Sunday, April 3, 2016

मधेशमा व्यापक धरपकड पुन सुरु ।

महोत्तरीमा पुन २२ जना विस्थापित । आन्दोलनमा हुदै नभएको व्यक्ति माथी मुद्धा र १० हजार धरौटि ।

महोतरीमा हालै स्थानिय प्रशासनले सयौको संख्यामा स्थानिय नेताहरु माथी मुद्धा लगाए पछि त्यसको विरुद्धमा प्रर्दशन गर्दै स्थानिय कार्यकर्ताहरु
मधेशी मोर्चाले बैशाख पहिलो हप्ता देखि पुन आन्दोलन गर्ने बताइरहदा तराई मधेशका जिल्लाहरुमा व्यापक धरपकड पछिल्लो समयमा हुन थालेको स्थानिय मधेशी नेताहरुले बताएका छन । आन्दोलनको क्रममा भएको आगजनी सहित तोडफोडको निहू बनाएर स्थानिय प्रशासनले जिल्लामा प्रभावहाली देखिने प्राय जसो सबै मधेशी नेताहरु विरुद्ध पुर्जी गर्न थाले पछि मधेशी पार्टीहरु भित्र यसले तरड पैदा गरिएको छ । मोर्चाले चैतको पहिलो हप्ता प्रधानमन्त्रीलाई बुझाएको अल्टीमेटन सहितको ध्यानाकर्षणमा समेत आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ता गर्न माग गरिएको थियो । त्यही दिन बेलुकि मोर्चा संग प्रधानमन्त्रीले गरेको छलफलमा धाइतेहरुको उपचार र आन्दोलनको क्रममा लगाइएको मुद्धा आउदो मन्त्री परिषदवाट फिर्ता गर्न आश्वासन दिएका थिए । त्यस लगतै बसेको मन्त्री परिषदको बैठकले गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई आन्दोलनको क्रममा धाइते भएकाहरुलाई उपचार गर्न भनेर ३१ लाख रुपैया दिने निर्देशन दिएको थियो । यद्यपी मोर्चाले त्यो अझै पाइसकेको छैन । तर आश्वासन अनुरुप मुद्धाको वारेमा उक्त मन्त्रीपरिषदको बैठकले केहि गरेनन । वरु पछिल्लो केहि हप्ता यता मधेशका जिल्लाहरुमा धरपकड पुन बढन थालेको मधेशी नेताहरुले बताएका छन ।


महोतरी र कैलालीमा सयौको संख्यामा स्थानिय नेताहरु माथी मुद्धा लगाएको र अन्य सवै जिल्लाहरुमा समेत दर्जन भन्दा वढी माथी मुद्धा लगाएर धरपकडहरु पछिल्लो समयमा वढेको छ । महोतरीमा आन्दोलनको क्रममा आन्दोलनकारी तर्फवाट लखेटिएर मारिएको भनिएको प्रहरी अधिकारीको केशमा झण्डै २ सय माथी मुद्धा स्थानिय प्रशासनले चलाएको छ । स्थानिय कतिपय नेताहरुका अनुसार उक्त घटना हुदा जिल्लमा हुदै नभएका कतिपय प्रभावशाली नेताहरुलाई समेत छानी छानी मुद्धाहरु चलाएर स्थानिय प्रशासनले प्रक्राउ पुर्जीहरु जारुी गरेका छन । महोतरीमा स्थानिय प्रशासनको उक्त कदम पश्चात २२ जना मधेशी नेताहरु पछिल्लो दुई हप्ता देखि भारतमा शरण लिएर बसीरहेको छ । स्थानिय स्तरमा प्रभावशाली मानिने तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा सहित २२ जना नेताहरु हाल भारतमा बस्न बाध्य छन ।  महोतरीमा उक्त घटना घटे पश्चात पनि सयौको संख्यामा मधेशी नेताहरु सिमावर्ती भारतीय सहरमा गएर टेण्ट टागेर शरणनार्थी आन्दोलनकारीको रुपमा बसेका थिए । पछि स्थानिय प्रशासन संगको समझदारीमा उनी फर्किएका थिए ।

