Friday, April 22, 2016

१ जेठ देखि सिंहदरवार घेराउ गर्ने आन्दोलनरत मोर्चाको घोषणा ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आउदो १ जेठ देखि नेपाल सरकारको केन्द्रिय प्रशासनिक निकायको केन्द्र मानिने सिंहदरवारलाई घेर्ने निर्णय सार्वजनिक गरेको छ । पछिल्लो केहि दिन यता पुन आन्दोलनको कार्यक्रमलाई लिएर लागातार बसेको बैठकले यस्तो निर्णय गरेको मोर्चाले शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन ।  १ जेठ देखि सिहंदरवार घेराउ गर्नु अघि मोर्चाले काठमाडौ सहित क्षेत्रिय र जिल्ला तहमा विभिन्न खालका प्रचारात्मक आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन । जस अन्र्तगत मोर्चाले विरोधसभा देखि सरकार कार्यलयहरु अगाडी प्रर्दशन सहित अन्य कार्यक्रहरु रहेका छन । २१ बैशाख देखि सुरु हने यस्ता विरोधात्मक कार्यक्रमको दौरान मोर्चाले १ जेठ देखि काठमाडौ जाउ सिहदरवार  घेरौ भन्ने नाराको समेत व्यापक प्रचार गर्ने जनाएको छ । मोर्चाको यो आन्दोलनमा जनजाती, आदीवासी सहित कयौन पक्षहरुको सहभागीता समेत रहने आज जारी गरिएको विज्ञिप्तमा उल्लेख गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको आन्दोलनको कार्यक्रमको विज्ञिप्तमा २७ ओटा विभिन्न दल र संगठनहरुको नाम उल्लेख गरिएको छ ।


पछिल्लो समयमा आदीवासी जनजाती संग मिलेर काठमाडौ केन्द्रित आन्दोलन गर्ने बताउदै आएको मोर्चाले यस अघि ६ बैशाखमा काठमाडौ सवै पक्षको सहभागीतामा बृहत अन्तक्रिया समेत गरेका थिए । सुरुमा उक्त अन्तक्रिया कार्यक्रम वाटै काठमाडौ केन्द्रित आन्दोलन घोषण गर्ने जनाएको मोर्चाले त्यसको चार दिन पछि आज आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन ।
 
मोर्चाले सिंहरदरवार घेराउ गर्ने कार्यक्रममा जिल्लाहरुवाट समेत आफना कार्यकर्ता तथा त्याहाका आम नागरिकलाई काठमाडौ ल्याउने रणनिती बनाएको सम्बद्ध स्रोतको दावी छ । १ जेठ देखि लागातार रुपमा अनिश्चितकालिन हुने उक्त विरोध कार्यक्रमका लागी कम्तीमा पनि सवै ठाउमा १ लाख प्रर्दशनकारी काठमाडौ ल्याउने तयारी भईरहेको मोर्चा समबद्ध स्रोतको भनाई छ । जसका लागी काठमाडौमा समेत विभिन्न पक्षहरु संग अहिले यसवारेमा छलफलहरु चलीरहेको नेताहरुले बताएका छन ।
 
३ असोजमा जारी भएको नयां संविद्यानको कयौन प्रावधान प्रति असन्तुष्टी राख्दै मधेशी मोर्चा गएको ९ महिना देखि आन्दोलनरत छन । प्रमुख दलहरुले संविद्यान जारी गर्न गत वर्षको जेठमा १६ बुदे सहमती गरे देखि नै मोर्चा त्यसको विपक्षमा उभिदै आन्दोलनमा होमिएका थिए । संघियताको सिमाकंन, नागरिकताको प्रावधान, समानुपातिक समवेशिता र जनस.खयाको आधारमा निर्वाचन क्षेत्र जस्ता मागहरुलाइ मोर्चाले आफनो वटम लाईनको रुपमा अघि सार्दै आइरहेका छन । प्रमुख दलहरुले निर्वाचन क्षेत्रर समानुपातिक समावेशिताको सम्बन्धमा संविद्यान संशोधन एक्लोटी रप्मा गरे पनि मोर्चाले त्यसलाई अस्विकार गरेका थिए । मोर्चाले सरकार समबक्ष ११ बुदे माग राखेका थिए । हालै ६ बैशाखमा मोर्चाले बृहत रुपमा गरेको अन्त्क्रिया कार्यक्रममा २६ बुदे आफनो अवद्यारण पत्र पनि सार्वजनिक गरेका छन ।

No comments:

Post a Comment