Monday, April 4, 2016

मधेशी पार्टीहरु बैठक र प्रशिक्षणमा व्यस्त ।

तमलोपाको भैरहवा बैठक ।
आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारले चैत मसान्त सम्मको अल्टमिेटन दिए पछि आन्दोलनरत मधेशी मोर्चामा आबद्ध सवै दलहरु आन्तरिक बैठक देखि अगामी आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रमममा व्यवस्त छ । मोर्चाको बैठकमा गएको १८ चैतमा यस्तो सहमती भएको थिया, मोर्चाका नेताहरु भन्छन, आन्दोलन जारी रहुन्जेल पहिला जस्तो आन्तरिक प्रतिस्पर्धा होइन कि वरु स्थानिय स्तरमा अगामी आन्दोलनका लागी प्रशिक्षण दिने कुरा भएको थियो । पछिल्लो समयमा मोर्चा आबद्ध मधेशी पार्टीहरु त्यसैमै व्यवस्त देखिन्छ ।


काठमाडौमै चैतको पहिलो पहिलो हप्ता आफनो विस्तारित बैठक गरेको फोरम नेपाल भोली मधेशका विभिन्न स्थानहरुमा प्रशिक्षण कार्यक्रम गदैृ छन । त्यसैगरी हालै राजविराजमा तमलोपाले आफनो केन्द्रिय कार्यसमितीको बैठक समपन्न गरेको छ । तमलोपाले यस अघि नै वारा, भैरहवा र नेपालगंजमा समेत यस्ता बैठकहरु गरेका छन । आन्दोलनको स्वरुप परिर्वतन भए सगै तमलोपाका शिर्ष नेताहरु मधेश मै गएर आफना स्थानिय नेताहरुको समेत उपस्थितीमा यस्ता बैठकहरु गरेका छन ।
 
सदभावनाको हालै विराटनगरमा भएको बैठकमा सहभागीहरु

त्यसैगरी सदभावना पार्टीले समेत अघिल्लो १६ र १७ गते मात्रै विराटनगरमा आफनो पार्टीको विस्तारित बैठक गरेको छ । यस अघि सदभावनाको काठमाडौमा पदाधिकारिहरुको बैठक भएको थियो ।
त्यसैगरी शरदसिंह भण्डारी नेतृत्वको राष्टिय मधेश समाजवादी पार्टीले पनि हालै काठमाडौमा आफनो विस्तारित बैठकहरु गरेका छन । त्यसैगरी तमसपा, फारेम गणतान्त्रिक र नेपाल सदभावना पार्टीहरुको समेत बैठक, र प्रशिक्षण कार्यक्रमहरु सार्वजनिक भइसकेको छ ।
 
पुन आन्दोलनका लागी सरकारलाई अल्टीमेटन नै दिइसकेको अवस्थामा मोर्चा सम्बद्ध पार्टीहरुको तराई मधेशका जिल्लहरुमा वढीरहेको यस्तो बैठकहरु र राजनितीक प्रशिक्षणलाई महत्वका हेरिएको छ ।
 
मोर्चा सम्बद्ध नेताहरुका अनुसार पछिल्लो समयमा लागतार भइरहेको यस्तो बैठकको मुख्य विषय वस्तू नै अगामी दिनमा पुन गर्ने भनिएको आन्दोलन हुन्छ । त्यस संगै विगतको समिकक्षा र पार्टीगत तहमा देखिएको कमकमजोरीहरु छदै छन । मोर्चा सम्बद्ध नेताहरुका अनुसार गएको साउनमा मधेशी पार्टीहरुले विना कुनै तयारी र ठोस रणनिती नबनाउदै आन्दोलन उठेपछि त्यसवाट हुन सक्ने जतीको सफलता मधेशी पार्टीहरु लिन सकेनन । वरु त्यसलाई व्यवस्थापन गर्न मै माथिल्लो निकाय देखि तल्लो निकाय सम्मलाई हम्मे हम्मै पर्यो ।




No comments:

Post a Comment