त्यसैगरी स्थानिय प्रशासनले टिकापुर घटनामा समेत कम्तीमा पनि ९ सय भन्दा माथी मुद्धा लगाएका छन । मोर्चाको सचिवालयले सकंलन गरिरहेको तथ्यांक अनुसार पुरै तराई मधेशमा झण्डै १२ सय भन्दा वढीमा स्थानिय प्रशासनले मुद्धा पछिल्लो समयमा चलाएका छन ।

सदभावना पार्टीका प्रवक्ता संतोष मेहताका अनुसार स्थानिय प्रशासनहरुले मुद्धा लगाएर धरौटिमा रिहा गर्ने गरेको र त्यती वेला पुन आन्दोलनमा नजाने गर्ने गरी स्थानिय नेताहरु संग लिखित कागजमा हस्ताक्षर गराउन थालेका छन । मेहता माथी स्वयंम सुनसरी स्थानिय प्रशासनले तीन ओटा मुद्धा चलाएको छ । उनी भन्छन, एक पछि अर्को गरी हप्तै पिछै हामीले प्रशासनको पत्र पाइरहेका छौ । पुर्व क्षेत्रमा चर्चीत मधेशी युवाहरु देव राम मधेशी सहितका युवाहरुलाई स्थानिय प्रशासनल्े पक्राउ गरेका छन ।

पछिल्लो समयमा मोर्चा सहित सवै मधेशी पार्टीहरुको बैठकले आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीलाई निहू बनाएर स्थानिय प्रशासन सुनियोजित रुपमा मधेशी नेताहरु माथी मुद्धा चलाइरहेको भन्दै त्यसो नगर्न सरकारी पक्षहरु संग माग गरीरहेको छ । तर स्थानिय मधेशी नेताहरुका अनुसार चैत मसान्त सम्मको मोर्चाको अल्टीमेटनको समयसिमा नजिकदै जादा यो क्रम झन वढीरहेको छ ।

आन्दोलनमा हुदै नभएको व्यक्ति माथी मुद्धा र १० हजार धरौटि । 

 
सरोज मिश्रा 
सदभावना पार्टीका संस्थापक नेता स्व श्यामलाल मिश्राका छोरा सरोज मिश्रा पछिल्ले १ बर्ष यता भारतमा उपचार गराएर त्याहा बस्दै आएका थिए । सदभावना पार्टीका केन्द्रिय सदस्य समेत रहेका सरोज मिश्रा आफैले एउटा विज्ञप्ति निकालेर झण्डै आफु पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पछिल्ले एक बर्ष यता उनीे मानसिक समस्याले भारतमा उपचार गराइरहेको थियो । तर सुनसरी प्रहरीले सरोजलाई आन्दोलनको क्रममा भएको एएटा आगजनीको घटनामा मुद्धा लगाएर आज १० हजार धरौटि लिएर रिहा गरेको सदभावना प्रवक्ता मेहताले बताए । राजनितीक रुपमा पुर्व क्षेत्रमा प्रभावशाली युवाको रुपमा सरोज चिनिएका भए पनि आन्दोलनताका उनी सुनसरीमा छदै थिएन । तर प्रशासनले उनी माथी मुद्धा लगाएको छ । उनी अझै पनि उपचार कै क्रममा छन । तर पछिल्लो दुई महिना यता उनी भारतवाट आएर सुनसरीको इटहरी स्थित आफनो निवासमा बस्दै आएका थिए । स्वास्थ लाभमा रहेका उनी पुर्ण सन्चो नभएका कारण उनी त्याहा भए पनि राजनितीमा सक्रिय देखिएका थिएन ।

No comments:

Post a Comment