Sunday, April 10, 2016

६ बैशाख देखि काठमाडौमा नियमित प्रर्दशन गर्ने मधेशी मोर्चा र आदिवासी -जनजातीको तयारी ।

शनिवार बसेको मोर्चा र आदिवासी जनजातीहरुको संयुक्त बैठक
चैत मसान्त पश्चात काठमाडौ सहित तराई मधेशमा आन्दोलन गर्ने बताउदै आएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ६ बैशाख पश्चात काठमाडौमा नियमित विरोध प्रर्दशनहरु गर्ने निर्णय गरेको छ । शनिवार मात्रै आदिवासी जनजातीहरु संग संयुक्र रुपमा आन्दोलन गर्ने सहमती गरेको मोर्चाले ६ बैशाखमा काठमाडौमा वृहत रुपमा गर्ने अन्तक्रिया मार्फत त्यसको घोषणा गर्ने तयारी गरेको छ । सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन दिएको मोर्चाले ६ बैशाखमा काठमाडौको राष्टिय सभागृहमा सवै पक्षको उपस्थितमा वृहत अन्तक्रिया कार्यक्रम गर्न लागेको छ । पछिल्लो समयमा आदिवासी जनजातीहरु सग धनिभुत अनौपचारिक संवाद गरिरहेको मोर्चाले शनिवार औपचारिक बैठक गरेका थिए । फोरम नेपालका्े कार्यलयमा भएको उक्त बैठकमा अव संयुक्त आन्दोलन गर्ने वारे निर्णय गर्दै ६ बैशाखमा कसरी आन्दोलनको घोषणा गर्ने भन्ने विषयमा समेत छलफल भएको थियो । मोर्चा सम्बद्ध नेताहरुका अनुसार शनिवारको बैठकमा आन्दोलनको अगामी कार्यतालिका तय गर्न २ बैशाखमा पुन सवै पक्षको संयुक्त बैठक गर्ने समझदारी भएको छ ।


मोर्चा सम्बद्ध नेताहरुका अनुसार मोर्चाको आनदोलनमा अव देखि विभिन्न अदिवासी जनजातीहरुको संगठनहरु समेत सहभागी हुने छन । पदमरत्न तुलाधरको आदिवासी जनजाती संयुक्र राष्टिय आन्दोलन समिती समेत ६ बैशाख देखिको आन्दोलनमा सहभागी हुने छन । ६ बैशाखमा राष्टिय सभागृहमा आयोजना गरिने विशेष अन्त्क्रिया कार्यक्रमवाटै १५ दिने आन्दोलनको कार्यक्रमहरु घोषणा गरिने तयारी रहेको छ । जस अनुसार काठमाडौमा हरेक दिन एउटा निश्चित समयमा विभिन्न किसिमका विराध कार्यक्रम गरिने समझदारी सवै पक्षहरु विच भईसकेको मोर्चाले जनाएको छ । त्यसको संगै तराई मधेशको जिल्लाहरु सहित अन्य पहाडी जिल्लाहरुलाई लक्षित गरेर समेत विभिन्न विरोधका कार्यक्रमहरु त्यही मन्चवाट घोषणा गरिने समझदारी सवै पक्षको विचमा भएको नेताहरुले बताएका छन ।
 
६ बैशाखमा मोर्चाले आदिवासी जनजातीहरु संग मिलेर आयोजना गर्ने कार्यक्रमको नाम नै संयुक्र राष्टिय जनआन्दोलन विषयक वृहत अन्तक्रिया राखिने छ । र त्यही मन्चवाट शिर्ष नेताहरुले संयुक्र जनआन्दोलनको घोषणा गर्ने तयारी रहेको शनिवार भएको बैठकले निष्कर्ष निकालेको छ ।
 
६ बैशाखमा घोषणा गरिने आन्दोलनको कार्यक्रमहरुको अन्तिम टुगो २ बैशाखमा बस्ने संयुक्त बैठकले लगाउने नेताहरुले बताएका छन । तर शनिवारको बैठकमा काठमाडौमा कसरी आन्दोलनको प्रभाव देखाउने वारेमा बृहत छलफल सवै पक्षहरु विच भएको नेताहरुको दावी छ । छलफलको निष्कर्ष अनुसार ६ बैशाख पश्चात मोर्चा सहित सवै पक्षले हरेक दिन काठमाडौमा झाकी, जुलुस जस्ता विरोध कार्यक्रमहरु गर्ने मोटामोटी सहमती भएको छ ।
 
त्यससंगै हाल जिल्ला तहमा भन्ने साकेंतिक रुपमा धर्ना, अनसन लगायतका कार्यक्रहरु गरिने तयारी भईरहेको छ । पहिलो चरणमा १५ दिनको कार्यक्रम घोषणा गरिने तयारी छ, शनिवार बैठकमा सहभागी नेताहरु भन्छन, त्यस पश्चात आमहडाल वा अन्य कडा आन्दोलनमा कसरी जाने वारेमा ठोस निर्णय हुन सक्छ ।
 
गएको माघको अन्तिम हप्ता ६ महिना लामो आमहडताल र नाका केन्द्रित आन्दोलन फिर्ता लिएको मोर्चाले सरकारलाई चैत मसान्त सम्मको अल्टीमेटन दिदै विभिन्न पक्षहरु संग अगामी रणनितीहरुको वारेमा छलफलहरु गरिरहेका छन ।
 
आन्दोलनरत प्राय जसो पार्टीहरु यो विचमा पार्टीगत बैठकहरु गरेका छन भन्ने अगामी आन्दोलनवारेमा पार्टीको विभिन्न तहमा समिकक्षात्मक  छलफलहरु गरेका छन । पार्टीको बैठक सकिए लगतै तमलोपा अध्यक्ष महन्थ ठाकुर काठमाडौमा पछिल्लो केहि हप्ता यता नागरिक अगुवा सहित विभिन्न सरोकार वालाहरु संग समेत छलफलहरु गरिरहेका छन । हिजो मात्रै काठमाडौमा सक्रिय पहाडी मुलका पत्रकारहरु संग अन्तक्रिया गरेका ठाकुरले आज काठमाडौमा सक्रिय मधेशी समुदायका पत्रकारहरु संग समेत छुटै अन्तक्रिया गरेका छन । यस अघि उनले विभिन्न समुदायवाट प्रतिनिधित्व गर्ने नागरिक अगुवाहरु संग समेत यस्ता छलफलहरु गरेका थिए ।

No comments:

Post a Comment