु आफनो असहमती राख्दै आन्दोलन गर्दै आईरहेका छन ।

No comments:

Post a Comment